सोभियत हुकुमले गरेका कार्यहरू
- कार्तिक २१, २०८२

भक्तपुर, १९ वैशाख । बाल विकास सेकेन्डरी स्कूल लिवालीमा २०७ औँ माक्र्स जयन्ती तथा १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शिक्षक कर्मचारी भेला सम्पन्न भयो ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल सुरेन्द्रराज गोसाईले समाजवादको स्थापनाबिना मजदुरवर्गको मुक्ति सम्भव नभएको बताउनुभयो । उहाँले संसारमा पुँजीवाद पतनउन्मुख रहेकाले अबको विश्व समाजवादको विश्व हुने धारणा राख्नुभयो । पुँजीवादी व्यवस्थामा धनी झन्झन् धनी र गरिब झन्झन् गरिब बन्ने हुँदा गरिब वर्गको हितका लागि पुँजीवादी व्यवस्थाका विरुद्ध सङ्घर्ष गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले नेपालमा बहुदल स्थापनापछि शासक दलहरूले सरकारी स्वामित्वका उद्योग कलकारखाना कौडीको मोलमा निजीकरण गरेर देशलाई टाट पल्टाउनुका साथै मजदुरको बिचल्ली पारेको बताउँदै नेपालका शासक पार्टीहरू मजदुरविरोधी हुन् भन्नुभयो ।
संसारका बहुमत जनता गरिबीको रेखामुनि रहेकाले संसारबाट गरिबी अन्त्य नभएसम्म विश्वमा शान्ति स्थापना हुन नसक्ने भएकाले संसारको ध्यान यसतर्फ जान आवश्यक रहेको कुरामा उहाँले जोड दिनुभयो । उक्त अवसरमा उहाँले समाजका केही गलत तत्वहरूले समाजमा भ्रम सिर्जना गर्न खोज्ने भन्दै यस्ता भ्रमका पछि लाग्न नहुने बताउनुभयो ।
कार्यक्रममा शिक्षकहरू सीता प्रजापति, सूर्यबहादुर पञ्च, शङ्कर आचार्य, सुलोचना छ्वाजू र दुई जना चिनियाँ शिक्षिकाले पनि आफ्नो मन्तव्य राख्नुभएको थियो ।
साथै शुक्रबार नै विद्यार्थी हित समिति बाल विकास एकाइ समितिको आयोजनामा कक्षा ८–१० सम्मका विद्यार्थीबिच माक्र्स जयन्ती तथा १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवससम्बन्धी कार्यक्रम सम्पन्न भयो ।
Leave a Reply