चे, फिडेलको संस्मरणमा – १४
- कार्तिक ६, २०८२
भक्तपुर, ४ कार्तिक । प्रगतिशील सांस्कृतिक समाज चाँगुको आयोजनामा नेपाल संवत् ११४६ को अवसरमा भिन्तुना तथा शुभकामना ¥याली मङ्गलबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले नेपालको भाषा तथा संस्कृतिमाथि विदेशी हस्तक्षेप भइरहेको भन्दै कामगरी खाने वर्गले नै भाषा तथा संस्कृतिको रक्षा गर्दै आएको बताउनुभयो ।
उहाँले नेपालको अस्तित्वसमेत नामेट पार्न अमेरिकी साम्राज्यवाद तथा भारतीय विस्तारवादले अनेक षड्यन्त्र गरिरहेको भन्दै नेपाली जनताको एकताले मात्र नेपालको सार्वभौमिकता जोगाउन सक्ने धारणा राख्नुभयो ।
उहाँले पुँजीवादले भ्रष्टाचारको अन्त्य गर्न सकेको भए पुँजीवादकै विश्व ठेकेदार अमेरिकामा भ्रष्टाचारविरूद्ध लाखौँमानिस सडकमा उत्रिनु पर्दैनथ्यो भन्नुभयो ।
कार्यक्रममा नेमकिपा चाँगुनारायण नगर समितिका अध्यक्ष न्हुछेभक्त फोजुले एमाले, काङ्ग्रेस र माओवादीका नेता–कार्यकर्ताहरूले विकासको नाममा भ्रष्टाचार गरिरहेको बताउनुभयो ।
चाँगुनारायण नगरपालिकाले बाटो, खानेपानी, सडक बत्ती, सरसफाइको बन्दोबस्त नगरी अनियमित बालुवा खानी सञ्चालन गरी विश्व सम्पदा सूचीमा सूचिकृत चाँगुनारायण क्षेत्रलाई म्हास्ने काम गरिरहेको बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष गोविन्दराम सुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा गणेशराम सुवाल, रवि प्रजापति र राम कासुलाले पनि बोल्नुभएको थियो ।
¥याली कालीघाट (कासन) बाट झौखेल वडा कार्यालय, जागृति चोक, माकजु टोल, सुन्दरथली, यापी भैरव हुँदै नाखेल मलेपति टोलमा पुगी सभामा परिणत भएको थियो ।
Leave a Reply