भर्खरै :

निर्वाचन स्वच्छ, शान्तिपूर्ण र निष्पक्ष हुनुपर्नेमा जोड

निर्वाचन स्वच्छ, शान्तिपूर्ण र निष्पक्ष हुनुपर्नेमा जोड

काठमाडौँ, ३ मङ्सिर । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार निर्वाचन आयोगमा दर्ता भएका दलका नेता तथा प्रतिनिधिहरूको बैठक बोलाउनुभयो ।
फागुन २१ गते हुने निर्वाचन, सुशासन र सरकारको गतिविधिबारे केन्द्रित सो बैठकमा १ सय १० दलका नेता तथा प्रतिनिधिहरूको उपस्थिति थियो ।
बैठकमा नेमकिपाका सचिव प्रेम सुवालले जनताको समस्या समयमै सम्बोधन नभएको कारण जेन–जी आन्दोलन भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “राजनीति देश, जनता र समाजको निम्ति गर्ने हो । तर, शासकहरूले भ्रष्टाचार, पक्षपात गरे । सिद्धान्तहीन गठबन्धन, पदको दुरुपयोग, पैसा खर्च गरेर सत्तासीन पार्टीहरूले निर्वाचनमा चलखेलजस्ता अनैतिक कार्य गर्दा सर्वसाधारण जनतामा राजनीतिप्रति नै घृणा उत्पन्न भयो ।”
निर्वाचन स्वच्छ, शान्तिपूर्ण र निष्पक्ष हुनुपर्नेमा जोड दिँदै उहाँले निर्वाचनमा पैसा बाँड्ने, झूटा आश्वासन बाँड्ने, लोभलालच देखाउने उम्मेदवारहरूको उम्मेदवारी नै खारेज हुने अध्यादेश जारी गर्नुपर्नेमा जोड दिनुभयो ।
स्मरणीय छ, मङ्सिर २ गतेसम्ममा निर्वाचन आयोगमा १ सय २५ दलले दल दर्ता गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *