सरकारको कार्यशैलीप्रति सत्तारुढ दलका नेता र सांसदहरू नै असन्तुष्ट
- श्रावण १, २०८३
२०१०– २० दशकमा नेपाली साहित्यलाई दुई फाँटमा हेर्ने दृष्टिकोणको सुरु भइसकेको थियो – प्रगतिशील फाँट र प्रतिक्रियावादी फाँट । प्रगतिशील पक्षले देश र जनताले भोग्दै आएका सामाजिक र आर्थिक असमानता एवम् शोषणको विरोधमा लेखिन्थ्यो । यथार्थवादी साहित्यलाई पश्चिमी साहित्यहरूमा प्रगतिशील साहित्यको रूपमा लिनुको कारण शोषणमा आधारित व्यवस्थालाई नङ्ग्याउने उद्देश्यले लेखिएको हुन्थ्यो । यसकारण, नेपाली साहित्यको प्रगतिशील फाँटले पनि त्यसलाई स्वीकार्यो ।
त्यसबेलाको प्रगतिशील साहित्यिक फाँटको प्रतिनिधित्व गोविन्दप्रसाद लोहनीको साहित्यले गथ्र्यो भने यथास्थितिवादी (प्रतिगामी) साहित्यको प्रतिनिधित्व वा वकालत ईश्वर बरालले गर्थे । त्यस फाँटमा परम्परागत वा यथास्थितिवादी भनिए तापनि साहित्यलाई राजनीतिक फाँटभन्दा फरक सम्झेर प्राचीन राजा–महाराजा र ठुलाबडाका गुणगान गर्नेदेखि लिएर देव–देवता, भजन कीर्तनदेखि स्तुति साहित्य पढेलेखाहरूले मात्रै बुझ्ने खालका साहित्यलाई अब्बल सम्झिन्थ्यो । ‘म आफ्नै आनन्दको निम्ति लेख्छु अरूको निम्ति होइन’ भन्ने खालका साहित्यलाई पनि अब्बल सम्झिन्थ्यो । यो प्रवृत्तिका साहित्यकारहरू छायावादी प्रकृतिवादी भन्दै अन्याय अत्याचारबारे केही बोल्नै चाहन्नथे । धर्म र पुरानै साहित्य र परम्पराकै घेराबाट बाहिर आउन चाहन्थे; यसकारण, प्रगतिशील साहित्यले पुराना साहित्य र साहित्यकारहरूबारे आलोचनात्मक दृष्टिकोण राख्थे । त्यस हिसाबले लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ र लेखनाथ पौड्यालमा नयाँ साहित्यिक युगका प्रकाशबाट टाढा थिएनन्, उहाँहरूका पछिल्ला र बिचका रचनाहरूले पुराना विचारबाट टाढा टाढा पुगेका देखिन्छन्; नयाँ युगमा पदार्पण गरेका देखिन्छन् ।
तर, कहिलेकाहीँ उपमा श्रृङ्गार दृष्टान्त जस्ता शब्दहरूले अन्योल पार्नु स्वाभाविक छ । नेपालको वर्तमान सन्दर्भमा ‘नाटक’ शब्दलाई त्यसरी नै मनसाय प्रकट गर्न डराएको भए यथार्थ शब्द प्रयोग नगर्नु पनि विषयवस्तुबाट भाग्न खोजेको अनुभव धेरैले गर्दै छन् ।
बालकृष्ण सम नेपालका ‘सेक्सपियर’ हुने अभिव्यक्तिमा छलछाम तुलना गरेको भन्नेहरू छन् । यसमा छलछाम छैन तर ‘कलाविहीन नाटक’ भन्नुको अर्थ हो ‘नाटकको समर्थन र कलाविहीन’ मात्र भयो । यसलाई यसै अर्थमा मात्रै हो भने घटनाहरू ठिक्कै छन् तर परिमार्जित वा पात्र श्रृङ्गार समय मात्र नमिल्नु भन्ने अर्थ लाग्छ ।
साहित्यमा ‘नाटक’ को अर्थ ‘साहित्य’ को एउटा विधाको रूपमा लिइन्छ भन्ने व्यङ्ग्यको हिसाबले नकारात्मक अर्थमा लिइन्छ तर सत्तामा भएको अर्थात् वर्तमान प्रधानमन्त्री सुशीला कार्की र नयाँ पुस्तामा भएको सम्झौतालाई कलाविहीन नाटक भनिएको अझ दुई अर्थ दिइँदै छ । एक, घटनाहरू ठीक थिए तर अव्यवस्थित र कूटनैतिक ढङ्गले आलोचनाको ठाउँ रह्यो भन्नु हो ।
दोस्रो अर्थ हो – ‘नाटक’ एक षड्यन्त्र हो ।
यही विषयलाई प्रस्ट गर्ने हो भने भदौ २३ र २४ गतेको घटना ‘कलापूर्ण’ भएमा भ्रष्टाचारी दुईदलीय तानाशाही सरकारलाई षड्यन्त्रमूलक ढङ्गले ध्वस्त पारेको हो ।
वर्तमान सरकार संविधानविपरीत हो, ‘संसद पुनः स्थापना गर्नुपर्छ र ‘ओली (सरकार) पुनः स्थापना हुनुपर्छ’ भन्ने हो भने ‘कलाविहीन नाटक’ नभनी ‘काङ्ग्रेस, एमाले शासन पल्टाउने षड्यन्त्र’ हो । यही विचारलाई लिने तटस्थ दृष्टिकोणले भन्ने हो भने ‘सफल षड्यन्त्र’ हो भन्ने छन् । आलोचकहरूले भने त्यसलाई संयुक्त राज्य अमेरिका र भारतको जानकारीबिना नेपालमा यस्तो घटना घटाउने अर्को कुनै शक्ति छैन भन्ने पनि छन् । ३० वर्ष वा लामो समय पालैपालो सरकारमा गएर भ्रष्टाचार र घुसखोरी नातावाद (परिवारवाद) र विदेशी पुँजीबाट कठपुतली बनाइएका नेताहरूको अन्त पनि विदेशीहरूको ‘कलायुक्त नाटक’ मञ्चन हुनेछ ।
Leave a Reply