भर्खरै :

‘सार्वजनिक सम्पत्ति जलाएर देशको हित हुँदैन’

‘सार्वजनिक सम्पत्ति जलाएर देशको हित हुँदैन’

दैलेख, २५ असोज । नेपाल मजदुर किसान पार्टी दैलेख जिल्ला समितिको आयोजनामा शनिबार राकम कर्णालीमा जिल्लास्तरीय कार्यकर्ता भेला भयो ।
भेलामा पार्टीका सचिव प्रेम सुवालले नेपाल मजदुर किसान पार्टीले देश र जनताको निःस्वार्थ रूपमा सेवा गर्नु नै राजनीति हुने विषय उठाउँदै आएको बताउनुभयो ।
सरकारमा गएका पार्टीहरूले नेमकिपाले दिएको सुझावलाई बेवास्ता गरेको हुँदा देशमा सङ्कट थपिँदै आएको सचिव सुवालले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “नेमकिपाले स्थापनाकालदेखि नै अराजकतावादको विरोध गर्दै व्यापक जनतालाई राजनीतिक रूपले शिक्षित र सचेत गर्ने गा¥हो काममा जोड दिइरहेको छ । शासक दलहरूले विदेशी पुँजीको सेवा गरेको हुँदा देशको अर्थतन्त्र कमजोर हुँदै आएको हो ।”
शासक दलका नेताहरूले सिद्धान्त र नैतिकताभन्दा पनि पैसा र पदको लोभ देखाएर पार्टी सङ्गठन गरेको हुँदा तिनका कार्यकर्ताहरूसमेत भ्रष्टाचार र कमिसनमा लागेको सचिव सुवालले स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “देश र जनताको निःस्वार्थ रूपमा सेवा गर्ने नेमकिपाको सिद्धान्त छोडेर पद र पैसाको लोभमा शासक दलहरूमा लागेकाहरू एक प्रकारका विश्वासघाती नै हुन् । नेमकिपाभित्र प्रतिक्रियावादीहरू घुस्नेतर्फ सबै कार्यकर्ताहरू सचेत हुनु जरूरी छ ।”
सचिव सुवालले थप्नुभयो, “भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गर्नु जरूरी छ । सार्वजनिक भवनमा आगलागी गरेर देशको हित हुँदैन । विदेशी शत्रुहरूले देशलाई बरोबर ध्वंस गर्नेतर्फ नेपाली जनता सचेत हुनु जरूरी छ ।”
पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले नेमकिपाको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद, लेनिनवाद र माओविचारधारा भएको स्पष्ट पार्दै कामदार जनताको हित हुने समाजवादी व्यवस्था स्थापनाको लागि नेमकिपा सङ्घर्षरत छ भन्नुभयो ।
पार्टीका वैकल्पिक केन्द्रीय सदस्य प्रकाश गुरूङले शिक्षा स्वास्थ्य निःशुल्क, शिक्षालाई उत्पादन श्रमसँग जोडिएको वैज्ञानिक शिक्षाको लागि नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ सङ्घर्षरत रहेको हुँदा पार्टी कार्यकर्ताहरूले आफ्ना छोराछोरीलाई नेक्राविसङ्घमा आबद्ध हुनको लागि प्रोत्साहन गर्नु जरूरी छ भन्नुभयो ।
कार्यक्रममा नेमकिपा दैलेख जिल्ला समितिका अध्यक्ष जगत ओलीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *