इजरायली हवाई आक्रमणमा ३५ यमनी नागरिकको मृत्यु : हुथी
- भाद्र २६, २०८२
कैलाली, १४ भदौ । नेपाल क्रान्तिकारी महिला सङ्घ जिल्ला समिति कैलालीको आयोजनामा नेमकिपालाई समूल नष्ट गर्ने उद्देश्यले रचिएको ‘भक्तपुर काण्ड’को विरोध तथा भत्र्सना कार्यक्रम शनिबार लम्किचुहा न.पा.१ थपालीपुरमा सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा कैलाली आठौँ जिल्ला सम्मेलन तयारी समिति सचिव गगनबहादुर थापामगरले नेमकिपालाई समूल नष्ट गर्ने उद्देश्यले रचिएको ‘भक्तपुर काण्ड’को विरोध तथा भत्र्सना गर्दै यसबाट पाठ सिक्नुपर्ने बताउनुभयो ।
उहाँले जबसम्म बहुसङ्ख्यक कामदारवर्गको राज्यसत्ता हुँदैन तबसम्म हामीले दुःख पाउने बताउनुभयो ।
नेक्रामसङ्घका केन्द्रीय सहसचिव तथा कैलाली अध्यक्ष लक्ष्मी पुनले ‘भक्तपुर काण्ड’ को दमनको समयमा पीडित महिलाहरू एक भएर सङ्गठन विस्तार र पञ्चायतको विरोध गरेको बताउनुभयो । महिला दिदीबहिनीहरूले प्रहरी दमनको प्रतिकार गरी पञ्चायतको विरोधमा पर्चा छर्ने, पम्प्लेट टाँस्ने, विरोध जुलुस गर्ने, मसाल जुलुस गर्ने काम अगाडि बढाएको बताउनुभयो ।
नेक्राशिसङ्घ कैलाली अध्यक्ष जी.एस.ले पञ्चायतले नेमकिपालाई समूल नष्ट गर्ने उद्देश्य राख्नुको कारण नेमकिपाले पञ्चायतको विरोध गर्नु रहेको बताउनुभयो । नेमकिपाले भूमिसुधार ऐन लागू गराउन गरेको आन्दोलन, भर्पाई आन्दोलन, वि.स.२०२५मा नवलपरासीको सुस्ता गाविसका ७ ओटा वडा भारतले अतिक्रमण गर्दा आन्दोलन गरेको हुनाले पञ्चायतले नेमकिपालाई अन्त गर्न खोजेको उहाँले बताउनुभयो ।
नेक्रायुसङ्घ कैलाली अध्यक्ष प्रेम सिजापतीले नेमकिपालाई समूल नष्ट गर्ने उद्देश्यले रचिएको ‘भक्तपुर काण्ड’को विरोध तथा भत्र्सना गर्दै ‘भक्तपुर काण्ड’को बारेमा विस्तारमा बताउनुभयो ।
नेक्रामहिला सङ्घ कैलाली सचिव जानकी शाही र नेक्राविसङ्घ कैलाली अध्यक्ष एचबीले पनि ‘भक्तपुर काण्ड’को विरोध तथा भत्र्सना गर्नुभएको थियो ।
Leave a Reply