सरकारको चाल न हाँसको न कुखुराको !
- असार २९, २०८३
काठमाडौँ उपत्यका
१ मङ्सिर २०८२
प्रिय बहिनी तृप्ति
सम्झना !
मैले तिम्रो चिठी पाएँ र चिठीमा तिमीले आज भोलिको युवाहरूका उपत्यकाको गीत सङ्गीतको विषयमा लेख्यौ तर तिमीहरूकै उमेरमा हामी कलेजमा एक सोभियत रुसी गीत सुन्थ्याँै, “मेरो देशभन्दा राम्रो देश कहाँ छ मलाई थाहा छैन” आदि ।
तृप्ति तिमीलाई थाहा छ – गाजामा अर्थात् प्यालेस्टिनी भूमिमा इजरायली फासीवादी सरकारले बम खसाल्दै र मेसिनगन एवम् अन्य आधुनिक अमेरिकी हवाईजहाज र हात–हतियार चलाउँदै हजारौँ बालबालिका र महिलाहरूलाई हत्या गर्दै छन् । यो एक प्रकारको जाति हत्याजस्तो मानवताविरोधी जघन्य अपराध हो । अमेरिकी बुद्धिजीवी र छात्रछात्राहरूले पनि अनेक अमेरिकी विश्वविद्यालयमा शान्तिको निम्ति मानवताविरोधी त्यस गतिविधिको निन्दा गर्दै छन् । तर, आफूलाई प्रजातन्त्रको ठेकेदार सम्झने अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायलका फासीवादी प्रधानमन्त्री नेतन्याहुको अत्याचारको विरोध गर्ने अमेरिकी विश्वविद्यालयहरूलाई ट्रम्प प्रशासनले अनुदान बन्द ग¥यो वा अनुदान घटायो । तर, विश्वविद्यालयहरू ट्रम्प प्रशासनको अगाडि झुकेनन् । बहिनी तृप्ति, यसैलाई भनिन्छ – अन्तर्राष्ट्रियतावाद वा मानवतावादको निम्ति सङ्घर्ष ¤
युरोपमा यस्ता देशहरू पनि धेरै छन् जो अमेरिकी प्रशासनको आक्रामक नीतिको विरोधमा ‘जुलुस प्रदर्शन’ र जनसभाहरूमार्फत आ–आफ्नो देशको ‘साम्राज्यवादविरोधी’ र ‘युद्धविरोधी भावना’ लाई अभिव्यक्ति दिँदै छन् तर ती देशका सरकारहरू लाचार भएर अमेरिकी प्रशासनको सिधै विरोध गरी अमेरिकासँग शत्रुता मोल्न चाहँदैनन् किनभने ती देशहरूमा अमेरिकी सेना कायम छन् । ट्रम्पले ती देशलाई तर्साउँदै छन् – “तिमीहरूलाई कम्युनिस्टहरूबाट जोगाउन हामीले धेरै पैसा खर्च गर्यौँ, अब त्यसको निम्ति तिनीहरूले आआफ्ना रक्षा बजेटको दुई÷दुई प्रतिशत हामीलाई दिनुपर्छ ।” भनिन्छ – अर्काको भरमा बस्नेहरू दिनको १० चोटि मर्नुपर्ने हुन्छ । नाटो देशका जनताको स्थिति त्यस्तै छ ।
हालै स्पेनको बाबियो सहरमा स्पेनका युवाहरू र प्यालेस्टिनी खेलाडीबिच भएको फूटबल खेलमा ‘जाति हत्या बन्द गर’ भन्ने पताका प्रदर्शन गरिएको थियो ।
xxx
हिजो भक्तपुरमा जर्मनीका एक चिकित्सा विश्वविद्यालयका कुलपति र चिकित्साशास्त्रका विविध विषयका विशेषज्ञहरूको एक टोली ख्वप अस्पतालमा अवलोकनमा पुगेको थियो । ती टोलीका कुलपति र विशेषज्ञहरूको टोलीले साह्रै चासो राखेर अवलोकन गर्यो र हाम्रा नेपाली चिकित्सकहरूसँग पनि छलफल ग¥यो ।
४०–५० वर्ष पहिले पनि राजा वीरेन्द्रको राज्याभिषेकको अवसरमा उपहारको रूपमा जर्मन सरकारले प्राचीन मठ–मन्दिर र सांस्कृतिक सम्पदाहरूको संरक्षण र पुनर्निर्माण गर्ने इन्जिनियर, वास्तुकलाविद् र अन्य विशेषज्ञहरूको एक टोलीबाट काम गरेको थियो । नेपाली जनता र आज भक्तपुरका जनताले त्यसैलाई निरन्तरता दिँदै जर्मन प्रोजेक्टले गर्न आँट नगरेका कार्यहरू गरेर आफ्नो पुर्खाले सिर्जेको कला, संस्कृति र धरोहरहरूको संरक्षण र संवर्धन कार्यमा सफलता हासिल गर्दै छन् ।
तैपनि मित्र देश र जनताको योगदानलाई नेपाली र भक्तपुरका जनताले बिर्सेका छैनन् । यसरी भक्तपुरमा अचेल विभिन्न देशका मित्रहरूको टोलीहरू र पूर्वेली कला संस्कृति र सभ्यताबारे जिज्ञासु विद्वानहरूको पनि आवतजावत हुने गरेको थाहा हुन्छ ।
प्रिय तृप्ति, भक्तपुरमा अहिले देश–विदेशका जिज्ञासु पर्यटकहरूको सङ्ख्या बढ्दै गरेको सुन्दै छु । यसकारण, हामीले हाम्रा युवाहरूलाई विभिन्न देशका भाषा र साहित्य एवं विज्ञान र प्रविधि विषयमा अध्ययन गर्न सहयोग गर्नु आवश्यक छ । भनिन्छ, दुईटा देशको सांस्कृतिक सम्पत्तिको कोठाको साँचो नै भाषा हो । यसकारण, हामीले देशका विद्यालय र विश्वविद्यालयका विद्यार्थी र प्राध्यापकहरूको भ्रमण र जानकारीको आदानप्रदान गर्ने कार्यक्रमहरू अगाडि बढाउनु समुचित हुनेछ । बहिनी तृप्ति, पुनः म विभिन्न देशका जनताको भाषा र ज्ञानबारे अध्ययन गर्न सल्लाह दिन्छु । बिदा…तृप्ति !
माया गर्ने दाजु
Leave a Reply