नयाँ पुस्तालाई सचेत गराउने जिम्मेवारी शिक्षकको काँध
- भाद्र १६, २०८३
भक्तपुर, १७ पुस । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एसियन पावर लिफ्टिङ च्याम्पियनसिप तथा विश्व पावर लिफ्टिङ च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरी स्वर्ण तथा रजत पदक हासिल गर्न सफल भक्तपुरका खेलाडीहरू विकिन जोशी, निमेश छुकां, समन मधिकर्मी, किरण सुवाल, दिपेश सैँजु र ओजशचरण जोशीलाई बिहीबार खादा र भादगाउँले टोपी लगाई सम्मान गर्नुभयो ।
प्रमुख प्रजापतिले खेलाडीहरूलाई बधाई तथा शुभकामना दिँदै खेलकुद क्षेत्रमार्फत भक्तपुरले छुट्टै पहिचान कायम गरिरहेको बताउनुभयो ।
खेलकुद क्षेत्रको विकासमा भक्तपुर नगरपालिकाले गरिरहेका गतिविधिबारे अवगत गराउँदै उहाँले नपाले बर्सेनि उत्कृष्ट खेलाडी सम्मान, विद्यालयस्तरीय र नगरव्यापी खेलकुद प्रतियोगितालाई निरन्तरता दिँदै आएको बताउनुभयो ।
खेलाडीले राष्ट्रको लागि खेल्नुपर्ने बताउँदै उहाँले स्वस्थ समाज निर्माणमा खेलाडीहरूले आफ्नो क्षेत्रबाट भूमिका खेल्न आग्रह गर्नुभयो ।
भनपा वडा नं. ४ का वडाध्यक्ष तथा खेलकुद समितिका सदस्य उपेन्द्र सुवालले खेलाडीहरूको अथक मेहनत र परिश्रमले सफलता हासिल हुने बताउँदै खेलाडीहरूको सफलतामा अभिभावकहरूको भूमिका रहेको बताउनुभयो ।
प्रमुख प्रजापतिले खेलाडीहरूलाई नपाका प्रकाशनहरू उपहारस्वरूप प्रदान गर्नुभयो ।
Leave a Reply