परीक्षामा ‘ए’ प्लसभन्दा जीवनलाई ‘ए’ प्लस बनाउनु जरुरी
- जेष्ठ १०, २०८३
काठमाडौँ, १७ पुस । नेपाल क्रान्तिकारी किसान सङ्घ काठमाडौँ जिल्ला समितिको आयोजनामा विश्व सर्वहारावर्गका महान् गुरू जोसेफ स्तालिन र माओ त्सेतुङको जन्म जयन्ती मङ्गलबार सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य राजवीर डंगोलले पार्टी कार्यकर्ताहरू अध्ययनशील, लगनशील, मेहनती, इमानदार र अनुशासित हुनुपर्छ भन्नुभयो ।
उहाँले स्तालिनले विश्व तानाशाह हिटलर र मुसोलिनीजस्ता कुख्यात साम्राज्यवादीहरूलाई दोस्रो विश्वयुद्धमा हराएको र माओ त्सेतुङले चीनमा किसानहरूलाई सचेत र सङ्गठित गरी चिनियाँ क्रान्ति सम्पन्न गर्नुभएकोले विश्व सर्वहारा वर्गले उहाँहरूलाई कहिल्यै बिर्सँदैनन् भन्नुभयो ।
कार्यक्रम नेपाल क्रान्तिकारी किसान सङ्घ काठमाडौँ जिल्ला समितिका अध्यक्ष हरिशरण श्रेष्ठको सभापतित्वमा भएको थियो ।
कार्यक्रममा गुनदास महर्जन, ममता महर्जन, कुलनारायण डंगोल, विष्णु खनाल, पूर्ण बुढाथोकी, बन्दना सेरेष्ठ, ज्ञानुमैया दराई, नरमान महर्जन, सैलेश डंगोललगायतले बोल्नुभएको थियो ।
Leave a Reply