चे, फिडेलको संस्मरणमा – १४
- कार्तिक ६, २०८२
भक्तपुर, ४ कार्तिक । सूर्यविनायक प्रगतिशील सांस्कृतिक समाजको आयोजनामा नेपाल संवत ११४६ को अवसरमा भिन्तुना तथा शुभकामना ¥याली मङ्गलबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य अनुराधा थापामगरले विभिन्न भाषाभाषी र जनजातिको एकताको प्रतीक नेपाल भएकोले देशको सन्तुलित विकास गर्नुपर्ने र हरेक जनजातिको भाषिक विकासको लागि सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।
विदेशी स्वार्थपूर्तिमा धमिलो पानीमा माछा मार्ने शासक दलहरूदेखि सतर्क हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले देशको लागि रगत बगाउने नयाँ पुस्तालाई देश जलाउने बिल्ला लगाउन खोज्नु घातक हुनेछ भन्नुभयो ।
साम्राज्यवादको अगाडि घुँडा टेक्ने शासक दलहरूले देश र जनताको सेवा गर्न नसक्ने उल्लेख गर्दै उहाँले त्यस्ता दलहरूदेखि बेलैमा सचेत हुनुपर्छ भन्नुभयो ।
नेमकिपा सूनपाका सचिव महेन्द्र बखुन्छेँले साम्राज्यवादी र विस्तारवादी देशहरूदेखि जनता सचेत हुनुपर्छ भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष काजीबहादुर पञ्चले नेवार र गैरनेवारबिच भेद ल्याउने गरी तिथिमिति प्रकाशित भइरहेकोले संशोधन गर्नु जरूरी भएको बताउनुभयो ।
कार्यक्रममा गङ्गालाल श्रेष्ठ, सुरेश बुखन्छेलगायतले बोल्नुभएको थियो ।
¥याली बालकोट, चारदोबाटो हुँदै धन्सारमा पुगी समापन भएको थियो ।
Leave a Reply