जनताको सेवा गर्न उत्पादनमुखी अर्थनीति आवश्यक
- श्रावण १, २०८३
भक्तपुर, ३१ वैशाख । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय भक्तपुरको आयोजनामा स्वास्थ्य पर्यटन प्रवद्र्धनका लागि वाग्मती प्रदेशभित्र रहेका होटल, होमस्टे सञ्चालकहरूलाई आयुर्वेसम्बन्धी अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । कार्यक्रमको उद्घाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा प्रमुख प्रजापतिले आयुर्वेद चिकित्सा मौलिक चिकित्सा पद्धति र चिकित्सा विज्ञानको जननीको रूपमा रहेको उल्लेख गर्दै नसर्ने रोगको उपचारमा यो पद्धति निकै लाभदायी हुने बताउनुभयो ।
आयुर्वेद चिकित्सा पद्धति लिच्छविकालदेखि सुरु भएको र यो पद्धति अहिले पनि निकै प्रभावकारी भएको बताउँदै उहाँले नेपाल जडीबुटी औषधिमा यथेष्ट सम्भावना भएको देश हो तर प्रचारप्रसार र बजारको अभावले गर्दा औषधि उत्पादनमा कमी देखिएको बताउनुभयो ।
भक्तपुर नपाले वडास्तरीय नागरिक आरोग्य केन्द्र सञ्चालन गरी नागरिकहरूलाई निःशुल्क आयुर्वेदिक औषधिहरू वितरण गर्दै आएको बताउँदै आर्युवेद स्वास्थ्यलाई राज्यले प्राथमिकतामा राख्दै यसको प्रवद्र्धन गरिनु आवश्यक भएको बताउनुभयो ।
सिंहदरबारको वैद्यखाना र नरदेवी अस्पतालको सञ्चालन र व्यवस्थापनमा राज्यले ध्यान नदिँदा बन्द हुने अवस्थामा पुगेको बताउँदै प्रमुख प्रजापतिले वैद्यखानाहरूको संरक्षणतर्फ सङ्घ, प्रदेश र स्थानीय सरकारले प्रभावकारी कामहरू गर्नुपर्ने बताउनुभयो ।
आर्युवेदन चिकित्सा स्वास्थ्य पर्यटन प्रवद्र्धनको आधार पनि भएको बताउँदै उहाँले पर्यटन व्यवसायीहरूले स्वस्थ खानपान र सरसफाइमा विशेष ध्यान दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा पर्यटक सूचना केन्द्रका प्रमुख गौतमप्रसाद लासिवाले भक्तपुरको पर्यटन प्रवद्र्धनमा भक्तपुर नपाको गतिविधिबारे प्रस्ट पार्दै पर्यटन क्षेत्रमा आयुर्वेद्ध चिकित्सा कार्यक्रमबाट होटल व्यवसायीमा सकारात्मक सन्देश पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा जिल्ला आयुर्वेद कार्यालय भक्तपुरका प्रमुख डा. नदन कँडेलले कार्यक्रमको उद्देश्यबारे प्रस्ट पार्नुभयो भने आर्युवेदन तथा चिकित्सा कार्यालयका मणिकण्ठ गौतमले स्वागत मन्तव्य राख्नुभएको थियो ।
Leave a Reply