नयाँ पुस्ताको आन्दोलनलाई विचारले नेतृत्व गर्छ !
- कार्तिक १८, २०८२

लुम्बिनी प्रदेशका बुटवलका चिरपरिचित मदनलाल पौड्याललाई गोविन्द वियोगीका ‘मातृभूमि साप्ताहिक’ का पत्रकार, नेकपा संस्थापक पुष्पलालका कार्यकर्ताको रूपमा चिन्न सकिन्छ । उनका २०७८ सालमा प्रकाशित ‘मृत्युले मुसारेको मानिस’ उनको ‘आत्मकथा’ हो । यसलाई कसैले ‘आफ्नो जीवनका हन्डरहरू’ शीर्षक दिएमा फरक नपर्ला । ‘आत्मवृत्तान्त’ पनि ठिक्कै हो । स–साना अक्षरका २९६ पृष्ठका पुस्तक अलि ठुला अक्षर भएका भए ४०० पृष्ठको हुन्थ्यो र पढ्न सजिलो हुन्थ्यो ।
भूमिकाको एक ठाउँमा जङ्गबहादुर शाहको ‘कलम जोताइ’ लेखाइ र आफ्नैपनको छ । अनेक अध्याय, परिच्छेद र खण्डजस्ता सूची नराखी सिधै ‘आफ्नै कुरा’ बाट सुरु गरेको ‘आत्मवृत्तान्त’ पनि नौलो खालकै पुस्तक हो । विभिन्न ठाउँ र काम सिक्दै पुष्पलालसँगको सङ्गतले एउटा निश्चित दिशा पाएका पौड्यालजी आजसम्म पनि आफ्नै सोझो बाटोमा छन् । नागबेली बाटाहरूमा साथीहरू पनि भड्के–बिग्रे पनि उनको उद्देश्य र गन्तव्य एउटै रह्यो । नेपालमात्र होइन भारत र विभिन्न देशमा भएका भ्रमणहरूको बयानलाई ‘भ्रमण साहित्य’ मा राख्न मनासिब होला ¤ तर, त्यसमा पनि दुई चारओटा नक्सा र छापाहरू भएको भए ‘सुनमा सुगन्ध’ हुने थियो ।
यात्राका सौखिन वा सानोदेखिको चञ्चल स्वभावले पौड्याललाई नेपाल, भारत र देश विदेशका अनेक पत्रकार, शिक्षक, राजनीतिक नेता र कार्यकर्ता, सम्पादक र विद्वान आदि प्रकारका व्यक्तिहरूसँग भेट, चरित्र र कुराकानीलाई सम्झँदा रेलका यात्राहरूको अनुभव जस्तो छ । उल्लेख र परिचय गराइका नामहरू मात्रै सङ्कलन गर्दा पनि धेरै पृष्ठ हुने थियो । यसबाट पौड्यालजीको स्मरण शक्तिले काम गर्दै रहेको एक सुन्दर पक्ष हो ।
मदनजीले समाज र समस्याहरूसँग जुझेजस्तै आफ्ना शरीरका रोगहरूसँग सङ्घर्ष गर्नु पनि साहसकै विषय हो । आफ्नै देशका डाक्टरहरूकै मेहनत र सक्रियताले बढ्दो उमेरमा पनि विविध रोगहरूबाट सङ्घर्ष गर्नु पनि पढ्नलायक अध्याय हो – झन्डै पुस्तकको २७ पृष्ठ ।
पुस्तकको बिचमा पुग्दा पौड्यालजी एक परिश्रमी पत्रकारको रूपमा देखिनु पुस्तकको एक सुन्दर पाटो हो । पत्रकार हो वा गुप्ती प्रहरी हुन् छुट्याउन गा¥हो, पत्रकारको नाममा ठग र गुण्डाहरू पनि सज्जन, इमानदार र आ–आफ्नै उद्देश्यको निम्ति सङ्घर्षरत व्यक्तिहरूको नाम र कामले नेपालका पञ्चायतकालीन सबै पत्रकारहरूसँग भेटघाट र परिचय हुन्छ । ‘….काण्डको त्यो रिपोर्टिङ’, ‘सुस्ता गोली काण्ड’, ‘बमकाण्डको वात’ आदिले लेखकलाई देशभक्त पत्रकारको ठाउँ दिन्छ भने त्यसको रिपोर्टिङको पछाडि परेको साधनको कारण उल्टापुल्टा भएको बयान पनि रमाइलो मात्र होइन पत्रकारिता कसरी अगाडि बढेको छ भनी नयाँ पुस्तालाई बताउँदा साधारण कठिनाइबाट प्रवृत्तिमा ‘ब्रेक’ लाग्नेछ भने अनुमान गर्न सजिलो छ ।
समाचार टिपाउँदाको स्थितिले पाठकहरूलाई विष्मयमा पु¥याउँछन् लेखकले – “सरुवा भयो भन्दा उता स्वर्गारोहण’ टिपिदिन्थे । रमेशनाथ पाण्डेको ‘नयाँ सन्देश’ उनको झूटबारे लेखकले प्रस्टै उदाङ्ग्याउनु पाठकहरूलाई सचेत पार्नु हो ।
‘मातृभूमि’ को ‘गोविन्द वियोगी’ को काम गर्ने शैलीको उल्लेख छ पुस्तकमा – ‘आफूले फाइनल नहेरी पत्रिका पास गर्दैनथे । प्रुफ रिडिङमा हैरान भएपछि खेमराज केशवले बनारसी व्याकरणविद् शरद्चन्द्र वस्तीलाई खोजेर ल्याइदिएका थिए ।’ ‘… भाषिक मामिलामा अति शुद्धतावादी थिए ‘गोविन्द वियोगी’ । हुन त तत्कालीन पत्रिकाहरूमा सबभन्दा शुद्ध लेख्ने र प्रुफमा गल्ती नछाप्ने पत्रिकामध्ये ‘मातृभूमि’ नै थियो ।
विराटनगरका डम्बरबहादुर थापा पनि ‘मातृभूमि’ का राम्रा संवाददातामा गनिन्थे । गोपालदास श्रेष्ठ (कमनर), मणिराज उपाध्याय (समाज), मदनमणि दीक्षित (समीक्षा) त्यसबेलाका राम्रा सम्पादक मान्थे पौड्यालजी ।
मदनजीको अनुभवमा राजनैतिक र सैद्धान्तिक बेइमानीमा माले (एमाले) र ‘मशाले’ बहुदलको विरोधको नाममा बहिष्कार गर्दै ‘कम्युनिस्टहरू’ कै विरोध गर्दै पञ्चायतलाई समर्थन गर्थे । तिनीहरूको कार्यशैलीमा आज पनि परिवर्तन आएको छैन ।
लेखक मदनलाल पौड्याल र प्रकाशक विवेक सिर्जनशील प्रकाशन प्रा.लि. लाई साधुवाद ¤
Leave a Reply