चे, फिडेलको संस्मरणमा – १४
- कार्तिक ६, २०८२
भक्तपुर, ३१ असोज । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सहकारी सञ्चालकहरूले सहकारी सदस्य सङ्ख्या वृद्धि गर्नुभन्दा पनि सदस्यको हितलाई प्राथमिकता दिनुपर्ने धारणा राख्दै सहकारीहरूको मुख्य ध्यान नाफामा केन्द्रित हुँदा उत्पादनमूलक गतिविधिहरू कम हुँदै गएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले सहकारी संस्थाहरूसँग विभिन्न विषयमा सहकार्य गर्दै भक्तपुरलाई उदाहरणीय नगरको रूपमा विकास गर्न प्रयत्नरत रहेको बताउँदै उहाँले सहकारी संस्थाहरूलाई सैद्धान्तिक र वैचारिक रूपमा सशक्त बनाउनु जरुरी छ भन्नुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “चीनको प्रत्येक सहकारी सदस्यमा चीनको राष्ट्रिय एकताको भावना जागृत रहेको पाइन्छ, सहकारी संस्था आर्थिक पक्षमा बढी केन्द्रित रहने हुँदा संस्थाको आर्थिक पारदर्शिता कार्यक्रम राख्नेमा पदाधिकारीले विशेष ध्यान दिनु जरुरी छ ।”
समाजवादी व्यवस्था निःस्वार्थ रूपले जनताको सेवासँग सम्बन्धित रहेको र पुँजीवादी व्यवस्था नाफालाई जोड दिने व्यवस्था भएको हुँदा नेपालमा समाजवादी व्यवस्था स्थापनाले मात्र गरिब जनताको हक हित सुरक्षित हुने विचार राख्नुभयो ।
प्रमुख प्रजापतिले विदेशी संस्थाबाट सञ्चालित एनजीओ आईएनजीओहरूले नेपाललाई आर्थिक परनिर्भरतातर्फ धकेलिरहेको हुँदा सजग हुनु जरुरी छ भन्नुभयो ।
उहाँले निर्वाचनलाई उपयोग गर्नुपर्नेमा जोड दिँदै अबको निर्वाचनमा भ्रष्टाचारीहरूलाई जित्न नदिन देशभक्त जनता एकजुट हुुनपर्ने बताउनुभयो ।
सहकारी समाजका उपाध्यक्ष कृष्णगोविन्द लाखाजुले नेमकिपाको पेसागत सङ्गठन सहकारी अध्ययन समाजले सहकारी संस्थाहरूलाई आफ्नो हक अधिकारबारे सुसूचित पार्ने कार्य गर्दै आएको जानकारी दिँदै सामाजिक र आर्थिक विकासमा टेवा पु¥याइरहेका सहकारी क्षेत्रमा हाल गलत प्रवृत्तिका व्यक्तित्वहरूले प्रवेश पाइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पारदर्शिता र इमानदारिता सहकारी सिद्धान्त र मूल्यमान्यता हो । सहकारी संस्थाले उत्पादनमूलक क्षेत्रहरूमा लगानी बढाउन जरुरी छ ।”
समाजका सदस्य राधेश्याम सुवालले सहकारी संस्थाहरूलाई लगानी गर्ने क्षेत्रहरूको पहिचानमा समस्या भइरहेको धारणा राख्दै सहकारीमा देखिएका विकृति विसङ्गतिहरूबाट समुदायमा आधारित सहकारीहरू सचेत हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा समाजका सदस्य महेन्द्र बखुन्छेँले पनि बोल्नुभएको थियो । कार्यक्रममा सहकारीकर्मीहरूले देशको वर्तमान राजनीतिक अवस्थाबारे आफ्ना जिज्ञासाहरू राखेका थिए ।
Leave a Reply