भर्खरै :

भारतको शासकवर्गको आँखामा नेपाल !

भारतको शासकवर्गको आँखामा नेपाल !

नेपाल–भारत सम्बन्धलाई २१ औं शताब्दी अनुकूल बनाउन दुई वर्ष लगाएर २०७५ सालमा तयार पारिएको प्रतिवेदनलाई भारतले बुझ्न नमान्दा त्यो दस्ताबेज कार्यान्वयन अन्योलमै छ । त्यस दस्ताबेजलाई नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को भनियो र त्यसलाई परराष्ट्र मन्त्रालयमा राखियो । प्रबुद्धवर्ग नेपालतर्फका संयोजक डाक्टर भेषबहादुर थापाले प्रतिवेदन राखेको दराजको साँचो परराष्ट्र सचिव अमृतबहादुर राईमार्फत वर्तमान परराष्ट्रमन्त्री शिशिर खनाललाई बुझाएका थिए ।
त्यस प्रतिवेदनमा सन् १९५० को शान्ति तथा मैत्री सन्धि, खुला सीमा, व्यापार असन्तुलन, जलस्रोत, सुरक्षा सहयोग तथा सीमा विवाद जस्ता विषयहरूमा दुवै देशका दृष्टिकोण फरक हुँदै आएको प्रस्ट छ ।
त्यस समितिमा नेपालको तर्फबाट डाक्टर भेषबहादुर थापाको संयोजकत्वमा निलाम्बर आचार्य, राजन भट्टराई, सूर्यनाथ उपाध्याय थिए भने भारतको तर्फबाट त्यस समितिमा भगत सिंह कोठरियाको संयोजकत्वमा जयन्त प्रसाद, महेन्द्र पी. लामा, बीसी उप्रेतीसमेत थिए ।
नेपाल–भारत प्रभुत्व व्यक्ति समूह (ईपीजी)को सबैभन्दा महत्वपूर्ण काममध्ये १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिको पुनरावलोकन गर्नु एक हो । १९५० को सन्धि नेपालका तत्कालीन प्रधानमन्त्री मोहन शमशेर र भारतीय राजदूत चन्द्रेस्वर नारायण सिंहबिच हस्ताक्षर भएको थियो ।
दुवै देशबिच खुला सीमा, स्वतन्त्र आवतजावत, व्यापारिक सुविधा तथा सुरक्षा सहयोगलाई संस्थागत गरिएको थियो । नेपाल लामो समयदेखि यो सन्धिलाई असमान सन्धि भन्ने राजनीतिक क्षेत्रमा व्यापक चर्चा रहँदै आएको छ ।
२३ जेठ २०८३ को ‘अन्नपूर्ण’ पोस्टले लेख्यो, ‘खुला ईपीजीको चावी’ शीर्षकमा वर्तमान परराष्ट्रमन्त्री भारत जाँदै गर्दाको प्रतिवेदन बुझाउनु स्वयं एक अर्थपूर्ण विषय हो । नेपाली जनताले थप चिन्तन गर्नुपर्ने स्थिति छ । भनिन्छ, ‘आफ्नो हात जगन्नाथ !’
नेपाली जातिको थप बेइज्जती
नेपालमा बेलायती साम्राज्यवादको आक्रमण हुँदा तिनीहरू नेपालीहरूको देशप्रतिको बफादारिता वा देशभक्ति देखेर ठुलो ‘च्यालेन्ज’ वा ‘हस्ती’ मान्थे । लडाईंकै सिलसिलामा तिनीहरूले ठुलाबडा नेपालीहरूलाई ‘पद’ र ‘पैसा’ ‘घूस’ दिएर नेपालमाथि एकपछि अर्को विजय गर्दै गए । हुँदा हुँदा दुई जना गजराज मिश्र र चन्द्रशेखर उपाध्याय नेपाली कूटनीतिक व्यक्तिहरूको विश्वासघातले सुगौली सन्धिमा नेपालमाथि ठुलो घात भयो । त्यसैकारण, ‘बेलायती कैंची’ भनी बेलायतीहरूले ‘जाली’ शब्द प्रयोग भएको देखिन्छ ।
हालै संरा अमेरिकाको ओहायो राज्यमा न्यून आय भएकाहरूका लागि सरकारी स्वास्थ्य बीमा कार्यक्रममा एक भुटानी नेपाली भाषीले गरेको ‘ठुलो ठगी’ बारे अमेरिकी संसद्मा सुनुवाइ र अनुसन्धान अघि बढाएको बताइएको छ । उक्त प्रकरणका मुख्य आरोपीहरूमा डिल्ली अधिकारी र रोशन अधिकारीको नाम आएको छ (अन्नपूर्ण पोस्ट–२३ जेठ २०८३)
‘अमेरिकामा ठगी, नेपालमा शक्तिकेन्द्रसँग लबिइङ’ शीर्षकमा नेपालका पूर्वप्रधानमन्त्रीहरूसँगको तस्बिरसमेत प्रस्ट हुँदै छ (अन्नपूर्ण पोस्ट– २४ जेठ, २०८३)
नेपाली प्राविधिकहरूको बुद्धि पलायो ?
२३ र २४ जेठ २०८३ को ‘नागरिक’ ले लेख्यो, ‘कर्णालीको भविष्य बदल्ने चिसापानी–बबई सुरुङ मार्ग अध्ययन हुने’ शीर्षकले आलोचनात्मक दृष्टिकोण भएका पाठकहरू आश्चर्यमा परेका छन् । २०४८ सालकै संसदीय निर्वाचनमा जिल्ला जिल्लाको निर्वाचन जनसभाहरूमा ‘रज्जुमार्ग’ र ‘सुरुङ मार्ग’ को ठुलो चर्चा चलाएको थियो । तर, त्यसबेला शासक दल र प्रतिपक्ष दलहरूले बुझेर वा नबुझेर मौन बसेका थिए । तर, केही वर्षमै सयौँ मानिस हजारौँ हजारौँ ट्याक्टर, जीप, अन्य धेरै प्रकारका वाहनहरू खसेर जनधनको क्षति भएपछि मात्रै सिंहदरबारको आँखा र बुद्धि खुलेकोमा आश्चर्य मान्नु स्वाभाविक हो ।
‘उहिले बन्दुक बोकेका भण्डारा अहिले माछा बेच्छन्’, भन्छन् जति राजनीतिक क्रान्तिका कुरा गरे पनि हरेक परिवारको आर्थिक उन्नति नभएसम्म देश समृद्ध हुन नसक्ने रहेछ । त्यसैले, मैले जीवनस्तर उठाउन व्यापार रोजेँ, आर्थिक क्रान्तिको बाटो रोजेँ । जुम्लाको यो समाचार ‘तत्कालीन जनमुक्ति सेनाका कमान्डर वीरेन्द्रबहादुर भण्डारा – माछा बेच्दै ।’ (नागरिक, शनिबार, २३ जेठ, २०८३) दोष कार्यकर्ताको होइन – नेताहरूको व्यावहारिक ज्ञानको अभाव हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *