अमेरिकाको छद्म सैन्य बजेट
- असार १२, २०८३
बोलिभियामा छापामार अभियानको क्रममा चे ग्वेभाराले लेखेको डायरी ८ अक्टोबर, १९६७ मा उनी गिरफ्तार भएपछि जफत गरियो । पत्रकारहरू त्यसका पूरै पानाहरूको फोटो लिन सफल भए तथा त्यसका प्रतिलिपिहरू पेन्टागन र सीआईएलाई उपलब्ध गराइयो । बोलिभियाली सरकारले प्रकाशन अधिकार बेच्ने प्रयास गरे, त्यसलाई युद्धको पदक भनी दाबी गर्दै ३ लाख डलरमा बेच्ने प्रयास गरे । बोलिभियाका गृहमन्त्री आन्टोनियो अग्र्यदास (Autoni Arguedas) मार्फत यी डायरीका फोटोकपीहरू प्राप्त गरेपछि ती योजनाहरू सबै तुहिए । यी सबैमा उनको भूमिकाप्रति सबैले थाहा पाएपछि अग्र्युदास देश छोड्न बाध्य भए ।
त्यसलाई प्रकाशन गर्नुपूर्व क्युवाली सरकारले डायरीको विश्वसनीयता पुष्टि गर्न त्यसको पाण्डुलिपिको धेरै परीक्षण गरियो । शत्रु सेनाको विद्युतीय धरापबाट बच्न सफल हुँदै एन्डिज पर्वत श्रृङ्खलाबाट चिलीसम्म हिँडेर पुगेको सो अभियानमा बाँच्न सफल ३ जना क्युवालीहरूको सहयोगमा यो प्रक्रिया अगाडि बढ्यो । १ जुलाई १९६८ मा डायरी प्रकाशित गरियो तथा क्युवाको जनतालाई निःशुल्क बाँडियो । त्यसको अनुवाद र विभिन्न देशहरूमा प्रकाशन गर्ने व्यवस्था पनि मिलाइयो । अङ्ग्रेजी संस्करण रम्पार्ट (Rampart) पत्रिकाको विशेष प्रकाशनमा २ लाख प्रतिभन्दा बढी प्रकाशित गरियो ।
सो डायरी असली होइन भन्ने दाबी गर्दै बोलिभियाली राष्ट्रपति व्यारिबान्टोस्
(Barriontos) ले ‘झूटो’ दाबी गरे । यदि बोलिभियाली सरकारले अनुमति दिन्छ भने क्युवा अन्तर्राष्ट्रिय प्रेसलाई सो माइक्रोफिल्मको प्रति उपलब्ध गराउने तथा मुख्य डायरीसँग मिलाई हेर्न सकिने प्रतिउत्तर क्यास्ट्रोले दिए । डायरीको १९६८ को प्रकाशनमा फिडेल क्यास्ट्रोको सम्बोधन तल उल्लेख छ – क्युवाली क्रान्तिकारी युद्ध चलिरहेको बेला एक छापामारको रूपमा आफ्नो दैनिक क्रियाकलाप र अवलोकनहरूलाई एउटा व्यक्तिगत डायरीमा लेख्नु चेको बानी थियो । असमतल र कठिन भू–भागहरूमा ओसिलो जङ्गलमा लामो यात्रा गर्दा आफ्नो ग¥हौँ हतियारको भार आदिको कारण थाकेका छापामारहरू केही क्षण आराम गर्न रोकिँदा तथा छापामारहरूलाई यात्रा रोक्ने र शिविर स्थापना गर्ने आदेश प्राप्त हुँदा चे (क्युवालीहरूले स्नेहले बोलाउने नाम) आफ्नो सानो पुस्तिका निकाल्यै र एक चिकित्सकको सानो र अस्पष्ट लेखाइसँगै आफ्ना अनुभवहरू लेख्थे ।
डायरीमा आफूले लेखेका ती अनुभवहरूलाई पछि गएर उनले क्रान्तिकारी शैक्षिक र मानवीय भावनाले भरिएको क्युवाली क्रान्तिकारी युद्धका अपूर्व ऐतिहासिक वृत्तान्तहरू लेखनमा प्रयोग गरे ।
हरेक दिनका महत्वपूर्ण घटनाहरू लेख्ने उनको सदाको बानीको कारण हामीसँग बोलिभियामा चेको जीवनको अन्तिम महिनाको बारेमा सही, अमूल्य र विस्तृत विवरण छ ।
प्रकाशनको उद्देश्यले नलेखिएका ती वृत्तान्तहरूले घटना परिस्थिति र जनताको मूल्याङ्कनमा एक ज्यावलको रूपमा काम गरे । उनको संवेदनशीलताले भरिएको अवलोकनात्मक र विश्लेषक भावनाको अभिव्यक्तिको रूपमा पनि ती वृत्तान्तहरूले काम गरे । शालीनतापूर्वक ती वृत्तान्तहरू लेखिएका थिए ।

स्पेनियाली भाषामा पहिलोपटक प्रकाशित “बोलिभियाको डायरी” पुस्तक
वीरतापूर्ण र सर्वोच्च मानवीय शारीरिक प्रयासको माझमा आउने विकासका थोरै क्षणहरूमा ती वृत्तान्तहरू लेखिएका कुरा ध्यानमा राख्नुपर्दछ । अविश्वसनीय, कठोर भौतिक परिस्थितिमा सुरु भएको यस्तो प्रवृत्तिको सङ्घर्षको कठीन पहिलो चरणमा एक छापामार नेताको रूपमा रहेको कर्तव्य पनि सम्झनुपर्दछ । यसले उनको काम गर्ने शैली, उनको इच्छा शक्तिलाई देखाउँछ ।
हरेक दिनका घटनाहरूको विस्तृत विश्लेषण गर्ने क्रममा डायरीमा क्रान्तिकारी छापामार सङ्घर्षको विकासमा आउने कठिनाइ आलोचनात्मक मूल्याङ्कन र आरोप–प्रत्यारोपहरूको उल्लेख हुन्थ्यो ।
छापामार युद्धमा यस्ता मूल्याङ्कनहरू सदा गरिरहनुपर्दछ । एउटा सानो छापामार समूहले कठोर भौतिक परिस्थितिमा धेरै सङ्ख्यामा रहेका सैनिकहरूको सामना गर्नुपर्ने चरणमा सानो अपेक्षा वा सानोतिनो गल्तीसमेत घातक हुनसक्ने अवस्थामा विशेषगरी यो कुरा सत्य साबित हुन्छ । नेता अरुबाट कडा परिश्रमको अपेक्षा गर्ने व्यक्ति हुनुपर्दछ र योद्धाहरू तथा नयाँ छापामार सेनाका भावी कार्यकर्ताहरूलाई शिक्षित बनाउन उसले जतिसुकै थोरै महत्वको नै भए पनि हरेक घटनाको मूल्याङ्कन गर्नुपर्दछ ।
एउटा छापामार सेनालाई प्रशिक्षण दिने प्रक्रिया हरेक मानिसको चेतना र सम्मानको अपिल हो । क्रान्तिकारीहरूको संवेदनशील भावना कसरी छुने खालको हुन्छ भन्ने कुरा चेलाई राम्ररी थाहा थियो । चेद्वारा बारम्बार अस्वीकार गरिएका मार्कोस (Marcos) लाई छापामार एकाइबाट अपमानपूर्वक निकालिने चेतावनी दिइँदा उनले जवाफ दिए, “म गोली खाई मर्न चाहन्छु ।” पछि उनले वीरतापूर्वक आफ्नो ज्यान गुमाए । चेले विश्वास गरेका तथा सङ्घर्षको क्रममा एउटा वा अर्को कारणबाट अस्वीकार गरिएका सबै छापामारहरूमाझ यस्तै व्यवहार पाइन्थ्यो । उनी एक मानवीय र भ्रातृभावना राख्ने नेता थिए । तर, उनी अरुबाट कसरी कडा परिश्रम गराउन सकिन्छ भन्ने कुरा जान्थे तथा कहिलेकाहीँ उनी कठोर पनि हुन्थे । तर, यसभन्दा पनि बढी उनी आफैप्रति कठोर थिए । छापामारको नैतिक चेतना तथा आफ्नै उदाहरणमा उनले अनुशासनलाई आधार बनाए ।
डायरीमा रेजिस डेब्रे (Regis Debray) को धेरै ठाउँमा उल्लेख गरिएको छ । युरोपमा एउटा अभियान चलाउने जिम्मा दिइएका यी क्रान्तिकारी लेखकको गिरफ्तारी र जेल सजायप्रति चेको चिन्तालाई यसले झल्काउँछ । चे आफ्नो मनैदेखि डेब्रे छापामार एकाइमा रहोस् भन्ने चाहन्थे । तसर्थ, चेमा अलि धैर्यताको अभाव थियो र कहिलेकाहीँ उनको व्यवहारमा शङ्का उठाउँथ्यो ।
डेब्रे दमनकारी शक्तिहरूका हातमा परेर बाँचे वा आफूलाई कैद गर्ने र यातना दिनेहरूको सामु कडा र साहसी अडान लिए भन्ने कुरा चेले थाहा पाएनन् । तथापि उनले सो घटनाको ठुलो राजनैतिक महत्व बुझे तथा उनको मृत्युभन्दा ६ दिनपूर्व, अक्टोबर ३ को दिन कडा र तनावपूर्ण घटनाहरूको बिचमा उनले लेखे, “हामीले डेब्रेसँगको अन्तर्वार्ता सुन्यौँ । एक विद्यार्थी कार्यकर्तासँग सामना गर्दा धेरै साहसिक ।” ती लेखकको बारेमा उनले लेखेको अन्तिम टिप्पणी त्यही थियो ।
क्युवाली क्रान्ति तथा छापामार आन्दोलनसँग उसको सम्बन्धको विषयमा डायरीमा धेरै ठाउँमा उल्लेख छ । यसलाई प्रकाशन गर्न हाम्रो निर्णयलाई केहीले एउटा उत्तेजना फैलाउने काम, क्रान्तिका शत्रुहरू, अमेरिकी साम्राज्यवादी र तिनीहरूका मित्रहरू, ल्याटिन अमेरिकी शासक समूहले क्युवालाई नाकाबन्दी गर्ने, एक्लो पार्ने र आक्रमण गर्ने प्रयास दोब्बर पार्न प्रेरित गर्ने काम भनी अर्थ लगाएका छन् ।
यसरी विश्लेषण गर्नेहरूले एउटा कुरा के सम्झनुपर्दछ भने अमेरिकी साम्राज्यवादलाई विश्वमा कहीँ पनि आक्रमण गर्न कुनै निहुँको आवश्यकता छैन । अनि क्युवाली क्रान्तिलाई परास्त गर्ने उनीहरूको प्रयास क्युवाले आफ्नो पहिलो क्रान्तिकारी कानुन पारित गरेदेखि नै सुरु भएको थियो । साम्राज्यवाद विश्व प्रतिक्रियावादको प्रहरी, प्रतिक्रान्तिकारीको समर्थक तथा विश्वमा रहेका पछौटे र अमानवीय सामाजिक संरचनाहरूको रक्षक हो भन्ने तथ्य सबैलाई थाहा छ ।
क्रान्तिकारी आन्दोलनसँगको ऐक्यबद्धता अमेरिकी साम्राज्यवादले निहुँको रूपमा लिनसक्छ । तर, यो कहिल्यै वास्तविक कारण हुनसक्दैन । निहुँबाट बच्न ऐक्यबद्धतालाई अस्वीकार गर्नु हास्यास्पद र समस्याबाट भाग्ने नीति हो तथा आजको सामाजिक क्रान्तिहरूको अन्तर्राष्ट्रवादी चरित्रसँग यसको कुनै सरोकार छैन । क्रान्तिकारी आन्दोलनसँगको ऐक्यबद्धता त्याग्नु भनेको निहुँ पञ्छाउनुमात्र होइन । अमेरिकी साम्राज्यवादसँग ऐक्यबद्धता देखाउनु तथा विश्वलाई दास बनाउने र दबाउने नीतिप्रति ऐक्यबद्धता देखाउनु हो ।
क्युवा एउटा सानो देश हो, उपनिवेशवाद र साम्राज्यवादले शताब्दीयौँसम्म शोषण गरेका तथा दबाइएका देशहरूजस्तै आर्थिक रूपमा अल्पविकसित छ । यो देश संरा अमेरिकाको समुद्री तटबाट ९० माइलमात्र टाढा छ, त्यसको क्षेत्रमा एउटा अमेरिकी जलसैनिक शिविर (ग्वान्टानामो) छ तथा सामाजिक आर्थिक विकास प्राप्त गर्नमा धेरै कठिनाइहरूको सामना गर्नुपरेको छ । क्रान्तिको विजयसँगै ठुलठुला खतराहरूले हाम्रो देशलाई खतरा पु¥याएको छ । तर, साम्राज्यवादले हामीलाई यी कारणबाट झुकाउन सक्दैन । किनभने, निरन्तर क्रान्तिकारी विचारधारा अगाडि आउने कठिनाइले हाम्रो लागि महत्व राख्दैन ।
क्रान्तिकारी दृष्टिकोणअनुसार चेको बोलिभियाली दैनिकी प्रकाशन गर्नुभन्दा अर्को विकल्प छैन । सो डायरी बोलिभियाली राष्ट्रपति रेने व्यारिओन्टोस (Rene Barriontos) को हातमा पर्यो । उसले तुरुन्तै यसका प्रतिहरू सीआईए, पेन्टागन र संरा अमेरिकी सरकारलाई पठायो । सीआईएसँग सम्बन्धित पत्रकारहरूको बोलिभियाभित्र दस्ताबेजसम्म पहुँच थियो । त्यसका प्रतिलिपिहरू बनाइसकेपछि तिनीहरूले त्यसलाई प्रकाशन नगर्ने वाचा गरे ।
ब्यारिओन्टोस सरकार तथा उच्च तहका सैनिक अधिकारीहरूसँग सो डायरी प्रकाशन नगर्ने पर्याप्त कारणहरू छन् । यसले तिनीहरूको सेनाको असक्षमतालाई प्रस्तुत गर्दछ तथा केही हप्ताभित्रै लडाइँमा झण्डै २०० वटा हतियारहरू खोस्ने मुट्ठीभर दृढ छापामारहरूले दिएको अनियन्त्रित पराजयलाई सबैको सामु ल्याउँछ । यसबाहेक चेले ब्यारिओन्टोस र उसको सरकारलाई तिनीहरूको उचित शब्दहरूमा इतिहासबाट मेटाउन नसकिने शब्दहरूमा वर्णन गरेका छन् ।
साम्राज्यवादका पनि आफ्नै कारणहरू छन् । विश्वमा चे तथा उनले छाडेको असाधारण उदाहरणले शक्ति बढिरहेको छ । उनको विचार, छवि र नाम शोषित पीडित जनताले सहेका अन्यायविरुद्धको सङ्घर्षको झन्डा बनेको छ । विश्वभरका विद्यार्थी र बुद्धिजीवीहरूमाझ चेका गुणहरूबाट आफ्नो चासोलाई अझ बढाएको छ ।
संरा अमेरिकामा बढिरहेको हब्सी आन्दोलन र प्रगतिशील विद्यार्थीहरूको आन्दोलन दुवैले चेको व्यक्तित्वलाई आफ्नै बनाएका छन् । नागरिक अधिकार र भियतनाममा भएको आक्रमणविरुद्ध भएका प्रदर्शनहरूमा उनको छविलाई सङ्घर्षको प्रतीकको रूपमा प्रयोग गरियो । एउटा व्यक्तित्व, एउटा नाम, एउटा उदाहरण यति चाँडै विश्वव्यापी प्रतीक बनेको इतिहासमा थोरैमात्र भेटिन्छ । सायद योभन्दा पहिले यस्तो कुनै घटना घटेकै थिएन । चेले शुद्ध र निःस्वार्थ भावमा राखेको अन्तर्राष्ट्रवादी भावनाले आजको विश्वमा ठुलो प्रभाव पारेको छ र भोलिको विश्वमा झन् ठुलो प्रभाव पार्नेछ ।
हिजो उपनिवेशी व्यक्तिहरूद्वारा दबाइएको तथा आज अमेरिकी साम्राज्यवादबाट पक्षपात, अल्पविकास र पछौटेपनबाट पीडित एउटा महादेशमा उदाएको यो एक्लो व्यक्तित्व साम्राज्यवाद र उपनिवेशवादीहरूको केन्द्रमा पनि क्रान्तिकारी सङ्घर्षको विश्वव्यापी प्रतीक बनेको छ ।
यो उदाहरण तथा यसलाई फैलाउन मद्दत गर्ने हरेक कुराबाट अमेरिकी साम्राज्यवादीहरू डराउँछन् । त्यो डायरी एउटा असाधारण व्यक्तित्वको अभिव्यक्ति, दैनिक घटनाहरूको तनावको बिचमा छापामार युद्धको क्रममा लेखिएको पाठ, सम्पूर्ण जनतालाई आफ्नो दास बनाउनेहरू तथा तिनीहरूको भरौटे सेनाहरूको अगाडि ल्याटिन अमेरिकाका जनता शक्तिहीन छैनन् भन्ने कुराको प्रदर्शन हो । यही नै त्यसको निहित मूल्य हो तथा यसको कारण तिनीहरूले अहिलेसम्म डायरीलाई प्रकाशित गरेनन् ।

बोलिभियाली सेनाको नियन्त्रणमा फ्रान्सेली लेखक रेजिस डेब्रे
सो डायरीलाई अप्रकाशित रूपमा राख्न चाहनेहरूमध्ये झूटो क्रान्तिकारी, अवसरवादी र छद्मभेषीहरू पर्दछन् । ती व्यक्तित्व आफूलाई माक्र्सवादी कम्युनिस्ट र यस्तै अन्य संज्ञाहरू दिन्छन् । तिनीहरू चेलाई एक गलत अन्वेषक वा नरम शब्दमा भन्नुपर्दा एक आदर्शवादी जसको मृत्युले ल्याटिन अमेरिकाको क्रान्तिकारी सशस्त्र सङ्घर्षको इष्र्या जगाउने गीत भन्न हिच्किचाउँदैनन् । तिनीहरू भन्छन्, “यस्ता विचारका महान् व्यक्तित्व र एक अनुभवी छापामार योद्धा चे छापामार सङ्घर्षमा मारिए तथा बोलिभियालाई मुक्त गर्ने उनको अभियान असफल भयो । यसबाट उनी कति गलत थिए भन्ने देखाउँछ ।” चेको मृत्युबाट यस्ता धेरै व्यक्तिहरू खुसी भए तथा तिनीहरूको त्यस्तो धारणा समाजवाद र प्रतिगामीजस्तै भएको तथ्यप्रति लज्जित छैनन् ।
यसरी तिनीहरू आफूलाई उचित ठह¥याउँछन् । छापामार दलहरू नष्ट गर्ने, क्रान्तिकारी अभियानहरूमा रोक लगाउने तथा आफू कुनै पनि अरु विचारधारा बोक्न असक्षम भएको कारण आफ्नै लज्जास्पद र हास्यास्पद राजनीतिक योजनाहरू लाद्नेजस्ता गोप्य आशयसहित सशस्त्र सङ्घर्षसँग खेलवाड गर्ने विश्वासघाती नेताहरूलाई पनि तिनीहरू सही ठह¥याउँछन् । यसरी तिनीहरू सङ्घर्ष गर्न नचाहने, जनता तथा तिनीहरूका मुक्तिको लागि कहिल्यै सङ्घर्ष नगर्नेहरूलाई सही ठह¥याउँछन् । यसरी तिनीहरू कान्तिकारी विचारलाई नक्कल गर्दै जनताको लागि कुनै पनि सन्देश नदिई अफिमजस्तो बनाउनेहरूलाई, जनसङ्घर्षका सङ्गठनहरूलाई आन्तरिक र विदेशी शोषकहरूसँग मेलमिलाप गर्ने साधनमा परिणत गर्ने व्यक्तिहरूलाई, यस महादेशका शोषित जनताको वास्तविक हितसँग कुनै सरोकार नराख्ने नीतिहरूको वकालत गर्नेहरूलाई सही ठह¥याउँछन् ।
चेले आफ्नो मृत्युलाई एउटा स्वाभाविक प्रक्रियाको रूपमा लिए । आफ्नो अन्तिम लेखहरूमा उनले आफ्नो मृत्युले ल्याटिन अमेरिकामा क्रान्तिलाई नरोक्ने कुरामा जोड दिए । तीन महादेशीय सम्मेलन (Tri Continental) लाई पठाएको सन्देशमा पनि यही कुरामा जोड दिए, “हाम्रा हरेक गतिविधिहरू साम्राज्यवादविरुद्धको लडाइँको आह्वान हो । मृत्यु जहाँसुकै आए तापनि यदि हाम्रो सङ्घर्षको आवाज एउटा इच्छुक कानमा पर्छ भने तथा एउटा हात हाम्रो हतियार उठाउन अगाडि बढ्छ भने त्यो मृत्यु स्वागतयोग्य छ ।”
चेले आफूलाई क्रान्तिको एक सैनिकका रूपमा लिएर तथा आफू कति लामो समयसम्म बाँच्ने कुरालाई महत्व दिएनन् । बोलिभियामा उनको सङ्घर्षको परिणामलाई उनको विचारकहरूको असफलता ठान्नेहरू सरल रूपमा सबै महान् क्रान्तिकारी विचारकहरूको विचार र सङ्घर्षको उपयोगितालाई अस्वीकार गर्छन् । यसमा माक्र्सवादका संस्थापकहरू पनि पर्छन्, जो आफ्नो काम पूरा गर्न तथा आफ्नो प्रयासहरूको फल आफ्नो जीवनमा देख्न असफल भए ।
क्युवामा मार्टि (Marti) र मासिओ (Maceo) लडाइँमा मारिए । स्वाधीनता युद्ध अन्त्य गर्दै तथा तिनीहरूको सङ्घर्षका उद्देश्यहरूलाई निराश पार्दै अमेरिकी हस्तक्षेप जारी रह्यो । साम्राज्यवादको सेवा गर्ने जासुसहरूद्वारा समाजवादी क्रान्तिको वकालत गर्ने जुलियो एन्टोनियो मेल्ला (Julio Antonia Mella) मारिए । तर, यस्ता मृत्युहरूले १०० वर्ष अगाडि सुरु भएको प्रक्रियाको विजयलाई रोक्न सकेन । त्यस्ता प्रमुख व्यक्तित्वहरूको सङ्घर्षको सिद्धान्त तथा तिनीहरूको उद्देश्यहरूको औचित्यतामाथि कसैले प्रश्न उठाउन सक्दैन न त क्युवाली क्रान्तिकारीहरूलाई सदा प्रेरित गर्ने तिनीहरूको आधारभूत विचारहरूको सत्यतामाथि नै ।
स्रोत : चे, फिडेल क्यास्ट्रोको संस्मरण
Leave a Reply