भर्खरै :

नेपाली जनताले गीतमा मात्रै देशभक्तिको कुरा गर्ने होइन

नेपाली जनताले गीतमा मात्रै देशभक्तिको कुरा गर्ने होइन

व्यवहारमा पनि देशको हितमा काम गरौँ !
नेपाली काङ्ग्रेस बीपी कोइरालाबाट पालितपोषित एक ‘प्रजातान्त्रिक समाजवादी दल’ हो । २०१५ सालको प्रथम महानिर्वाचनको घोषणा पत्रमा हाम्रो टाढाको लक्ष्य समाजवाद हो भन्ने घोषणा वा सन्देश नेपाली मतदाताहरूप्रति समर्पित थियो ।
तत्कालीन ‘नेपाल कम्युनिस्ट पार्टी’ को दोस्रो महाधिवेशन (फोहरा दरबार) मा पुग्दा नेतृत्वमा डा. रायमाझी आर्थिकरूपले एक जमिनदार वा भूमिपति थिए । गणतन्त्र वा संवैधानिक राजतन्त्रको छलफलमा अन्योलको अवस्था झेलिरहेको कम्युनिस्ट पार्टीले २०१७ साल पुस १ गतेको राजाको कदमले आपसी सैद्धान्तिक विवादलाई प्रस्ट पार्ने अवसर प्रदान ग¥यो । कम्युनिस्ट पार्टीभित्र जनतामा राणाहरू मात्र अलोकप्रिय भएको र राजाप्रति जनताको आक्रोश नभएको भन्दै माझी गुटले छलछामै पार्टी र कार्यकर्तालाई अन्योलमा पार्दै थियो ।
पूर्व झापामा धर्मप्रसाद ढकालबाहेक केही व्यक्तिलाई हत्या गरेर क्रान्ति र समाजवाद आउनेबारे सारा नेपाली जनतालाई भ्रममा पारे । त्यस्तै भारतसँग सहयोग र सन्देश पाएर नेपाल र नेपाली जनताको मुहार फेरिने र समृद्ध बन्नको लागि केही हजार मानिसलाई बलिदान दिएर राजतन्त्र, सामन्तवाद र पुँजीवादको अन्त हुने ‘गृहयुद्ध’ ले पनि विदेशीकै भरमा ‘शान्ति सम्झौता’ मार्फत आ–आफ्नो बल र बुद्धिको नापो नाप्ने काम गरे ।
आज आफ्नो बहुमत नभए पनि दोस्रो दल भएर नेपाली काङ्ग्रेसको दयामा चलिआएको र बुझिआएको प्रजातन्त्रको गलत प्रयोगमा ओलीको सरकार चालु छ ।
नेपाली काङ्ग्रेसको नेतृत्वमा ‘प्रजातान्त्रिक समाजवाद’को विचार बोक्ने पक्षको होइन बरु अमेरिकी प्रभुत्वलाई स्वीकार्ने पक्षले पार्टी हाँक्दै छ । जसरी नेपाली काङ्ग्रेसमा कुन व्यक्ति पार्टी नेतृत्वमा छ भन्नुभन्दा पनि परराष्ट्रमन्त्री कुन देश र विश्वविद्यालयबाट प्रशिक्षित छ भन्नेबारे बढी चर्चा हुन्छ । नेपाली काङ्ग्रेसकै अर्थमन्त्रीहरू युवा भए पनि नागरिकताजस्तो संवेदनशील विषयमा ‘दागी’ भए ? नेपाली काङ्ग्रेसका उपसभापति र ठाउँठाउँका प्रतिष्ठित नेताहरू कसरी जनताको रकम जम्मा गरेका सहकारी संस्थाहरूबाट करोडौं र अर्बौंको रकम अपचलनमा भ्रष्टाचार मुद्दामा तानिए ।
‘प्रजातान्त्रिक समाजवादी’ दलका ऊर्जामन्त्री समेत मजदुर र गरिब जनताको पक्षमा नगई कसरी करोडौँ र अर्बौँ विद्युत् शुल्क नतिर्ने शोषक वा उद्योगपतिहरूको पक्षमा गए ? सार्वजनिक सम्पत्ति प्रयोग गर्दागर्दै मन्त्री पद धारण गर्ने व्यक्तिले तिर्नुपर्ने रकम संस्थालाई तिर्न अस्वीकार गरे ।
यसरी कति नेपाली काङ्ग्रेसका प्रतिष्ठित नेताहरू कसरी र कसको बहकाउमा परेर विचलित हुँदै र चिप्लिँदै गए ? कोहीकोही व्याख्या गर्दै थिए, “अण्डामा जस्तो बीउ हुन्छ त्यस्तै चल्ला काढ्छ”, के नेपाली काङ्ग्रेसको प्रजातान्त्रिक समाजवादी’ बीउकै कारण आज नेपाली जनताले दुःख पाएका हुन् ?
कोही भन्छन् – “नेपालका सत्तासीन दलहरूमा एउटा ठुलो असमझदारी पलायो” त्यो हो हो – पुँजीवादको विकास नभई समाजवाद आउँदैन, त्यसैले हाम्रा नेताहरू शासनमा गएर पहिले पुँजी जम्मा गर्ने अनि निर्वाचनमा खाममा हजार हजार रुपैयाँको रकम बाँड्थे अनि उनीहरूले ठेकेदार, वन तस्कर, भन्सार, मालअड्डा कार्यालय, एयरपोर्ट भन्सार आदि ठाउँमा आफ्ना मानिस पु¥याउने र नेतृत्व तहमै यसबारे नीति तयार गरेका हुन् ।
अर्को व्याख्या हो – एमाले र प्रचण्ड पार्टी वा अन्य शासक दलहरूमा नयाँ पक्षका नेताहरूले देश र विदेशका दुईथरी तलब खान्छन् । तिनीहरू विदेशमै पढेर हुर्के, विदेशकै तलब खान्छन् । अब हाम्रो परराष्ट्र नीति, अर्थनीति र घरेलु नीति पनि विदेशकै भनाइमा चल्छ । यसले नेपाली बुद्धिजीवी र कूटनीतिका विश्लेषकहरूलाई सजिलो बनाइदिएको छ । हामी नेपाली जनता यो विश्लेषणलाई तुहाउन सबै एक होऔँ । यस्तो परिस्थिति भएमा हाम्रो देश हाम्रो हुनेछैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *