भर्खरै :

पाँगामा भिन्तुना ¥याली : पुँजीवादी व्यवस्थामा भ्रष्टाचार अन्त्य नहुने

पाँगामा भिन्तुना ¥याली : पुँजीवादी व्यवस्थामा भ्रष्टाचार अन्त्य नहुने

काठमाडौँ (पाँगा) ५ कार्तिक । नेपालभाषा साहित्य तःमुंज्या पाँगाको आयोजनामा नेपाल संवत् ११४६ को नयाँ वर्षको शुभकामना ¥याली तथा सभा बुधबार कीर्तिपुर पाँगामा सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले भाषा, कला र संस्कृति संरक्षण गर्न सबै नेपाली सचेत हुनु जरूरी छ भन्नुभयो ।
पुँजीवादी व्यवस्थामा भ्रष्टाचार अन्त्य गर्न नसकिने भएकोले समाजवादी व्यवस्था स्थापनाको लागि सङ्घर्ष गर्नु जरूरी भएको उहाँले बताउनुभयो ।
केन्द्रीय सदस्य गोसाईंले भन्नुभयो, “नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाले जनताको ऋण मोचन गरेको सुनेको तर शासक दलहरूले आज २७ खर्ब वैदेशिक ऋण पु¥याएको छ । यसको जिम्मेवारी नेका, एमाले, माओवादी केन्द्र, राप्रपा, मधेसकेन्द्रित दलहरूले लिनुपर्दछ । त्यस्ता दलहरूलाई अब निर्वाचनबाट पराजित गर्नु जरूरी छ ।”
“सही सिद्धान्त र विचारबाट अगाडि बढ्न सकेन भने फेरि दुःख पाउने भएकोले नेमकिपाको झन्डामुनि आबद्ध हुनु अहिलेको आवश्यकता हो”, उहाँले भन्नुभयो ।
नेपालभाषा साहित्य तःमुंज्याका सचिव नारायण महर्जनले नेपाल संवत् मनाउनुको कारण परिर्वतनको सन्देश दिन भएको बताउनुभयो ।
कार्यक्रम तःमुंज्याका उपाध्यक्ष प्रशान्त महर्जनको सभापतित्वमा भएको थियो । पाँगा लखुबाट जनचेतनामूलक प्लेकार्ड र नारासहित सुरू भएको भिन्तुना ¥याली पाँगाको विभिन्न टोलमा परिक्रमा गरी पाँगा लाछीमा पुगी सभामा परिणत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *