जुम्लामा भक्तपुर काण्डको विरोधमा जुलुस र कोणसभा
- भाद्र ९, २०८३
भक्तपुर, ८ वैशाख । सेवा निवृत्त शिक्षक समाज भक्तपुरद्वारा प्रकाशित ‘शिक्षक अनुभव’ पूर्णाङ्क १६ को विमोचन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सोमबार एक कार्यक्रमबिच गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले सेवा निवृत्त शिक्षकको ज्ञान÷सीप र अनुभव नयाँ पुस्ताको लागि प्रेरणा बन्ने हुँदा आफ्ना अनुभव र भोगाइहरूलाई दस्ताबेजीकरण गर्दै शैक्षिक इतिहास तयार गर्नेतर्फ शिक्षकहरू अग्रसर हुनुपर्ने बताउनुभयो ।
सेवा निवृत्त भएपछिको जीवनलाई एक क्रियाशील बनाउन बौद्धिक श्रमलाई निरन्तरता दिनुपर्ने बताउँदै उहाँले शिक्षकहरू नयाँ प्रविधिसँग जोडिन आवश्यक छ भन्नुभयो ।
सिद्धान्तहीन राजनैतिक पार्टीले आफ्नो लक्ष्य कहिल्यै प्राप्त गर्न नसक्ने बताउँदै उहाँले शासक दलहरू सरकारमा जानकै लागि सिद्धान्त त्यागेर राजनैतिक अपराध गरिरहेका छन् भन्नुभयो ।
नेमकिपाले पुँजीवादी सरकारमा नजाने निर्णय गरेपछि नेमकिपाका धेरै नेता कार्यकर्तालाई एमालेले आफ्नो पार्टीमा प्रवेश गराएको सन्दर्भ जोड्दै उहाँले नयाँ पुस्तामा राजनीतिप्रति वितृष्णा जगाउने काम शासकहरूले गरिरहेका छन् । भन्नुभयो ।
प्रतिनिधिसभामा विचाराधीन शिक्षा विधेयक संविधानको भावना र सङ्घीय संरचनाअनुरूप शिक्षा विधेयक पारित हुनुपर्ने उहाँले बताउनुभयो ।
सेवा निवृत्त शिक्षक समाजका संस्थापक अध्यक्ष नाति कवांले निवृत्त जीवनलाई अझ क्रियाशील बनाउन समाजको स्थापना भएको बताउँदै सङ्गठित शक्तिले सङ्घर्षको समयमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
समाजका कोषाध्यक्ष विश्वराम कवांले शैक्षिक क्षेत्रलाई आजको अवस्था पु¥याउने अग्रजहरूप्रति सम्मान व्यक्त गर्दै ‘शैक्षिक अनुभव’ लाई आगामी दिनमा अझ परिष्कृत ढङ्गले प्रकाशन गरिने जानकारी दिनुभयो ।
सेवा निवृत्त शिक्षक समाजका अध्यक्ष अम्बिकामान मानन्धरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा समाजका सचिव शेरबहादुर ङाखुसी, सम्पादक ज्ञानसागर प्रजापति, उपाध्यक्ष रामगोपाल कर्माचार्य र सदस्य तुल्सीराम ग्वाछाले पनि बोल्नुभयो ।
प्रमुख अतिथि प्रजापतिले समाजका नयाँ सदस्यहरूलाई खादा ओढाई स्वागत गर्नुभएको थियो ।
Leave a Reply