लोकतान्त्रिक देशमा अलोकप्रिय निर्णय असान्दर्भिक
- बैशाख ११, २०८३
पैसा नै सबथोक सम्झनेहरू भन्छन्, “राजनीतिमा लाग्नु हुँदैन ।” ठुलाबडाहरू, शोषक, सामन्त, जमिनदार, जालीफटाहा र प्रतिक्रियावादीहरू सर्वसाधारण जनतालाई राजनीति गर्नु हुँदैन भनी राजनीति गर्छन् । हो, आँखा चिम्लेर, अन्ध समर्थन गरेर या कुरै नबुझिकन राजनीति गर्नु हुँदैन । जनताले राजनीतिक दलको सिद्धान्त र विचार थाहा पाउनुपर्छ । कसैको प्रशंसा, मिठो गफ, आकर्षक नारा र लोभलालचमा फस्नु हुँदैन । राजनीतिमा नलाग्दा ती नै सामन्त, प्रतिक्रियावादी र पुँजीपतिहरूले सधैँ रजाइँ गर्छन् । यसकारण, इमानदार, असल, देशभक्त नेता तथा कार्यकर्ताले राजनीति गर्नुपर्छ; राजनीति गर्न जनतालाई हौस्याउनुपर्छ । राजनीति गरिएन भने अन्यायीले ठाउँ पाउँछ; झूटलाई स्वीकार्नुपर्ने हुन्छ; सत्यको बाटोलाई छोडेको हुन्छ; सामूहिक सेवा गर्ने भावना त्याग्नुपर्ने हुन्छ† जनतालाई बिर्सेको सही मान्नुपर्ने हुन्छ ।
कसैले भ्रष्ट, आपराधिक व्यक्तिलाई स्थान दिन्छ; जनतालाई शासन सत्तामा जाने भर्याङ ठान्छ, समाजमा दुर्गति र दुव्र्यवहार निम्त्याउँछ भने त्यस्तो राजनीति छोड्नुपर्छ । वर्गीय समाजमा अनेक राजनीतिक दलहरू देखापर्नु स्वाभाविक हो; वर्गीय समाजमा वर्गीय राजनीति हुन्छ । आ–आफ्नो वर्गीय दृष्टिकोणअनुसार दलले राजनीति गर्छ । साँचो मानेमा राजनीति देश र जनताको सेवा गर्ने विचार हो । ठुलो दलको दाबी गरेर दम्भ देखाउने, ठुलो हुनु नै असल राजनीतिको चिनारी हो भन्ने कुरा सही होइन । राजनीतिभित्र जनताको सेवा गर्ने भावना हुन्छ† विज्ञानसम्मत विचार रहेको हुन्छ । कसैले पद र पैसाको निम्ति राजनीति गर्छ भने त्यो सही राजनीति होइन । असल राजनीति गर्नेहरू देश र जनताको न्यायोचित सङ्घर्षलाई समर्थन गर्छन् । उनीहरू जनताको सेवा गर्न गा¥होफारो मान्दैनन्; दुःख कष्ट भन्दैनन् । सत्त्न्दा झूटको मोल ज्यादा भएको यो पुँजीवादी व्यवस्थामा साँचो बोलेर नाक फुलाउनु भन्दा झूटो बोलेर नाम फुलाउने, झूटको खेती गर्ने, भ्रम फैलाउने कामलाई उनीहरु बुद्धिमानी ठान्छन् ।
राजनीति मौलिक र राजनीतिक अधिकारको निम्ति गर्छ; न्याय र स्वतन्त्रताको निम्ति गर्छ† छाना, नाना र दानाको निम्ति गर्छ । सही राजनीति गर्नेले विदेशी हस्तक्षेप र थिचोमिचोको विरोध गर्छ । उद्देश्य प्राप्तिको निम्ति कानुनी र गैरकानुनी सङ्घर्ष गर्छ । खुला र गुप्त ढङ्गले राजनीति गर्छ । राजनीति इमानदारीपूर्वक गर्नुपर्छ । राजनीति निःस्वार्थपूर्वक सेवा गर्न गर्नुपर्छ । राजनीति बहुमत जनताको सेवाको निम्ति गर्नुपर्छ । जालझेल गर्ने, षड्यन्त्र गरेर फसाउने र समाज या जनता भड्काउने राजनीति असल राजनीति होइन । यस्तो राजनीति जनताको राजनीति होइन ।
राजनीति गरेका कति शासक नेताहरू ठग काण्डमा परेका छन्; कति भ्रष्टाचार र अनियमिततामा फसेका छन् । कति सामाजिक अपराधमा त कति हत्या हिंसामा परेका छन् । भ्रष्ट व्यक्तिलाई स्थान दिने, प्रोत्साहन दिने, भ्रष्टाचारीहरूलाई कारबाही नगर्ने, अपराधीहरूलाई पोस्ने या उनीहरूसँग चन्दा असुलेर पार्टीमा भित्याउने काम पुँजीवादी दलहरूले गर्दै आएको यथार्थ हो । गलत या आपराधिक व्यक्तिहरूलाई हातमा लिएर, उनीहरूको पक्षपोषण गर्ने दल या सरकारले के साँच्चै देश र जनताको सेवा गर्छ ? ठुलो दल हुनुको अर्थ धाक धम्की देखाउने होइन; पैसाको राजनीति गर्ने होइन; आफ्नो इज्जत गुम्ने गरी, आस्था र प्रतिष्ठामा आँच पु¥याउने गरी काम गर्ने होइन । सिद्धान्त, विचार र इज्जत छोडेर त्यो दल जतिसुकै ठुलो भए पनि व्यर्थै हुन्छ । ठुलो दलको सरकारले ठुलै काम गर्नुपर्छ । तर विडम्बना ! यहाँ दुई ठुला दलको नेतृत्वको सरकारले सानो काम पनि गरेको छैन । यो सरकारको असफलताको सङ्केत हो ।
राजनीति फूर्सदमा गर्ने होइन । राजनीति मन लागेर गर्ने र मन नलागे नगर्ने होइन । राजनीति जहिल्यै गर्नुपर्छ; राजनीतिबाट कुनै पनि नागरिक अलग्ग हुनु हुँदैन । मानिस सामाजिक मात्र होइन राजनीतिक प्राणी पनि हो । प्रतिक्रियावादीहरू असल राजनीतिबाट टाढा राख्न अनेक षड्यन्त्र गर्छन्; अनेक लोभलालच देखाउँछन् । उनीहरू अनेक षड्यन्त्र गरेर असल राजनीति गर्ने नेता कार्यकर्तालाई फसाउँछन् । भक्तपुर काण्ड यसैको दृष्टान्त हो । कति दलहरूले गलत राजनीति गरिरहेका छन् र झूटको राजनीति गरिरहेका छन्; सिद्धान्त र विचार बन्धक राखेर भागबन्डाको राजनीति गरिरहेका छन् । शासकहरूको यस्तै राजनीतिले जनतामा राजनीतिप्रति वितृष्णा फैलिएको हो† शासकहरूकै मनपरीतन्त्रको कारण कति लेखक, बुद्धिजीवी र राजनीतिक विश्लेषकहरू सबै राजनीतिक पार्टी उस्तै हुन्; सबै कम्युनिस्ट पार्टी उस्तै हुन् भन्न पनि पछि परेनन् । तर, यो विश्लेषण सही होइन । कुनै दलले गरेको दोष या कमजोरी सबै दलमाथि थोप्नु गलत नै हुन्छ । राजनीति सही हुनुपर्छ, राजनीति कामदार जनताको पक्षमा हुनुपर्छ ।
Leave a Reply