शान्ति स्थापना गर्न ‘ग्रेटर इजरायल’ लाई रोक !
- असार ११, २०८३
भक्तपुर, २७ मङ्सिर । प्रभात इङ्गलिस सेकेन्डरी स्कूलको ४४ औँ स्थापना दिवसको अवसरमा शनिबार स्थानीय मुलाछेँ टोलमा सांस्कृतिक कार्यक्रम भयो ।
कार्यक्रम उद्घाटन गर्दै नेपाल मजदुुुर किसान पार्टीका सचिव एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सुवालले सार्वजनिक शैक्षिक गुठीअन्तर्गत सञ्चालित प्रभातले शैक्षिक र अतिरिक्त क्रियाकलाप दुवैलाई सँगसँगै अघि बढाउने प्रयास गरी अभिभावकहरूको सुझावलाई मनन गरी शैक्षिक गतिविधि अघि बढाइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “विद्यार्थीहरूलाई थप केही विषय र नेपालकै केही थप भाषा पनि सिकाउने व्यवस्था भइरहेको छ । देशलाई बुझ्ने र बाँकी संसारलाई बुभ्mने विद्यार्थी तयार गर्ने काममा अभिभावकहरूको पनि योगदान आवश्यक हुनेछ ।”
उहाँले थप्नुभयो, “विद्यालयले समाजलाई मदिरा, धूमपान र अन्य दुव्र्यसनीबाट सुरक्षित राख्न सहायोग गर्नेछ । क्यान्सर, किडनी, मुटु रोग लाग्ने सुर्तीजन्य पदार्थ र मदिरालाई निरूत्साहित गरी सुसंस्कृत नागरिक बनाउन मद्दत गर्ने विद्यालयको पनि उद्देश्य हो ।”
वाग्मती प्रदेशसभा सदस्य सिर्जना सैंजुले भन्नुभयो, “बालबालिकाको मस्तिष्क जन्मेर तीन वर्षदेखि नै परिपक्वतातर्पm आउने हो । आमाबुबाले यो उमेरका बालबालिकाहरूलाई असल व्यवहार गर्न जरूरी छ । मोबाइलको आदतमा परेका बालबालिकाहरूलाई मादललगायत अनेक बाद्यवादन बजाउने सिकाउनुपर्दछ । बालबालिकाहरूलाई प्याकेटमा आउने तयारी खाजा होइन आफ्नै भान्छामा तयार भएका खानेकुरा ख्वाउनु जरूरी छ । बालबालिकाहरूलाई समयसमयमा खेतबारीमा लगेर नाङ्गो खुट्टाले माटोमा हिँडाउने, खेलाउने तथा हरियाली देखाउने गरेमा खेतीको काम गर्ने, मस्तिष्कको विकास, शारीरिक, मानसिक, सामाजिक विकास हुनेछ ।”
वाग्मती प्रदेशसभाका सदस्य गीता काफ्लेले बालबालिकाहरूको आकर्षक कलाकारिता प्रस्तुति देखेर आफू अत्यन्त हर्षित भएको उल्लेख गर्दै प्रभात स्कूल एउटा नमुना विद्यालयको रूपमा पाएको बताउनुभयो ।
विद्यालयका संस्थापक बालमुकुन्द बासुकला, लक्ष्मीभक्त लासिवा, भक्तपुर जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि एवं लेखा प्रमुख विष्णुहरि थापा, भनपा २ का वडा अध्यक्ष हरिप्रसाद बासुकला, भनपा ६ वडाका कार्यबाहक वडाध्यक्ष रोशनमैयाँ सुवाल, जनगायक विनोद विक समेत, विभिन्न क्षेत्रका भद्रभलाद्भीहरू तथा स्थानीय टोलवासीहरूकोे उपस्थितिमा सम्पन्न कार्यक्रममा अभिभावक परामर्श समितिका गौतमप्रसाद लासिवाले धन्यवाद र प्राचार्य बदनकेशरी प्रजापतिले स्वागत मन्तव्य दिनुभएको थियो ।
कार्यक्रम शिक्षिका मनिता थापाले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा विद्यालयमा अध्ययनरत नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूको नृत्य, गायन, नाटक, समसामयिक प्रविधि प्रयोगलगायत २८ विधा प्रस्तुत गरिएको थियो ।
Leave a Reply