भर्खरै :

वीरेन्द्रनगरमा प्रथम नगर परिषद् सम्पन्न

वीरेन्द्रनगरमा प्रथम नगर परिषद् सम्पन्न

सुर्खेत, ३१ असोज । नेपाल मजदुर किसान पार्टी वीरेन्द्रनगरको प्रथम नगर परिषद् वीरेन्द्रनगर, सुर्खेतमा सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तुल्सी खड्काले सङ्गठन विस्तार गर्न कार्यकर्ताहरु खट्नुपर्ने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी कर्णाली प्रदेश समिति सदस्य उदयजङ्ग शाहीले कम्युनिस्ट भन्नेहरू नै चरम अवसरवादी भएको र आजसम्म सत्तामा बसेका दलहरू भ्रष्टाचार र कमिसनका लागि सत्तामा मरीहत्ते गरेर देश र जनताको समस्यालाई बेवास्ता गरेका कारण आजको अवस्था आएको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी कर्णाली प्रदेश समिति सदस्य एवम् जिल्ला समिति सुर्खेतका अध्यक्ष हरिबहादुर बोहोराले विश्वमा समाजवादको लहर चलेकोले युवा पुस्तालाई जानकार गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी कर्णाली प्रदेश समिति सदस्य धनेन्द्र विक, लालबहादुर थापा, लक्ष्मी विक, नेक्रामजदुरसङ्घका अक्कल राना, निरकबहादुर शाही, प्रेम थापा, इन्द्रप्रसाद न्यौपाने, मनबहादुर विक, अम्मर भण्डारीलगायतका वक्ताहरूले बोल्नुभएको थियो ।
कार्यक्रम नेपाल मजदुर किसान पार्टी वीरेन्द्रनगर नगर समितिका अध्यक्ष शेरबहादुर शाहीको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *