नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
कुनै पनि सरकारले शासनको बागडोर हत्याउनुभन्दा पहिले आफूले संसद् र जनतालाई काम गर्ने विषयबारे अग्रीम जानकारी दिने गर्छ । सबै राम्रा सरकारहरूको यो उत्तरदायित्व पनि हो । वर्तमान नेका र एमालेको सरकारले बरोबर ‘बहुमत’ को धाक देखाउन ‘बालुवाटारमा ओली–देउवा समझदारी’ (नयाँ पत्रिका, १५ वैशाख २०८२) र गठबन्धनको उल्लेख गरेको सुनिन्छ । तर, जनता भने बालुवाटारमा ओली–देउवाले के खाए वा के पिए भन्नेबारे चासोे राख्दैनन् । बरु, जनताले चासो राख्ने विषय भनेको पहिलेका सरकारहरूले गरेका फोहर सफा गरे–गरेनन् र नयाँ–नयाँ राम्रा कामहरू गरे गरेनन् भन्नेबारेमा चासो राख्छन् । अरू कुरा अर्थात् ‘सातबुँदे सहमति अक्षरशः पालन गर्ने’ (नयाँ पत्रिका, १५ वैशाख २०८२) जस्ता विषय जनताको निम्ति ‘हर्ष न विस्मात्’ को कुरा हो ।
जनताले चासो राख्दै आएको र सरकारको काम गर्ने शैली र उद्देश्य बुझ्न चाहेका यस्ता समाचारहरू हुन् –
१) ‘पोखरा विमानस्थलमा १० अर्ब भ्रष्टाचार’, ‘नीतिगत निर्णय गर्ने नेतृत्वलाई उन्मुक्ति’को समाचारले ‘नीतिगत निर्णय गर्ने उच्चस्तरीय पदाधिकारी कसैको पनि नाम र जिम्मेवारी किटान गरिएको छैन’ (कान्तिपुर, १४ वैशाख २०८२) भन्ने जस्ता समाचारले जनता शासक दलहरूका नेताहरूप्रति चोर औंला ठड्याउँदै छन् भन्ने व्यापक चर्चा छ ।
२) ‘सहकारी ठगीमा फरार सांसदद्वय बस्नेत र राईले बुझे २७ लाख तलब भत्ता’, ‘आपराधिक कार्यमा संलग्न रहेको भेटिएपछि एक वर्षदेखि फरार सांसदहरूलाई राज्यकोषबाट ‘तलब भत्ता’ बुझाउनु सुशासनको ‘भद्दा मजाक’ (नयाँ पत्रिका, १२ वैशाख २०८२) बतायो ।
‘भद्दा मजाक’ को अर्थ ‘ख्यालठट्टा’ होइन निर्लज्ज र गम्भीर अपराध हो, ऐन–कानुनको हाकाहाकी च्यात्नु र कुल्चनु हो । सहकारी ठगीमा पक्राउ पुर्जी जारी गरिएका राप्रपा सांसद गीता बस्नेत र काङ्ग्रेस सांसद माया राईले क्रमशः १२ महिनाको १६ लाख र ११ लाख ‘तलब भत्ता’ बुझिलिए । गीता बस्नेत नवलपुरको कावासोतीमा उपभोक्ता सहकारीको १६ करोड ६९ लाख र माया राईले कालिमाटीको स्वर्णलक्ष्मी सहकारीको २ अर्ब ६५ करोड हिनामिनामा फरार भएका थिए ।
३) ‘जो आर्थिक अपराधमा मुछिए, तर सत्ताको आशीर्वाद पाए’, ‘काङ्ग्रेस उपसभापति धनराजमाथि अनुसन्धान नै ठप्प ।’ ‘धनराज गुरुङमाथि ललितपुरको मितेरी सहकारी ठगीमा मुछिएका काङ्ग्रेस उपसभापतिमाथि उजुरी परेपछि एकपटक सामान्य सोधपुछ गरे पनि थप अनुसन्धान गरिएको छैन । १४ करोड हिनामिनामा संलग्न उनकी पूर्वपत्नी ज्योति गुरुङ ७ महिनादेखि फरार छिन् ।’
‘एमाले वाग्मती प्रदेश सांसद तामाङ पनि अनुसन्धानको दायरा बाहिरै, नेता पहारीलाई उन्मुक्ति’, ‘ऋषिकेश पोखरेलकी पत्नी अन्जलालाई थुनामा बस्नबाट जोगाइयो ।’ (नयाँ पत्रिका, १४ वैशाख २०८२)
ऋषिकेश पोखरेल सांसद लेखा समितिका सभापति हुन् । यसरी लेखा समितिको ‘सत्ता र शक्तिको दुरुपयोग’ भएको बताइएको छ ।
४) देशको प्रतिनिधिसभा वा संसद्कै ठुलो सङ्ख्या अपराधमा देखिएपछि वा सरकार आफै अपराधीहरूलाई जोगाउने तथा अपराधीमुखी ऐन–नियम बनाएपछि भ्रष्टाचार र अनियमितता नै देशको ‘ठुलो उन्नति’ सम्झिएपछि त्यस भेललाई कसले रोक्ने ? जनतामा व्यापक चर्चा चल्दै छ ।
‘गाउँ–गाउँमा सिंहदरबारको गलत सन्देश वा भाष्य तयार गरेपछि सिंहदरबारमा भएका खराबीहरू पनि गाउँ–गाउँमा फैलियो । सिंहदरबार भनेको जनताप्रति अनुत्तरदायी ‘मन्त्रीलाई छक्काउने’, ‘मन्त्रीलाई चित्त बुझाउने’, ‘चिप्लो घस्नेहरू’को केन्द्रको रुपमा परिणत गरियो । त्यसैको रोग सारा गाउँ र नगरमा फैलियो । सिंहदरबारमा दुई÷चार जना कर्मचारीबाहेक अरू सबै खाली सजिलोसित जीवन बिताउन चाहने, पदोन्नति र आर्थिक हितलाई प्राथमिकता दिनेहरूको गढ बन्यो । प्रजातन्त्र र गणतन्त्रका हिमायतीहरू पनि सबै त्यसैमा रङ्गिए ।
परिणाम प्रस्ट छ, वाग्मतीका मेयर थापाविरुद्ध डेढ अर्बको भ्रष्टाचार मुद्दा’ (अन्नपूर्ण, १२ वैशाख २०८२) । यस्ता घटनाहरू अपवादबाहेक हरेक नगरपालिका, तराई र पहाडका जिल्ला र गाउँमा व्याप्त छ । यसकारण, भाषण दिँदा नेताहरूले आ–आफ्ना भनाइबाट गलत व्याख्या हुने शब्द र वाक्यहरूबारे बढी सतर्क हुनुपर्ने देखिन्छ ।
Leave a Reply