“टेबुलटेनिस खेलले मस्तिष्कको स्नायु क्षय हुन नदिने र मस्तिष्कलाई स्वस्थ राख्ने काम गर्छ”
- असार ३०, २०८३
भक्तपुर, २८ चैत । भक्तपुर जिल्ला फुटबल संघको पाँचौ जिल्ला अधिबेशन सल्लाहकार एवं मुख्य निर्वाचन अधिकृत उकेश कवाँको प्रमुख आतिथ्यतामा एक समारोह बीच मंगलबार सम्पन्न भयो ।
प्रमुुख अतिथि उकेश कवाँले भक्तपुरलाई राज्य र अखिल नेपाल फुटबल संघले पक्षपाट गरेकै कारण भक्तपुरका खेलाडीहरुले आफ्नै खुट्टामा उभिएर खेलकुदको विकास गर्नु परेको बताउनु भयो । उहाँ भक्तपुर नगरपालिकाले खेलकुदको भौतिक पूर्वाधार विकासमा भएका ठाँउहरु जिल्ला खेलकुद विकास समिति र निजि क्याम्पसको नाममा भएकोले भौतिक पूर्वाधार निर्माणमा समस्या देखिएकोले सम्बन्धि नामवालाहरु नगरपालिकालाई हस्तातरण गर्नु पर्ने बताउनु भयो । उहाँ भक्तपुर नगरपालिकाले खेलकुद विकासको लागि तीन करोड बजेतमा दूई करोड पूर्वाधार निर्माणमा छुट्याएको बताउँदै उक्त रकम खर्चमा समस्या देखिएको बताउनुभयो ।
कार्यक्रममा अखिल नेपाल फुटबल संघका प्रतिनिध सह महासचिव संजिब मिश्रले भक्तपुरको महेश्वरी खेल मैदान स्तरन्नोत्ति गर्न सोको प्रस्ताव फिफामा पठाएकोले उक्त खेल मैदान सुधार र स्तरोन्नत्तीमा सहयोग गर्ने र निर्वाचन सम्पन्नसंगै भक्तपुर फुटबल संघको विवाद समाप्त भएकोले फुटबल विकासमा बाधा अड्चन अब नहुने बताउनु भयो ।
कार्यक्रममा संघका अध्यक्ष गौतम सुजखुको सभापतित्वमा सम्पन्न भएको थियो भने संचालन उपाध्यक्ष रामकृष्ण प्रजापति, स्वागत रबिन्द्र कुमार थापा, प्रगति प्रतिवेदन योगेन्द्र खर्बुजा, आर्थिक प्रतिवेदन संचज्ञान याकामीले गर्नु भएको थियो भने बन्द सत्रबाट गौतम सुजखुको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको थियो । त्यसमा प्रथम उपाध्यक्ष रामकृष्ण प्रजापति, उपाध्यक्ष रबिन्द्र कुमार थापा, सदस्यहरुमा योगेन्द्र खर्बुजा, संचज्ञान याकामी, तीर्थ राजचल, गोबिन्द कार्की, हरिराम मुस्याख्व र इन्द्र प्रसाद राजलवट रहेका छन् ।
कार्यक्रममा नव निर्वाचितहरुलाई अखिल नेपाल फुटबल संघका सह महासचिव संजिव मिश्रले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो भने भक्तपुर जिल्ला भलिबल संघका अध्यक्ष एवं निर्वाचन समितिका विनोद चरण रायले बधाई मन्तब्य राख्नु भएको थियो ।
Leave a Reply