शान्ति स्थापना गर्न ‘ग्रेटर इजरायल’ लाई रोक !
- असार ११, २०८३
भक्तपुर, ३१ असोज । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरलाई शैक्षिक गन्तव्य बनाउन भक्तपुरका विद्यालय र शिक्षकहरूको भूमिका उल्लेखनीय रहेको बताउनुभयो ।
प्रमुख प्रजापतिले बासु माध्यमिक विद्यालयबाट अनिवार्य अवकाशप्राप्त कर्तव्यनिष्ठ शिक्षक प्रेमकुमार मगरबाट ३० वर्षसम्म भक्तपुरको शैक्षिक विकासमा अनवरत रूपमा पु¥याउनुभएको योगदान स्मरणीय रहने बताउनुभयो ।
शिक्षण आफैमा मर्यादित र सम्मानित पेसा भएको उल्लेख गर्दै उहाँले अवकाशप्राप्त शिक्षकहरूले आफ्नो शैक्षिक जीवनको भोगाइ र अनुभूतिलाई लिपिबद्ध गरी नयाँ पुस्तालाई मार्गनिर्देशन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “राज्यले कानुनी रूपमा अवकाशप्राप्त भनी बिदा गरे पनि अनुभवी शिक्षकहरूलाई पुनः विशेषज्ञको रूपमा राख्न सकिन्छ । शिक्षकहरूले विद्यार्थीहरूलाई किताबी ज्ञान सँगसँगै व्यवहारिक ज्ञान दिनु जरुरी छ ।”
बासु माविका प्रधानाध्यापक रविलाल प्रधानले शिक्षक प्रेमकुमार मगर बासु माविका नेपाली विषय शिक्षकको रूपमा लामो समय अध्यापनरत रहेको जानकारी दिँदै उहाँ स्पष्ट वक्ता, सरल व्यवहार र सहयोगी भावना भएको शिक्षक हुनुहुन्छ भन्नुभयो ।
विद्यालयको शैक्षिक प्रगतिमा शिक्षक मगरले पु¥याउनुभएको योगदानको लागि धन्यवादज्ञापन गर्दै प्रअ प्रधानले अवकाश जीवनलाई सामाजिक गतिविधिमा क्रियाशील बनाउन आग्रह गर्नुभयो ।
शिक्षक प्रेमकुमार मगरले बासु माविमा आफ्नो ३० वर्षे शैक्षिक अनुभव सुनाउँदै बासु माविका सबल पक्षमाथि प्रकाश पार्नुभयो ।
बासु माविलाई भक्तपुर नगरपालिकाले गरेको साथ र सहयोगको स्मरण गर्दै उहाँले विद्यालयले सामाजिक सम्बन्धलाई राम्रो बनाउँदै प्रगति गर्दै जानुपर्ने सुझाव दिनुभयो ।
विद्यालयका सहायक प्रअ राजकुमार ह्यौंमिखाले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य गणेशप्रसाद सुवाल, बासु मावि इन्चार्ज रामकुमार निरौला र प्रावि इन्चार्ज विष्णुप्रसाद दुमरूले शिक्षक मगरको शैक्षिक योगदानबारे बताउनुभयो ।
प्रमुख प्रजापतिले अवकाश प्राप्त शिक्षक मगरलाई सम्मान पत्र र मायाको चिनो प्रदान गरी सम्मान गर्नुभएको थियो ।
Leave a Reply