जुम्लामा भक्तपुर काण्डको विरोधमा जुलुस र कोणसभा
- भाद्र ९, २०८३
भक्तपुर, असार २० । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर नगर समितिको आयोजनामा शुक्रबार भ्रष्टाचारविरोधी आन्दोलनको संस्मरणमा ‘समय र विचार’ पुस्तकको अध्ययन गोष्ठी सम्पन्न भयो ।
अध्ययन गोष्ठीमा नेपाल मजदुर किसान पार्टीका सचिव तथा सङ्घीय सांसद प्रेम सुवालले एनसेलको ६२ अर्बको भ्रष्टाचार, वाइडबडी, पतञ्जली, भक्तपुरको सरस्वती खेलको १९ रोपनी जग्गा तथा ललिता निवासको भ्रष्टाचारबारे जानकारी दिनुभयो ।
प्रमुख अतिथि सुवालले अन्तर्राष्ट्रिय मापदण्डविपरीत पोखरा, भैरहवा तथा काठमाडौँको त्रिभुवन विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन भ्रष्टाचार गरेको बताउँदै झापाको गिरिबन्धु दाजुभाइको हदबन्दीभन्दा बढी भएको जग्गालाई स्वीकृत गर्न भूमिसम्बन्धी ऐनको संशोधनबारे जानकारी दिनुभयो ।
उहाँले प्रधानमन्त्री केपी शर्मा ओली स्पेनबाट नेपाल फर्कँदै गर्दा देशको इज्जत जाने गरी शिक्षाको विकास गर्न विदेशीहरूसँग हात थापेको तथा ट्रम्प र एलन मक्सको विवाद कर कम सम्बन्धमा भएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घ जिल्ला समितिका अध्यक्ष गणेशराम थुसाले किसान आन्दोलन, साँढे धपाउने आन्दोलन तथा राजा महेन्द्रले सुरू गरेको क्रान्तिकारी भूमिसुधारमा ठुला भन्ने कम्युनिस्ट पार्टीले विरोध गरेको बताउँदै नेमकिपाको किसान आन्दोलनबाट आज मोही र तल्सिङले जग्गा आधाआधी पाएको उल्लेख गर्नुभयो ।
उहाँले नवदुर्गा बहुमुखी सहकारी खोल्दा भएको अनियमिततामा जनताद्वारा अस्वीकृत व्यक्तिलाई सत्ता पक्षले माथिल्लो पदमा पु¥याएर पुरस्कार दिएको बताउँदै भक्तपुरमा भ्रष्टाचारविरोधी मुद्दा २०१९ देखि भएकोले भक्तपुरमा भ्रष्टाचार कम भएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर नगर समितिका अध्यक्ष विष्णुप्रसाद दुमरूको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा विश्वराम प्रजापति, रामहरि ताम्राकार, पुनेन्द्रप्रसाद कुसी, जगतलक्ष्मी पहिजूलगायतले बोल्नुभएको थियो ।
Leave a Reply