भर्खरै :

नेपाल क्रान्तिकारी मजदुर सङ्घ नगर समिति भक्तपुर पुनर्गठन

नेपाल क्रान्तिकारी मजदुर सङ्घ नगर समिति भक्तपुर पुनर्गठन

भक्तपुर, १७ पुस । विश्व सर्वहारावर्गका गुरुहरू स्तालिन र माओको जन्म जयन्तीको अवसरमा नगरस्तरीय मजदुरहरूको भेला बुधबार भयो ।
उक्त भेलामा नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिका प्रतिनिधि गङ्गाराम ज्याख्वले पार्टीको मार्गनिर्देशक सिद्धान्तअनुसार व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताको निःस्वार्थपूर्वक सेवा गर्न कार्यकर्ताहरू अघि सार्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष उपेन्द्र सुवालले मजदुर सङ्घमा विभिन्न पेसागत मजदुरहरू आबद्ध भएको उल्लेख गर्दै नेमकिपा स्वच्छ छविको पार्टी हो† शोषित पीडित जनताको भरोसा गर्ने पार्टी हो भन्नुभयो । नेमकिपा काम गरिखाने श्रमजीवी जनताको सङ्गठन भएको विचार व्यक्त गर्दै उहाँले सङ्घर्षलाई राजनीतिक सङ्घर्षमा विकास गर्न र गराउन पार्टी लागिरहेको बताउनुभयो ।
देशमा आर्थिक समानता ल्याउन सङ्घर्ष नगरी नहुने उहाँको भनाइ थियो ।
भेलामा मजदुर सङ्घका विष्णुराम दुमरु, बिक्रम ढुकुछु, रमेश दुमरु र रुद्रनारायण लाखाले पनि मजदुरहरूको समस्या र मजदुर आन्दोलनबारे आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।
भेलाले गणेशप्रसाद सुवालको अध्यक्षतामा १७ सदस्यीय नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुर नगर समिति गठन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *