भक्तपुरमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु
- माघ ३, २०८२
भक्तपुर, २५ मङ्सिर । ख्वप इन्जिनियरिङ कलेजको २४ औँ र ख्वप कलेज अफ इन्जिनियरिङको १७ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित अन्तर कलेज पुरुष तथा महिला भलिबल प्रतियोगितामा ख्वप इ. कलेजका उपप्राचार्य प्रा.डा. सुवेगमान बिजुक्छेँले खेल रेफ्रि सुजन बासीलाई भलिबल हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा प्रा.डा. बिजुक्छेँले खेल हार जितभन्दा स्वस्थ र मित्रताको लागि खेलिनुपर्ने बताउँदै विद्यार्थीहरूले पढाइ सँगसँगै खेल तथा अतिरिक्त क्रियाकलापलाई पनि निरन्तरता दिनुपर्ने विचार व्यक्त गर्नुभयो । मित्रता, अनुशासन र स्वस्थताको लागि खेलकुदको मूल मर्मलाई आत्मसात गर्दै कलेजले हरेक शैक्षिक वर्षहरूमा विद्यार्थीहरूको लागि समयानुकूल चेस, फुटसल, फूटबल, व्याटमिन्टन, कसिमला पाँय्, हाजिरीजवाफ, टेबलटेनिस, एथ्लेटिक्स, बास्केटबल प्रतियोगिताहरू सञ्चालन गर्दै आएको उल्लेख गर्दै उहाँले विद्यार्थीहरूको आफ्नो सीप र कला प्रदर्शन गर्ने एक माध्यम खेल पनि हो भन्नुभयो ।
कार्यक्रममा पुरुष र महिला समूहमा ख्वप सेकेन्डरी स्कूल, ख्वप कलेज अफ इन्जिनियरिङ, ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ ल र ख्वप कलेज गरी ५/५ टीमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल मङ्सिर २६ गते शुक्रबार हुने कलेजका खेलकुद प्रशिक्षक श्यामकृष्ण बासुकलाले जानकारी दिनुभयो ।
कार्यक्रममा ख्वप कलेज अफ इन्जिनियरिङका उपप्राचार्य ई. रत्नशोभा प्रजापति, रेफ्रि सत्यराम न्हिसुतु र कृष्णराम तुकंबञ्जारले पनि बोल्नुभएको थियो ।
Leave a Reply