जनताको समस्या समाधान गर्न नेमकिपा लागिरहने
- चैत्र २१, २०८२
जङ्गली युगदेखि
आजसम्म पुग्दा
समाज र सामाजिक जीवन
अनेक अनेक बुझ्दा ।
भाषा संस्कृति परम्पराका
धनि हामी हेर
त्यसैलाई नै साहित्यमा
व्याख्या गर्ने गर ।
सामाजिक मूल्य मान्यता
के हो भनी बुझौँ
साहित्यले समाजलाई डोर्याउने
गर्छ यसको महत्व पनि जानौँ ।
समाजलाई बुझ्न हेर
जीवन चिहाइ हेर
आफ्ना वरपर के के
छन् विचार गरी हेर ।
समाजिक जीवन बुझ्न
साहित्य कोर्ने गर
विषयवस्तु यतै छन्
आफै भित्र खोज ।
साहित्यले समाजको चिरफार
गर्ने गर्छ, नाता सम्बन्ध, रीतिथिति
मर्म बुझाउने गर्छ ।
साहित्यका पाटाहरू छन्
फरक फरक ।
कथा, कविता, उपन्यास
निबन्ध अनि कहानी ।
जीवन बुझ्न, समाज बुझ्न
साहित्य बुझ्नुपर्छ
समाजलाई सचेत पार्न
कलम चलाउनुपर्छ
साहित्य हो समाजको
महत्वपूर्ण ऐना,
कस्तो समाज बनाउने हो
विचार गर्ने हो कि ?
Leave a Reply