‘जस्तोसुकै बाधा व्यवधानबिच पनि हामी निरन्तर जनताको सेवामा समर्पित भएर अघि बढिरहनेछौँ
- कार्तिक १०, २०८३
भक्तपुर, २९ चैत । लिशा इङ्गलिस सेकेन्डरी स्कूलले एक समारोहबिच प्रि–स्कूल दीक्षान्त समारोह तथा नयाँ वर्ष २०८२ को उपलक्ष्यमा शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रम ग¥यो ।
उक्त कार्यक्रममा इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापा श्रेष्ठले बोल्ने, गाउने, नाच्ने र पढ्ने बानीको विकास शैक्षिक यात्राको कोसेढुङ्गा हो भन्नुभयो ।
स–साना भाइबहिनीहरूलाई गरिएको दीक्षित या सम्मानले पछिसम्म सम्झिरहने उल्लेख गर्दै उहाँले शिक्षामा लगानी सुनिश्चित जीवनको लागि हो भन्नुभयो ।
विद्यालय र घरमा पढ्ने वातावरण मिले सर्वाङ्गीण विकास हुने चर्चा गर्दै उहाँले शिक्षण सिकाइमा अभिभावक, शिक्षक र विद्यार्थीको त्रिपक्षीय भूमिका आवश्यक छ भन्नुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले सानै उमेरदेखि गीत, नृत्य, उद्घोषण गर्ने वाक् कलाले जिन्दगीभर छाप पर्ने उल्लेख गर्दै सन्तानहरूको मानसिक र शारीरिक विकास सँगसँगै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
विद्यालय देश र जनताप्रति जवाफदेही, इमानदार, असल बनाउने, सामाजिक सेवा गर्नुपर्छ भन्ने भावना जगाउने, संस्कार संस्कृति सिकाउने थलो हो भन्दै उहाँले बच्चादेखि स्वस्थ भयो भने पछि सम्म स्वस्थ हुने बताउनुभयो ।
स्कूलका सल्लाहकार विष्णुगोपाल कुसीले विद्यालयको उद्देश्य असल, अनुशासित, योग्य, देशभक्त, इमानदार र चरित्रवान नागरिक तयार गर्नु हो भन्नुभयो ।
दीक्षित हुनु सफलताको एक पाइला हो, यस्तो पाइला अरु पनि सफल बनाउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले सबै सन्तानको भविष्य सुनिश्चित बनाउन लाग्नुपर्छ भन्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं समारोहका सभापति बलराम प्रजापतिको सभापतित्वमा भएको सो कार्यक्रममा प्रिन्सिपल लिशा प्रजापतिले विद्यालयको व्यवस्थापन र प्रगतिबारे चर्चा गर्नुभयो ।
अभिभावक प्रतिनिधि रामप्रसाद बागले खेलमा आधारित सिकाइ उपलब्धिमूलक हुने बताउनुभयो । कार्यक्रममा स्वागत मन्तव्य नारायणी खोंजु र कृष्णश्वरी दुवालले कार्यक्रमको औचित्यताबारे प्रकाश पार्नुभयो ।
इसानका अध्यक्ष प्रेमजन थापाले उद्घाटन गर्नुभएको सो कार्यक्रममा स्वागत नृत्यलगायत विभिन्न नृत्यहरू देखाइएको थियो ।
कार्यक्रममा ५९ जना विद्यार्थीलाई दीक्षित गरिएको थियो । यो विद्यालयको १३ औँ दीक्षान्त समारोह हो ।
Leave a Reply