भर्खरै :

विद्यालय शिक्षामा खेलकुद शिक्षाको महत्व विषयमा एक अभिमुखीकरण

विद्यालय शिक्षामा खेलकुद शिक्षाको महत्व विषयमा एक अभिमुखीकरण

भक्तपुर, १९ वैशाख । प्रभात इङ्गलिस सेकेन्डरी स्कूलका शिक्षकहरूलाई विद्यालय शिक्षामा खेलकुद शिक्षाको महत्व विषयमा एक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा अभिमुखीकर्ता एवं विशेष अतिथि डा. रामकृष्ण महर्जनले हरेक विद्यार्थीको शैक्षिक उन्नयनमा मात्र नभई व्यक्तिको विकास गर्न, सरदर आयु बढाउन, स्वस्थकर जीवन जीउन, विभिन्न कारणले उत्पन्न हुने विविध नसर्ने रोगहरूबाट व्यक्तिलाई पर राख्नको लागि विद्यालयको कक्षा कोठाबाटै विद्यार्थीहरूलाई कुनै न कुनै खेलकुदमा संलग्न गराउँदै अगाडि बढाउन आवश्यक भएको विचार व्यक्त गर्नुभयो ।
उहाँले खेलकूद भनेको शिक्षाको एउटा अभिन्न अङ्ग भएर पनि यसलाई शैक्षिक कार्यक्रमसँग अहिलेसम्म जोड्न नसक्नु देश विकास नहुनुको एउटा महत्वपूर्ण कारणकै रूपमा रहेको विचार व्यक्त गर्नुभयो ।
विद्यालयका प्राचार्य बदनकेशरी प्रजापतिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यालय व्यवस्थपन समितिका सदस्य गौतमप्रसाद लासिवाले विशेष अतिथि डा. रामकृष्ण महर्जनलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।
उहाँले समाजवादी व्यवस्था भएका क्युवा, चीन, प्रजग कोरियामा हरेक बालबालिकाहरूलाई सानैदेखि खेलकुद अनिवार्य शिक्षण तथा अभ्यास गराउने गरेकोले समाजवादी देश अरुभन्दा अगाडि बढेको बताउँदै हाम्रोजस्तो पछाडि परेका देशहरूले हरेक नागरिकलाई खेलकुदको माध्यमबाट सम्पूर्ण नागरिकहरूलाई देश जोगाउन सक्षम नागरिकको रूपमा तयारी अवस्थामा राख्नु आवश्यक छ भन्नुभयो ।
सहभागी शिक्षकहरूबाट अभिरुचिका साथ अन्तरक्रियात्मक रूपमा सम्पन्न उक्त कार्यक्रममा सहायक प्राचार्य स्वर्णिमा मूल र ब्लक इन्चार्ज मीरा दुगुजुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *