म भैल खः हुँ
- बैशाख ४, २०८३
ए नेपाली जनता शासक पार्टी कस्तो चुनेको
देश र जनताको हित कहिल्यै नसोच्ने ।।
नेता कार्यकर्ताहरू जसरी भए पनि यहाँ
कुर्सीमा बस्ने सोच राखेकाहरू ।।
ए नेपाली जनता,
आफै खाऔँ आफै लाऔँ सोचमा परेका छन्
जनता भने भोकभोकै मर्दै छन् ।।
भन्ने बेलामा आफू पनि भ्रष्टाचार गर्दिन रे
अरूलाई पनि गर्न दिने छैनौँ ।।
ए नेपाली जनता,
स्थानीय तह, पालिका प्रदेशदेखि केन्द्रसम्मका
शासकहरू लोभीपापी भएका छन् ।।
मन्त्री प्रधानमन्त्रीहरू ठुलाबडा हाकिमहरू
भागबन्डामा मिलेमतो गर्दै छन् ।।
ए नेपाली जनता,
नयाँ पार्टी भन्नेहरू पुराना शासक पार्टीहरू
नाम फरक काम सबैको उस्तै छन् ।।
भिखारी भई ऋण मागी विदेशीको चाकडी गरी
सत्ताइस खर्ब ऋण जनतालाई बोकाउने ।।
ए नेपाली जनता,
मुखले राम राम बगलीमा छुरा गर्ने सबैलाई
चिन्ने बेला यही हो ।।
ऋणै ऋणले देश दुबाउनेहरू सबैलाई
जन कारबाही गरी फाल्नुपर्ने ।।
ए नेपाली जनता शासक पार्टी कस्ता चुनेका ?
Leave a Reply