शान्ति स्थापना गर्न ‘ग्रेटर इजरायल’ लाई रोक !
- असार ११, २०८३
भक्तपुर, ३१ असोज । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुरले शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रम आयोजना ग¥यो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला अध्यक्ष सुरेन्द्रराज गोसाईले शिक्षक सचेत एवं बौद्धिक वर्ग भएकोले देशको समसामयिक राजनीति र देशको अवस्थाबारे अध्ययन गर्नु र समाजलाई सचेत पार्न भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
नयाँ पुस्ताले गरेको भनिएको आन्दोलन कुनै क्रान्ति नभएको धारणा उहाँले व्यक्त गर्नुभयो ।
विदेशबाट सञ्चालित व्यक्तिहरू मन्त्री बनाएर जेन–जीले उठाएको भ्रष्टाचार अन्त्य हुनेछैन, सुशासन कायम हुनेछैन, केन्द्रीय सदस्य गोसाईले भन्नुभयो ।
विगत ३५ वर्षदेखि सरकारमा रहेका ठुला भनिएका पार्टीहरूले गर्दा विदेशीहरूले नेपालको राजनीतिमा चलखेल गर्ने अवसर पाएको उल्लेख गर्दै उहाँले देशमा अस्थिर र राजनीति गरेर धमिलो पानीमा माछा मार्ने अवसर दिएको बताउनुभयो ।
सिद्धान्त र विचार विनाको शक्ति दुई दिनमा चकनाचूर भएको घटनाक्रमले देखाएको प्रस्ट छ । सिद्धान्त र विचारबाट विचलित नभई नेमकिपाले देश र जनताको इमानदारपूर्वक सेवासहित राजनीति गरिरहेको छ; वैदेशिक हस्तक्षेपविरुद्ध निरन्तर सङ्घर्षरत छ, उहाँले भन्नुभयो ।
नेक्राशिसङ्घका केन्द्रीय कोषाध्यक्ष चक्रबहादुर चाकतुले जेन–जीको आन्दोलनमा देशी–विदेशी शक्तिले भूमिका खेलिरहेको प्रति सचेत हुनु जरुरी छ भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष गणेशराम थुसाको सभापतित्वमा भएको उक्त कार्यक्रममा शिक्षक हरिप्रसाद ढकालले पनि बोल्नुभएको थियो ।
Leave a Reply