भर्खरै :

धनी बन्ने चाहना

धनी धनी केका धनी ?
लप्पन छप्पन धनी बन्ने कि
निःस्वार्थ रूपले सेवा गरी
मनको धनी बन्ने ?
हो, धनी बन्ने चाहना सबैको हुन्छ !
भ्रष्टाचार, कमिसनले
ठगी, लुटी, हत्या हिंसाले
घमण्डीले बन्दैन धनी
त्यो त बेइमानी मात्र हो
हो, धनी बन्ने चाहना सबैको हुन्छ !
परिश्रमी पौरखले
इमानजमान निःस्वार्थ भावले
इमानदारले बन्ने धनी
अवश्य मनको धनी हुन्छ
हो, धनी बन्ने चाहना सबैको हुन्छ !
लोभीपापीहरू आफैमात्र धनी बन्ने
कोही सबै मिलेर सबै धनी बन्ने
संसार नै सबै धनी बन्ने
छुट्याउन सक्नुपर्छ
हो, धनी बन्ने चाहना सबैको हुन्छ !
एकआपसमा हातेमालो गरी
आफ्नै खुट्टामा उभिन सक्ने गराई
सबै धनी बन्ने विचार त
उच्च महान् मनको धनी हुन
हो, धनी बन्ने चाहना सबैको हुन्छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *