भर्खरै :

स्वतन्त्र विश्लेषकको दृष्टिमा नेमकिपा

स्वतन्त्र विश्लेषकको दृष्टिमा नेमकिपा

१. नेमकिपा : सिद्धान्त, सङ्घर्ष र शुद्धताको ध्रुवतारा
नेपाली राजनीतिको चित्रपटमा रङ्गहरू प्रायः सत्ता–लिप्साका कालो धब्जा, अवसरवादका भद्दा चित्र र सिद्धान्तबाट बहकिएका बाङ्गाटिङ्गा रेखाले भरिएका छन् । कम्युनिस्ट आन्दोलनको लामो र रक्तसिञ्चित इतिहास पनि विभिन्न मोडमा पुगेर गुटबन्दी, वैचारिक विचलन, सत्तालिप्सा र संसदीय मोहको दलदलमा डुबेको छ । तर, यही कोलाहलबिच उदाएको एउटा कम्युनिस्ट पार्टी पाँच दशकदेखि आफ्नो मौलिक सिद्धान्त, वर्गीय निष्ठा र राजनीतिक शुद्धताको दियो बालेर अटलरूपमा खडा छ– नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ।
यो केबल एउटा पार्टीको कथा होइन† यो त त्यो वैचारिक पाठशाला हो जसले माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधाराबाट प्रेरित आत्मनिर्भरताको दर्शनलाई नेपाली माटोमा रोप्न साहस ग¥यो । २३ जनवरी १९७५ मा पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ ‘रोहित’ को नेतृत्वमा स्थापना भएको नेमकिपा वाम आन्दोलनको एक अविभाज्य अङ्ग मात्र होइन, बरु सिद्धान्त र व्यवहारबिचको खाडल मेट्ने एक जीवन्त प्रयोगशाला हो । यसको यात्रा सैद्धान्तिक गफ, जनता झुक्याउने उडन्ते भाषण वा चुनावी वाचा होइन, किसानको हिलो र मजदुरको पसिनामा लेखिएको छ । भ्रष्टाचारको महासागरमा इमानदारीको डुङ्गा लिएर शक्तिशाली अठोटसहित यो बेरोकटोक अघि बढिरहेको छ ।
वर्गीय सङ्घर्षको जग : मोहियानी हकदेखि किसान आन्दोलनसम्म
२०२५/२६ सालतिर भक्तपुरका ९० प्रतिशतभन्दा बढी किसान जमिनदारको दासतामा बाँधिएका थिए । उनीहरू ‘मोहियानी हक’ (जोताहा अधिकार) बाट वञ्चित थिए । जमीन उनीहरूले जोते पनि अन्नको ठुलो हिस्सा जमिनदारले लैजान्थे र किसानहरू पुस्तौँदेखि गरिबीको दुष्चक्रमा पिसिरहेका थिए । यही अन्यायविरुद्ध नेमकिपा अग्रपङ्क्तिमा उभियो ।
अन्य कम्युनिस्ट घटकहरू बहस र घोषणापत्रमा अल्झिरहँदा, नेमकिपाका कार्यकर्ता खेतको आली र किसानको झुपडीमा पुगे । उनीहरूले नारा र जुलुसमा मात्र सीमित रहेनन्, किसानसँगै बाली काटे, धान भित्याए र जमिनदारको दमनविरुद्ध प्रतिरोधमा सिधै किसानसँगै द¥होसँग उभिए ।
राज्य–संयन्त्र र जमिनदारको गठजोडले चर्को दमन चक्र चलाउँदा पनि नेमकिपाका कार्यकर्ताहरूले किसानलाई सङ्गठित गर्दै उनीहरूमा विश्वास जगाएर ज्यानको बाजी लगाउँदै भक्तपुरमा मोहियानी हक स्थापनाको ऐतिहासिक र न्यायोचित सङ्घर्षलाई सफलतामा टुङ्ग्याए । यो विजय केबल जमीनको प्रश्न थिएन, मानवीय स्वाभिमान र वर्गीय मुक्तिको लडाइँ थियो । यस सफलताले देशैभरिका भूमिहीन र उत्पीडित किसानहरूका लागि नयाँ दिशा र एउटा अभूतपूर्व आशाको सञ्चार ग¥यो र सन्देश दियो, “सङ्गठित सङ्घर्षबाट मात्र न्याय सम्भव छ ।” यो नै नेमकिपाको राजनीतिको आधारशिला बन्यो । जसले प्रिय पार्टीको हैसियतमा स्थापित ग¥यो ।
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता
नेपालको राजनीतिलाई कुनै शब्दले सबैभन्दा बढी कलङ्कित बनाएको छ भने त्यो हो– भ्रष्टाचार । पञ्चायतकालको सहकारी शोषणविरुद्ध होस् वा बहुदलीय व्यवस्थापछि भएका ठुला भ्रष्टाचार काण्डहरू, नेमकिपाले सडकदेखि संसद्सम्म खबरदारी गर्दै आएको छ । भ्रष्टाचारीलाई मृत्युदण्डसम्मको सजायको माग गर्ने यस पार्टीले भ्रष्टाचार केबल आर्थिक अनियमितता नभएर राष्ट्रिय सुरक्षा, अस्तित्व र जनताको भविष्यमाथिको डकैती मान्दछ । सिद्धान्तमा अविचल अडान, नैतिकतामा अडिग, भ्रष्टाचारविरुद्ध कठोर, जनसेवामा समर्पित, देशप्रेममा अटल रहने यस्तै सत्यनिष्ठाले उसलाई अन्य दलहरूभन्दा निष्ठा र नैतिकताको मापदण्डमा पृथक देखाउँछ ।
राष्ट्रिय स्वाधीनताको पहरेदार
साहित्यहरू नेमकिपाको अविचलित सिद्धान्त, राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षालाई जीवनरेखा बनाएको स्पष्ट गर्छन् । विशेषगरी भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवाद र अन्य वैदेशिक हस्तक्षेपविरुद्ध उसले सधैँ सम्झौताहीन आवाज उठाएको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानीको मुद्दा ओझेलमा पर्दा नक्सा प्रकाशन र सीमा रक्षाका लागि सरकारलाई निरन्तर दबाब दिने कुरामा यो सधैँ अग्रपङ्क्तिमा रहेको हो ।
एमसीसी (MCC) जस्ता वैदेशिक रणनीतिक परियोजनामा लुकेका असमान सर्तहरूबारे सचेतना जगाउने काममा पनि नेमकिपा अग्रणी रह्यो । यसको भावनात्मक नारामा होइन, वर्गीय दृष्टिकोणमा आधारित छ जसले साम्राज्यवाद र विस्तारवादलाई जनता र मुलुकको प्रमुख शत्रु मान्दै आत्मनिर्भरतालाई राष्ट्रिय सुरक्षाको सबैभन्दा बलियो कवच ठान्छ । यो दलले मजदुर, किसान र सर्वहारावर्गको पक्षमा आफ्नो सैद्धान्तिक अडान, निरन्तरता र जनसङ्घर्षका कारण वाम कम्युनिस्ट आन्दोलनमा आफ्नै एक विशिष्ट र पृथक् पहिचान कायम गरेको छ । उसका लागि राष्ट्रियता सत्तामा पुग्ने भ¥याङ होइन, बरु देशको अस्तित्व रक्षा गर्ने वैचारिक हतियार हो ।
षड्यन्त्र असफल
नेपालको वाम आन्दोलनको इतिहासमा कलङ्क बनेर दर्ज भएको घटना हो २०४५ सालको कर्ण ह्योजु काण्ड । त्यतिबेला नेपालमा क्रियाशील वाम कम्युनिस्ट धारहरूमध्ये अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद तथा देशीय राजनीतिमा सामन्तवादी राजसंस्थाको प्रखर विरोधी नेमकिपा भएको ठहर गर्दै यसलाई तहसनहस र नामेट गर्ने देशी तथा विदेशी प्रतिक्रियावादीको ग्रान्ड डिजाइनमा प्रायोजित भक्तपुर काण्ड घटाइएको यस दलका नेता कार्यकर्ता बताउँछन् । जर्मनीको राइखस्टाग घटनाकै शैलीमा बुनिएको उक्त षड्यन्त्रमा रोहितसहित नेमकिपाका ६७ जना नेता कार्यकर्तालाई ज्यान मुद्दामा जेलमा सडाउने गरी मुद्दाका तानाबाना बुनियो । बहालवाला प्रधानमन्त्री स्वयम् मरिचमान सिंह श्रेष्ठ र राष्ट्रिय पञ्चातका अध्यक्ष नवराज सुवेदीलगायत पञ्चहरूको शव ¥यालीमा ‘रोहितलाई फाँसी दे’ भन्ने नारा र प्लेकार्ड बोकेर सडकमा उत्रिने काम भयो । तर, थुप्रै जनपक्षीय कानुन व्यवसायी र हजारौँ न्यायप्रेमी जनताको साथ र समर्थनमा नेमकिपा दृढताका साथ अघि बढ्यो र षड्यन्त्र विफल पार्न सफल भयो । यसले पार्टीलाई आम जनताबिच अझ बलियोसँग स्थापित गर्न मद्दत ग¥यो ।
भक्तपुर मोडेल : आत्मनिर्भर विकासको प्रयोगशाला
सिद्धान्तलाई व्यवहारमा कसरी उतार्न सकिन्छ भन्ने प्रश्नको ज्युँदोजाग्दो उदाहरण नेमकिपाले भक्तपुरमा देखाइदिएको छ । भक्तपुर नगरपालिकाको प्रतिनिधित्व गर्दै आएको यस पार्टीले एक मोडेल प्रस्तुत गरेको छ । अन्य कतिपय नगरपालिकाहरू ठेकेदारी प्रथा, कमिसनतन्त्र र नाफाखोरीमा मस्त रहँदा भक्तपुरले विकास निर्माणमा उपभोक्ता समितिहरूमार्फत जनताको प्रत्यक्ष सहभागितालाई अभ्यासमा ल्याएको छ । यसले एकातर्फ भ्रष्टाचारको सम्भावनालाई न्यून गर्ने र अर्कोतर्फ विकास निर्माणलाई जनताको आफ्नै अधिकार र कर्तव्यको रूपमा स्थापित गर्ने गरी सिद्धान्त र व्यवहारको सुमधुर सङ्गम प्रस्तुत ग¥यो ।
शिक्षा र स्वास्थ्यलाई मुनाफाको धन्धा मानिरहेको आम प्रवृत्तिको ठीकविपरीत दुई वटा इन्जिनियरिङ कलेजसहित ७ वटा कलेज र ख्वप अस्पतालजस्ता सामुदायिक संस्थाहरू स्थापना गरिएको छ । यी संस्थाहरूले न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्रदान गरेर एउटा वैकल्पिक र समाजवादी मोडेलको सम्भावनालाई प्रमाणित गरेका छन् । त्यसैगरी, ख्वप विश्वविद्यालयको स्वीकृतिलाई सत्तासीनहरूले आफ्नै स्वार्थमा हालसम्म नाजायज तवरले अल्मल्याइरहेको स्थिति सबैमा जाहेरै छ । सहरको सरसफाइ, शिक्षा र स्वास्थ्यमा सुधार, साना र मझौला उद्योगलाई प्रवद्र्धन, सामुदायिक विकास, सांस्कृतिक संरक्षण, सम्पदा संरक्षण र सांस्कृतिक पुनर्जागरणलाई नयाँ उचाइमा लग्दै आज देशभर भक्तपुर नगरपालिका अनुकरणीय बनेको छ । भक्तपुर आज एउटा सफा सहर होइन, यो नेमकिपाको राजनीतिक दर्शनको व्यावहारिक प्रतिबिम्ब हो र यो पनि प्रमाण हो कि राजनीति केवल सत्ता होइन, सेवा हो ।
संसद् र सडक : दोहोरो सङ्घर्षको रणनीति
नेमकिपा पञ्चायतविरोधी जनआन्दोलनदेखि लोकतान्त्रिक गणतन्त्रसम्मका जनताका हरेक न्यायोचित प्रतिकार आन्दोलन र सङ्घर्षहरूमा सधैँ अग्रमोर्चामा सम्झौताहीन ढङ्गले डटेको छ । मुलुकको अग्रगामी परिवर्तनसँगै सार्वभौमसत्ता जनतामा ल्याउने सवालमा विशाल पदयात्रा, जनजागरण अभियान अनि निरन्तर र समर्पित सङ्घर्षहरू सञ्चालन गरिएको छ ।
संसद्लाई वर्गीय सङ्घर्षको एउटा मञ्चका रूपमा प्रयोग गर्ने र संसदीय सङ्घर्षलाई क्रान्तिकारी लक्ष्यसँग जोड्ने रणनीति लिए पनि संसद्लाई नै आफ्नो अन्तिम लक्ष्य यस दलले कहिल्यै मानेन । संसद्मा नेमकिपाका प्रतिनिधिहरूको सङ्ख्यात्मक उपस्थिति सानो भए पनि मुलुक र जनसरोकारका मुद्दा उठाउने सन्दर्भमा यसको उपस्थिति सधैँ जिम्मेवार, शक्तिशाली र प्रभावकारी रहँदै आएको छ । विशेषगरी सांसद प्रेम सुवालले प्रतिनिधिसभामा र गोसाईलगायतका अन्य सांसदहरूले प्रदेशसभामा समावेशीता, सामाजिक न्याय, राज्यसत्ताको रूपान्तरण, जनताका अधिकार, स्वास्थ्य, शिक्षा, महँगी, राष्ट्रिय ऋण, सीमा अतिक्रमण र भ्रष्टाचारजस्ता मुद्दामा तथ्य र तर्कसहित संसद्मा उठाउने प्रश्नहरूले सत्तापक्षलाई निरन्तर जवाफदेही बनाउने र जनताका आवाजलाई राष्ट्रिय बहसमा ल्याउने काम गरेका छन्† संसद्लाई वास्तवमै जीवन्त बनाएका छन् । यसरी हेर्दा नेमकिपाको वास्तविक शक्ति संसद्को गणितमा होइन, गाउँ देहातका मजदुर किसानमा छ । उसले संसद्लाई आफ्ना विचार प्रवाह गर्ने माध्यम र सडकलाई अधिकार प्राप्तिको मुख्य मोर्चा बनाउँदै दोहोरो सङ्घर्षको रणनीतिलाई सफलतापूर्वक अघि बढाएको रहेछ भन्ने देखिन्छ ।
नेतृत्व र वैचारिक शुद्धता
नेपाली कम्युनिस्ट आन्दोलनको सबैभन्दा ठुलो विडम्बना नेतृत्वको सत्तालिप्सा, वैचारिक स्खलन र पदका लागि पार्टी विभाजन हो । तर, नेमकिपा र यसका संस्थापक नेता नारायणमान बिजुक्छेँ ‘रोहित’ यसका अपवाद हुन् । रोहितले पार्टीलाई जीवन दिए, तर कहिल्यै व्यक्तिगत पद र प्रतिष्ठाको अनुचित लोभ गरेनन् ।
नेतृत्वलाई पद होइन, जिम्मेवारी र विचार मान्ने यसको संस्कृतिले यसलाई विशेष बनाएको छ । पार्टीभित्रको सुदृढ वैचारिक प्रशिक्षण, कार्यकर्ताहरूको अनुशासित र सरल जीवनशैली र सिद्धान्तप्रतिको अटल निष्ठाले गर्दा नै नेमकिपालाई ‘गल्ती नगर्ने’ पार्टीको रूपमा समेत चित्रण गरिन्छ ।
आलोचना र चुनौतीहरू
कतिपयले यसलाई ‘भक्तपुर केन्द्रित’ पार्टी भनेर आरोप लगाउँछन् । संसदीय राजनीतिमा संसद्भित्रका विधायन पक्ष र महत्वपूर्ण नीति निर्माणका सवालमा सङ्ख्यात्मक सामथ्र्य र हस्तक्षेपकारी हैसियत प्राप्त गर्नु एउटा प्रमुख सर्त हो । ठग, तस्कर, भ्रष्टाचारी, काला व्यापारी र अनेक अनियमितता गर्ने नेता कार्यकर्तालाई अबिर माला र खादाले स–सम्मान पार्टीमा भित्याउने र ठुलो पार्टी बन्ने गलत परम्पराको विरोधमा उभिएर पार्टीको वैचारिक सैद्धान्तिक शुद्धता कायम गर्ने कुरा आफैमा अत्यन्त आवश्यक र प्रशंसनीय छ । इमानदार र विचारमा प्रतिबद्ध देशभक्त जनतासम्म पुग्न र सङ्गठनात्मक सञ्जाललाई राष्ट्रव्यापी बनाउन निरन्तर लाग्नुपर्छ ।
विश्व राजनीतिमा अमेरिकाले डलर र ट्यारिफको डण्डाको मुढेबलमा चाल्ने साम्राज्यवादी षड्यन्त्र र हैकमविरुद्ध रुस, चीन, भारत, ब्राजिल र दक्षिण अफ्रिकालगायत कैयौँ अन्य राष्ट्रले गरेको संयुक्त र सशक्त प्रतिकारले युगान्तकारी परिवर्तन ल्याउँदै छ । हाम्रा दुई ठुला छिमेकी चीन र भारतबिच नयाँ ढङ्गले सम्बन्ध र सहकार्यका नयाँ आयाम बन्दै छन् । यस परिप्रेक्ष्यमा नेमकिपाले वैज्ञानिक समाजवाद, स्वाधीनता र आर्थिक आत्मनिर्भरताका आफ्ना स्थापित वैचारिक स्पष्टतालाई थप मलजल गर्दै व्यावहारिक सोच र रणनीति निर्माण गर्नुपर्नेछ ।
पार्टी यस्ता असजिलाहरू चिर्न अनि बृहत् जनमानसमा विचारलाई सम्प्रेषण गर्न आफ्ना विभिन्न वर्गीय सङ्गठनहरूमार्फत पार्टीका प्रकाशनहरूलाई अरु बढी र सशक्तरूपले लागिपरेको प्रयास फलदायी हुने विश्वास गर्न सकिन्छ ।
पार्टीको शुद्धता, इमानदारी र वैचारिक दृढता नेपालका अन्य दलका लागि यो प्रेरणादायी नै रहेको यथार्थ हो ।
निष्कर्ष : आशाको दीपस्तम्भ
नेपाल मजदुर किसान पार्टीको यात्रा एउटा दलको राजनीतिक यात्राको कथा मात्र होइन । यो त बरु प्रतिकूलताको आँधीमा पनि सिद्धान्तको दियो निभ्न नदिने सङ्घर्षको गाथा हो† नैतिकता, इमानदारी र जनसेवाको कठिन तर गौरवशाली बाटोको पर्याय हो । भक्तपुरमा उसले कोरेको विकासको नक्सा केवल एउटा स्थानीय सफलता होइन, यो सम्पूर्ण देशको लागि आत्मनिर्भर र समाजवादी विकासको व्यवहारसिद्ध मार्गचित्र हो ।
नेपालका अधिकांश राजनीतिक दलहरू सत्ताको खेल, विदेशी शक्तिको आशीर्वाद र भ्रष्टाचारको दलदलमा फसिरहँदा, नेमकिपा एउटा सानो तर शक्तिशाली ध्रुवतारा बनेर उभिएको छ । यसले फोहरी सत्ता–राजनीति गर्दैन, सिद्धान्तहीन गठबन्धन रोज्दैन र जनता र राष्ट्रको राजनीति गर्छ । नेमकिपाको यो यात्रा सिद्धान्त, सङ्घर्ष र सेवाको मिश्रणले नै समृद्ध भएको छ । यसले नेपाली जनताको मनमा आफ्नो लागि ठाउँ बनाएको छ । सत्ता होइन जनता, व्यक्तिगत लोभ होइन राष्ट्र, रङ्गमञ्च होइन सङ्घर्ष यही यसको आदर्श देखिन्छ र यतैतर्फ यो गतिशील देखिन्छ । जबसम्म सिद्धान्त, सङ्घर्ष र शुद्धताको यो दीपस्तम्भ बलिरहन्छ, नेपाली राजनीतिमा आशाको ज्योति निभ्ने छैन, बलिरहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *