साहित्य : माक्र्सवादी दृष्टिकोण
- कार्तिक १७, २०८२

असारे भाका गुन्जिन्छ
हेर खेतका आलीमा ।
सिमसिमे पानी परेछ
हेर वन र पाखामा ।
मानो रोपी मुरी
फलाउने चाह छ किसानको
झिसमिसे बिहान उज्यालो
ठानी दौडन्छ खेतमा ।
गाउँतिर हलो र जुवा
हराउँदै गएछन्
आधुनिक ट्याक्टर मेसिन
हेर देखिन थालेछन् ।
उन्नत बीउबिजन
हेर खोजेर रोपौँ न
कसरी हुन्छ उत्पादन हेर
बढाउन सोचौँ ।
कसैले पनि खेतलाई
हेर बाँझो नछोडौँ
खनी र खोर्सी अन्न
बाली लगाउने गरौँ ।
आधुनिक भनी आफ्नो
पुख्र्यौली पेसा कहिले नत्यागौँ
आफ्नै उत्पादनमै
हेर निर्भर बन्ने गरौँ ।
Leave a Reply