भर्खरै :

शनिबारका दैनिकहरू पढ्दा

शनिबारका दैनिकहरू पढ्दा

२७ मङ्सिर २०८२ को ‘नागरिक–शनिबार’ ले ‘मौलिकता जोगाउन देखासिकी चुनौती’ शीर्षकमा लेख्यो, ‘सडकले जोडिएपछि ग्रामीण क्षेत्रमा विस्तारै विकास पनि हुँदै छ तर मौलिकता भने गुम्दै छ । आधुनिक जीवनशैलीमा रमाउन खोज्दा परम्परागत घर विस्थापित हुँदै तथा पाटीपौवा, धर्मशाला, चौतारालगायत सम्पदा र पुरानो संस्कृति पनि नासिँदै छन् ।’
यो त भयो – बाग्लुङका डम्बर बुढामगरको दृष्टिकोण । नेपालमा पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यका र वर्तमान नेपाल सीमाभन्दा एकतिहाइ कम गरी विजय हासिल गरेको २ सय वर्ष नाघेर ३ सय वर्षमा चढ्दै छ । के त्यसबेला पछिका शासक र लडाकुहरूले कुन चाहिँ लडाकुले त्यसबारे कहिले सोचेको र त्यसबारे योजना बनाएका छन् ¤? शासन गर्नुको अर्थ – पराजीत जाति, भाषाभाषी र तिनीहरूका कला र संस्कृतिलाई दबाउनुको सट्टा विकासबारे कहिले सोचे ? पराजीत जाति, तिनीहरूका भाषा, संस्कृति, साहित्य नै त ‘राष्ट्रियता’ हो । के त्यसबारे ‘खस राज्य’ ले कहिले सोच्ने हो भन्ने जिज्ञासा र प्रश्न पहिले पनि नसुनिएको होइन ।
नयाँ पुस्ताको यो वर्तमान सरकारमा रहेका शासकहरू पनि नयाँ संस्करणहरूमात्र हुन् भन्ने शङ्का निवारण गर्ने कुनै तर्क अहिले बाँकी छैन । ठीक छ, कसैले भन्लान् – सिंह दरबार जल्यो त के भयो, त्यो त राणाहरूले बनाएका हुन्, संसद् भवन जल्यो त विदेशीले बनाएको हो, सर्वोच्च अदालतको भवन जल्यो त के भयो – त्यो गोर्खालीले बनाएको थिएन । तर, नारायणहिटी त फूर्तिसाथ उभिएकै छ, अस्तिको उपद्रवमा ‘राष्ट्रपति’ ले शरण पाएको भवन त्यही नै हो । तर, काठमाडौँको पुरानो लाय्कु दरबार बाँकी रह्यो किनभने मल्ल राजाहरूले बनाएको दरबार ढलिसकेको थियो । भूकम्पमा पुनःनिर्माण भयो – संरा अमेरिकाबाट ¤
हाम्रा त्रिभुवन विश्वविद्यालय, प्रज्ञा प्रतिष्ठान र पुरातत्व विभागले सोच्न ढिलो गर्न नहुनेबारे कहिले सोच्ने होला ?
‘बीबीसीको आँगनीमा पुग्दा’ शीर्षकको यात्रा–वर्णनमा नन्दकृष्ण जोशीको लेखाइ हेर्दा हामी नेपालीहरू साँच्चै अरूबाट सिक्ने, अरूबाट जागीर र अरूको चाकडी र चाप्लुसी गर्ने मात्र पनि हो कि भन्ने जिज्ञासा हुन्छ । तर, हाम्रै एक जना गायकले अमेरिका, बेलायत मात्र होइन, एसियाली देशहरूमा मात्र होइन, अस्ट्रेलियामा समेत गएर नेपालीको गीतसङ्गीतको इज्जत राखेका समाचार पत्रहरूबाटै पाठकहरूले थाहा पाए ।
‘तस्बिर कथा’ मा भने अगनसिंह थापाले ‘भरतपुर महानगरपालिका गाजिपुर – १८ पहेँलपुर भएको ‘आहा, तोरीको फूल’ भनी आफ्नो देश र प्रकृतिको मनोरम दृश्यको बयान गरे–
असोज राम्रो धानले,
माघ राम्रो कोदोले,
माहोल बन्छ महकिलो,
फाँटभरि तोरी फुल्नाले ।
xxx
‘अन्नपूर्ण पोष्ट’ को ‘फुर्सद’ पृष्ठमा ‘दुर्दान्त निर्माण कथा’ को शीर्षक हेर्दा मनलाई तान्यो र लेखक कमल सुवेदी ‘सिनेमा’ कोलम देखँे । पढ्न सुरु गरेँ –
‘सन् १९४३ सालतिरको कुरा हो, विश्वले पछि चिनेका सत्यजित राय भारतको कलकत्ता सहरमा नोकरीका लागि जुत्ता फटाइरहेका थिए । घुम्दाघुम्दै एउटा बेलायती कम्पनी जे. किमरमा मासिक ८५ तलब पाउने गरी उनले नोकरी पाए ।
एउटा यथार्थवादी चित्रकारसमेत भएकाले रायलाई भारतका नाउँ चलेका बङ्गाली लेखक विभूतिभूषण बन्धोपाध्यायको उपन्यास ‘पाथेर पाञ्चाली’ को आवरण बनाउने अवसर पाए ।
उनले त्यस उपन्यासको ‘मिहीन किसिमले’ पढेर बनाएको त्यो आवरणको चित्र लेखक विभूतिपत्नी रमा बन्धोपाध्यायलाई औधी मन लाग्यो ।
पछि ऊ नै चित्रकारले युरोपमा अध्ययनपछि भारत फर्के त्यही उपन्यास पाथेर पाञ्चाली’ को सिनेमा बनाउन सत्यजित राय लागे । त्यसबेलासम्ममा लेखक विभूतिभूषण बन्धोपाध्याय बितिसकेका थिए । तर, उनकै जहान रमाको सहयोगबाट आकाश–पातालमा दुःख कष्ट भोगेर सिनेमा तयार भयो र त्यस सिनेमाले अन्तर्राष्ट्रिय महोत्सवमा ठुलो प्रशंसा प्राप्त ग¥यो । नेपाली सिनेमाप्रेमीहरूले सत्यजित रायलाई सिनेमाका निर्देशकको रूपमा चिन्थे र सुनेथे । तन, मन र धनले रायलाई चिनायो । सम्भवतः नेपाली भाषामा ‘पाथेर पाञ्चाली’ भाषा नेपाली पढ्न पाए कस्तो होला !

Leave a Reply

Your email address will not be published. Required fields are marked *