आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
दैलेख, २१ वैशाख । नेपाल मजदुर किसान पार्टी चामुण्डा विन्द्रासैनी वडा नं. ७ को आयोजनामा १३६ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस पार्टी कार्यकर्ताबिच श्रम शिविर र अन्तरक्रिया कार्यक्रम गरी बिहीबार मनाइयो ।
श्रम शिविरपछिको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले समाजभित्र रहेका कुरीति र कुसंस्कारविरूद्ध सङ्घर्ष गर्दै असल कार्यलाई अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सन् १८८६ मे १ देखि सुरू भएको मजदुर आन्दोलनबाट शिक्षा लिई अगाडि बढ्नुपर्ने धारणा राख्दै उहाँले २४० वर्ष राज चलाएर असफल भइसकेको राजतन्त्रले होइन समाजवादी गणतन्त्रले मात्र अहिलेको समस्या समाधान गर्न सकिने बताउनुभयो
नेमकिपा दैलेखका पूर्वजिल्ला समिति सचिव गणेश खड्काले चुनावबाट समाजवाद आउने कल्पना गर्नेहरू संशोधनवादी हुन् भन्नुभयो ।
चामुण्डा विन्द्रासैनी नगरपालिका वडा नं.७ का वडाध्यक्ष इन्द्रप्रसाद चौलागाईँले आलोचना र आत्मालोचनाले मात्र पार्टी अगाडि बढ्न सक्ने उल्लेख गर्दै अन्तर्राष्ट्रिय मजदुर आन्दोलनकै उपलब्धिको रूपमा दैनिक ८ घण्टा कामको व्यवस्था भएको बताउनुभयो ।
शिवराज चौलागाईँको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कृष्ण ढकाल, दीपक शाही, जयकला विक र शान्ति शर्मालगायतले बोल्नुभएको थियो ।
Leave a Reply