भर्खरै :

बजेट के हो र के होइन ?

बजेट के हो र के होइन ?

मानिसहरूले भन्दै आएका छन् – बजेट हरेक सालको देशको आम्दानी र खर्चको सूची हो ।
कसैले भने – बजेट देशको वर्षको आय–व्यय, ऋण, ब्याज र पुराना आयोजनाहरू बारेको फेहरिस्त हो ।
कसैले भने – बजेट हरेक सरकारको अर्थतन्त्रको मुहार हो । अरूले थपे – सरकारको अर्थतन्त्रको जानकारी नाप्ने ब्यारोमिटर हो आदि ।
अर्थशास्त्रकै एक विद्यार्थीले मुट्ठी कसेर भने – देशको बजेट पुँजीपतिवर्गलाई धनी बनाउन कर छल्ने र गरिबहरूलाई थप कर भार बनाउने योजना मात्रै हो, जसले धनीहरू झन्झन् धनी हुनेछन् र गरिबहरू झन्झन् गरिब ¤ ‘समाजवाद’ र ‘कम्युनिस्ट’ नामका संसदीय दलहरूलाई पुँजीवादको सुनपानी छरीछरी पत्रु बनाउने जालसाजी हो ।
ह्ह्ह्
यसपालिको ‘चोखो’ ‘जेनजी’ र ‘भ्रष्टाचारमुक्त’ बनाउने धाक र धक्कु लगाउने सरकारको अर्थतन्त्रको बजेटको उद्देश्य हो – ‘आफ्नै स्कूललाई वाग्लेको १५ करोड कृपा, छात्रवृत्तिमा छुट्टै ६ करोड औचित्यमाथि प्रश्न ¤’ (नेपाल समाचारपत्र, ३१ जेठ २०८३)
हुटिट्याउँको खुट्टैदेखि चाल पाइन्छ भनेको यही हो । देशका अरू सबै पुँजीवादी राजनीतिक नेताहरू र अर्थशास्त्रीहरूलाई चानचुन सम्झने अर्थमन्त्रीको दृष्टिबिन्दु भने ‘आफ्नै स्कूललाई…. १५ करोड अनुदान’ र ‘६ करोड छात्रवृत्ति अनुदान’ पहिलेदेखि दिई आएको अनुदानबाहेक !
के यस्तो एक उदाहरणले राज्यको अर्थतन्त्रको ज्ञान र आर्थिक स्तरको उचाइ नाप्न सकिन्न ? हो, एउटा गाविसका अध्यक्षले आफ्नै गाउँ विद्यालयको भौतिक उन्नति र शैक्षिक स्तर उठाउने कार्य निश्चय पनि प्रशंसाको विषय हो । तर, देशको अर्थमन्त्रीको वैचारिक घेराको उचाइ आफ्नै विद्यालयको मात्र हुनु अत्यन्त लाज र मूर्खताको नापो हो ।
राष्ट्रिय घेरा र उचाइ छोडेर हेरौँ – ‘प्रदेशहरूमा सांसदले रोजेका योजना बाँड्दै बजेट’ (कान्तिपुर, ३१ जेठ २०८३) ।
हो, पुँजीवादी देशहरूको बजेट निर्वाचनको बेला सांसदहरूले आ–आफ्नो क्षेत्रमा मत प्राप्त गर्न गाउँ र सहरका मतदाताहरूलाई दिएको वचन हो । साथै अमेरिकी राष्ट्रपतिको निर्वाचनमा बाचा–बन्धन र त्यसबेला ‘काङ्ग्रेस र संसद्’ मा ‘गम्भीर छलफल !’ हुन्थे । त्यहाँ सरकारी दलका सांसदहरूले प्रतिपक्षका सांसदहरूलाई पछाडिबाट खामको पैसा बाँडेर निर्णय गर्छन् – सरकारको पक्षमा !
xxx
रुसको सोभियत कालमा उद्योग, कृषि, प्रविधि, रक्षा र जनजीवनलाई प्राथमिकता दिइन्थ्यो र चीनमा अहिले पनि उद्योग अन्तर्राष्ट्रिय व्यापार नयाँ–नयाँ स्वचालित प्रविधि, कृषि, सौर्य ऊर्जा, विद्युत् र वातावरणसँग सम्बन्धित विषय एवं रक्षा क्षेत्रमा ध्यान दिइएको देखिन्छ ।
प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको बजेट नै नयाँ वर्षको सन्देश नै हो – अर्थात् देशको इस्पात उत्पादन, यातायात, कृषि, शिक्षा, विज्ञान र प्रविधि, जनताको नयाँ आवास निर्माण, जनताको जीवनस्तरबारेमा प्राथमिकता दिएको देखिन्छ ।
त्यस्तै भियतनाम, क्युवा आदि नेपालजस्तै जनसङ्ख्या र क्षेत्रफलको हिसाबले नेपालसँग तुलना गर्न सक्ने देशहरूको अध्ययन अत्यन्त लाभदायक हुन्छ । तर, नेपालका वर्तमान अर्थमन्त्री ती देशको नाम लिनासाथ मुर्छा पर्ने खालको बताउँछन् – जानकारहरू !
नेपालको वर्तमान सरकार आएपछि भएको अर्थतन्त्रले ल्याउने सकारात्मक अङ्क त सरकारी र राष्ट्रिय सम्पत्तिमाथि गरेका आगजनी र विध्वंसले थप १ खर्ब डलर ऋण थपिने पक्का छ । नेपाली जनता खुसी नभए पनि ‘विश्व बैङ्क’, ‘अन्तर्राष्ट्रिय मुद्राकोष’ र ‘एसियाली विकास बैङ्क’ लाई खुसीको खबर होला ¤ नयाँ सरकारको शिक्षाको उपलब्धि भनेको ‘एसईईको नतिजामा ७० ल्याउनेलाई ७ अङ्क’ बाटै थाहा भयो (कान्तिपुर, ३० जेठ २०८३) । अर्थतन्त्रको राम्रो खबर – ‘एक खर्ब बढीको वित्तीय अपराध’ ‘भट्ट र ठुला व्यापारिक घराना जोडिएको वित्तीय क्षेत्रलाई तरङ्गित’ बनायो (नागरिक, शनिबार, ३०–३१ जेठ २०८३) ।
शान्ति सुरक्षाको स्थिति यस्तो छ – नयाँ सरकारको ‘आफन्तबाट असुरक्षित’ पछिल्ला आर्थिक वर्षमा ३,५०२ व्यक्तिको हत्या हुँदा १,३४४ परिवारभित्रकै सदस्यबाट’ (नयाँ पत्रिका, २०८३) यसबारे सरकारको जनतालाई आश्वस्त पार्ने नीति छ ? सरकार मौन छ !

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *