भर्खरै :

नेमकिपा जनतासँग भेटघाट कार्यक्रममा

नेमकिपा जनतासँग भेटघाट कार्यक्रममा

जुम्ला, १४ कार्तिक । नेपाल मजदुर किसान पार्टी जुम्ला जिल्ला समितिको अगुवाइमा बिहीबार र शुक्रबार नेमकिपाका नेता तथा कार्यकर्ताहरू जनतासँगको भेटघाटमा लागेको खबर छ ।
कनकासुन्दरी गाउँपालिकाको वडा नं. ४ स्थित लेखपोर र आटसिंजा गाउँमा जनतासँग भेटघाट गरिएको थियो ।
उक्त भेटघाट कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले अराजक र उच्छृङ्खल गतिविधिप्रति जनता सचेत हुनुपर्ने आवश्यकता औँल्याउँदै निर्वाचनको लागि तयारी भएर बस्नुपर्नेमा जोड दिनुभयो ।
शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने उल्लेख गर्दै केन्द्रीय सदस्य काफ्लेले भ्रष्टाचारी र अपराधीहरूलाई कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।
नेमकिपा जिल्ला समिति जुम्लाका सदस्य गजेन्द्रबहादुर कार्कीले नेमकिपाले सिद्धान्त र विचारमा अडिग रही देश र जनताको इमानदारीपूर्वक काम गरिरहेको स्पष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *