सोभियत हुकुमले गरेका कार्यहरू
- कार्तिक २१, २०८२

भक्तपुर, १० वैशाख । विश्वविद्यालय अनुदान आयोगको Educational Quality Assurance and Accreditation Council बाट भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ इन्जिनियरिङको क्यूएए प्रक्रियाको लागि गठित Peer Review Team (पीआरटी) बाट वैशाख ८,९ र १० गते सम्पन्न पूर्व परीक्षण भ्रमणको समापन तथा प्रतिवेदनमा हस्ताक्षर कार्यक्रम बुधबार सम्पन्न भयो ।
तीन दिवसीय पूर्व परीक्षण भ्रमणको समापन कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगको तर्फबाट तयार गरिएको मूल्याङ्कन प्रतिवेदनमा आयोगका पीआरटी संयोजक प्रा.डा. जीवाराज पोखरेल र कलेज सञ्चालक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले हस्ताक्षर गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले प्रशंसाले पतनको बाटोतिर लाने र आलोचनाले सुधारको बाटोमा लाने बताउँदै विश्वविद्यालय अनुदान आयोगलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले समाज विकासको लागि दक्ष प्राविधिकहरू आवश्यक भएकोले कलेजले देशको लागि मात्र नभई संसारको लागि योगदान गर्ने प्राविधिकहरू तयार गर्ने प्रतिबद्धता जनाउनुभयो । देशलाई अगाडि बढाउन विश्वविद्यालयहरू राम्रो हुनुपर्ने औँल्याउँदै उहाँले आफ्नै देशलाई सपनाको देश बनाऔँ भन्नुभयो । २०७२ सालको भूकम्पपछि १ अर्ब २० करोड बराबरको सम्पदा पुनःनिर्माणको नाममा आएको विदेशी सहयोग भनपाले अस्वीकार गरेको उल्लेख गर्दै १९३ वटा सम्पदाहरू विदेशी सहयोगबिना कलेजको प्राविधिक सहयोगमा सम्पन्न भइसकेको बताउनुभयो । उहाँले अरूको सहयोगमा निर्भर भएर लक्ष्यमा पुग्न नसकिने बताउनुभयो ।
कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगको पीआरटी संयोजक प्रा. डा. जीवाराज पोखरेलले तीन दिवसीय अवलोकन भ्रमणको मूल्याङ्कन प्रतिवेदनको सारसङ्क्षेप प्रस्तुत गर्नुभयो । उहाँले ख्वप कलेज अफ इन्जिनियरिङका विद्यार्थी र प्राध्यापकहरूमा अनुसन्धानको संस्कृति निर्माण भएको उल्लेख गर्दै कलेजले लघु अनुसन्धान, विद्यावारिधि तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय सम्मेलनमा विद्यार्थी र प्राध्यापकहरू सहभागी गराउनु राम्रो पक्ष हो भन्नुभयो । प्रतिवेदनअनुसार कलेजले विधि र प्रविधि अवलम्बन गरेर काम गरेको, विद्यार्थीलाई आवश्यक सबै सेवासुविधा उपलब्ध गराएको, सवलता र प्रवलतासाथ परम्परागत तथा विद्युतीय अभिलेखीकरण गरिएको बताउँदै उहाँले कलेजले प्राविधिक परामर्श नीति बनाएर कार्य गर्न सुझाउनुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य ई.सुनिल दुवालले विश्वविद्यालय अनुदान आयोगको सुझावहरू कलेजको गुणस्तर विकासमा उपयोगी हुने बताउँदै सुझावअनुसार कलेजको गुणस्तर विकासका कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आयोगको अनुगमनले नयाँ युग सुहाउँदा थप शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्न कलेजलाई अवसर प्राप्त हुने बताउँदै कलेजमा विदेशी विद्यार्थीहरू आकर्षित भइरहेको र देशका धनकुटा र मनाङबाहेक ७५ जिल्लाका विद्यार्थीहरूले अध्ययन गरेको जानकारी दिनुभयो ।
विश्वविद्यालय अनुदान आयोगका नविना चौलागाई र हिरा श्रेष्ठको सहभागिता रहेको कार्यक्रममा भनपाका जनप्रतिनिधि एवं कलेज सञ्चालक समितिका रजनी जोशी, रवीन्द्र ज्याख्व, योगेन्द्रमान बिजुक्छेँ, हरिप्रसाद वासुकला, कृष्णप्रसाद कोजू एवं कलेजका उपप्राचार्य रत्नशोभा प्रजापति र प्रा.डा. राजुभाइ त्यातको सहभागिता रह्यो । कार्यक्रममा कलेजको प्रशासन शाखा प्रमुख सञ्जय मानन्धरले पनि बोल्नुभयो ।
Leave a Reply