अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
यो वर्षको तिहार पनि गत वर्षझैँ सांस्कृतिक ¥याली, साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न भयो । तिहारकै अवधिमा मध्यपुरको तुलंननीमा २७ औँ विविध साहित्य सम्मेलन र सांस्कृतिक कार्यक्रम भयो । सोही दिन भक्तपुरको चारवटै नगरपालिका भक्तपुर नगरपालिका, मध्यपुर नगरपालिका, चाँगु नगरपालिका र सूर्यविनायक नगरपालिकामा बाजागाजासहितको प्रभातफेरी भयो । ¥यालीपछि आयोजित सभामा देश विदेशको समसामयिक विषयमा जनतालाई सुसूचित पार्ने काम भयो । सभामा भ्रष्टाचार र अनियमितताको विरोध भयो; भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गर्न, भ्रष्टाचारीहरूमाथि कडा कारबाही गर्न, आन्दोलनको नाउँमा तोडफोड र आगजनी नगर्न वक्ताहरूले आग्रह गरे । फागुन २१ गतेको निर्वाचन सफल पार्न निर्वाचनको निम्ति उपयुक्त वातावरण तयार गर्न, निर्वाचन स्वच्छ, शान्तिपूर्ण र सुरक्षित बनाउन सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गरियो । प्यालिस्टिनको सार्वभौमसत्ता कायम गर्न, प्यालेस्टिन देश नै गायब गर्ने योजनासहित प्यालेस्टिन देशलाई ध्वस्त बनाउने र प्यालेस्टिनी जनताको नरसंहार गर्नेमाथि कारबाही गर्न र सोको क्षतिपूर्ति दिलाउन माग पनि भयो । आफ्नो भाषा, संस्कृति, संस्कारलाई जीवन्तता दिन र संस्कारको नाउँमा विदेशी संस्कार भित्याउने र झिलिमिली गर्ने नाउँमा विदेशीबाट सामान भित्याएर नेपाली पैसा विदेश पु¥याउने काम नगर्न र आफ्नै देशमा उत्पादित सामान उपयोग गर्न जोड दिइयो ।
तिहारको पूर्वसन्ध्यामा भक्तपुर नगरको वडा नं. २ स्थित नःपुखुसँगैको खुला स्थानमा ४५ औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक कार्यक्रम भयो । सो सम्मेलन दुई दिन चलेको थियो । सम्मेलनमा नयाँ पुराना साहित्यकारहरूको साहित्य वाचन र भाषाविद्, संस्कृतिविद् इतिहासविद्, जलस्रोत अध्येता, चिकित्सक, इञ्जिनियर, नर्स, विभिन्न विषयका ज्ञाताजस्ता दर्जनौँ विशेषज्ञहरूले मन्तव्य दिएका थिए । यसबाहेक टोल–टोल र बस्तीमा साहित्यिक गतिविधि, अन्तरक्रिया, प्रवचन, अध्ययन गोष्ठी तथा शुभकामना आदानप्रदान भयो । समाजमा व्याप्त अन्धविश्वास, कुरीति, विकृति र विसङ्गतिविरुद्ध केन्द्रित रचनात्मक गतिविधिले नयाँ पुस्तालाई सचेत पार्ने काम गर्छ र समयको उपयोग गर्न पठन संस्कृतिको विकासमा टेवा पु¥याउने काम गर्छ । यस्तो जनजागरण र चेतनाको ज्योति फैलाउने काम भक्तपुरमा झैँ देशभर हुन आवश्यक छ । यसले जनतालाई सुसूचित पार्ने काम गर्छ । कुनै चाड पर्व हर्षोल्लासको निम्ति मात्र मनाउने होइन । यसले र चाडपर्वमा गरिने संरकार, संस्कृतिलाई नयाँ पुस्तामाझ पु¥याउने काम गर्छ; देश–विदेशमा घटेका घटनाबारे जानकारी दिन्छ ।
चाड पर्व मनाउनुको अर्थ संस्कार र संस्कृति उल्लङ्घन गर्नु होइन । मनोरञ्जन र खुसियालीको नाउँमा बाक्लो बस्ती, मठ–मन्दिर भएको ठाउँमा भुइँचम्पा, पटका, आतसबाजी बाल्ने होइन । पटका पड्केर आँखा गुम्न सक्छ, हात जल्न सक्छ र आगजनी हुने सम्भावना हुन्छ । यो कुरा भुइँचम्पा, पटका र आतसबाजी बाल्ने युवा विद्यार्थीहरूले थाहा पाउनुपर्छ । आफ्नो सानो गल्तीको कारण कुनै पनि भवन, मन्दिरमा क्षति हुनसक्छ । अतः बाक्लो बस्ती, सम्पदा क्षेत्रमा पटका पड्काउने काममा निषेध गर्नुपर्छ । यसतर्फ प्रशासनको ध्यान जानुपर्छ । यो वर्ष पनि पटका पड्काउँदा आँखा गुमेको र हात जलेको खबर सञ्चारमाध्यममा आयो । पटका, भुइँचम्पा र आतसबाजीजस्ता आगजन्य वस्तुहरू विदेशबाट पठाइन्छ । प्रहरी प्रशासनले यस्ता आगजन्य वस्तु किनबेचमा रोक लगाउनु पथ्र्योँ; जहाँतहीँ बाल्न निषेध गर्नुपथ्र्यो । तर, त्यो भएन । यसमा प्रहरी प्रशासनको सक्रियता देखिएन । जुवा, तास र लङ्गुरबुर्जा जहाँतहीँ खेलेको देखियो । यसलाई छुट दिनु हुँदैनथ्यो । विकृति र विसङ्गतिलाई छुट दिएपछि यसले अर्को वर्षमा पनि निरन्तरता पाउनेछ ।
हामीले सभ्य र सुसंस्कृत समाज र नागरिक बनाउने ध्येयले पर्व मनाउनुपर्छ । अन्धपरम्परा जोडेर, काल्पनिक कुराको बखान गरेर चाडपर्वको महत्व बताउने कुरा बुद्धिमानी होइन । माओवादी ‘जनयुद्ध’ ले राजनीतिक रूपान्तरणको बाटो खोलेको कुरा झूट हो । बलिराजलाई जुम्ला राज्य चलाउन गा¥हो भएको कुरा कसरी पत्याउने ? बलिराजले कहिले जुम्लामा राज्य चलाए ? राज्य सञ्चालन भनेको किंवदन्ती हुँदैन । त्यो इतिहासमा इङ्गित गरिएको हुन्छ । बलिराजको फौजले ताक्लाकोटदेखि हुम्ला, मुगु हुँदै जुम्लासम्म माग्दै आउँदा धेरै धन बटुलेको कुरा कतै कल्पनाको धुनमा नाचेको नाचजस्तै भएन र ? हो, नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक देश हो । हरेक जनजाति र भाषाभाषीको आ–आफ्नो धर्म, लिपि, संस्कार, संस्कृति, रीतिथिति, इतिहास र नाचगान छ । ती सबैलाई सरकारले स्थान दिनुपर्छ । सबै भाषाभाषी र जनजातिको संस्कृति र लिपिको संरक्षण गर्नुपर्छ । त्यसको संरक्षण गर्न नै चाडपर्व मनाउने हो ।
Leave a Reply