महाअधिवेशन भद्रगोल, अव्यवस्थित र नेतृत्वको होडबाजी
- असार १२, २०८३
भेनेजुयला दक्षिण अमेरिकी महादेशको उत्तरको एक पेट्रोल र अन्य खनिजले सम्पन्न स्वतन्त्र र सार्वभौम राज्य हो । यसको दक्षिणमा ब्राजिल, उत्तरमा क्यारेबियाली समुद्र र पूर्वमा गुयाना र पश्चिममा कोलम्बिया पर्दछ । २ करोडभन्दा बढी जनसङ्ख्या भएको यस देशको ६२ प्रतिशत जनसङ्ख्या मिश्रित आदिवासी छन् । यस देशको क्षेत्रफल ९ लाख १२ हजार वर्गमाइलभन्दा बढी छ । साथै यो देश २३ प्रान्तमा विभाजित छ । तर, जनवरी ३ का दिन संरा अमेरिकी राष्ट्रपति ट्रम्पको आदेशमा अमेरिकी सेनाले भेनेजुयलामा आक्रमण गरी राष्ट्रपति मादुरो र उनकी जहानलाई समेत अपहरणको शैलीमा अमेरिका लगे । यो कस्तो सभ्यता, संस्कृति र राजनीति हो ?! संसारका सचेत जनता चकित छन् ।
दक्षिण अमेरिका युरोपेली स्पेनियालीहरूको कब्जामा थियो । भेनेजुयलाकै काराकासमा जन्मेका सिमोन बोलिभार (१७८३–१८३०) ले स्पेनियालीहरूको विरोधमा सङ्घर्ष गरेर भेनेजुयलालाई मुक्त गरेका थिए । उनले दक्षिण अमेरिकालाई नै मुक्त गर्न अन्य देशका स्वयम्सेवक र फ्रान्सेली क्रान्तिकारीहरूको पनि सहयोग लिएर स्पेनियालीहरूलाई पराजित गरेका थिए । त्यस महादेशीय सेनामा बोलिभारले आयरल्यान्ड, बेलायत, जर्मनी, इटाली र पोल्यान्डका दृढ सङ्कल्पित ५ हजार स्वयम्सेवकहरूलाई समेत सामेल गरेर भेनेजुयलालाई स्पेनियालीहरूबाट मुक्त गरेका थिए ।
उनले एक संयुक्त गणतन्त्र स्थापना गरेर जमिनदारहरूको जमिनदारीलाई समाप्त गरे तथा शासकहरूको हैकमलाई अस्वीकार गरे । त्यसै बेला सन् १८२३ डिसेम्बरमा संरा अमेरिकाका छैटाँै राष्ट्रपति जेम्स मुनरोले एक प्रतिनिधिमण्डल पठाएर ‘अमेरिका अमेरिकीहरूको हो’ भन्ने सन्देश पठाए । तर, बोलिभारले त्यसको जवाफमा सन् १८२५ मा लेखे, “उत्तरी अमेरिकीहरू हाम्रो निम्ति विदेशी नै हुन् । यसकारण, हामी अमेरिकी (ल्याटिन अमेरिकीहरू) को मामिला सल्टाउन उत्तरी अमेरिकीहरू निम्त्याउने कुरा म स्विकार्न सक्दिनँ ।”
जेम्स मुनरो त्यसबेला दक्षिण अमेरिकालाई नै आफ्नो मुठीमा पार्न चाहन्थे । दक्षिण अमेरिकामा उत्तर अमेरिकामा जस्तो अङ्ग्रेजी भाषामा होइन बरु ल्याटिन भाषा सञ्चालनमा थियो । त्यसैले ‘ल्याटिन अमेरिका’ भन्ने चलन चलेको थियो ।
मुनरो नीति के हो ?
छैटौँ अमेरिकी राष्ट्रपतिको मुख्य उद्देश्य ‘ल्याटिन अमेरिकालाई आफ्नै मुठीमा पार्ने’ दाउ थियो –
एक, पश्चिमी गोलाद्र्धमा अन्य युरोपेली शक्तिहरूलाई अब उपनिवेश कायम गर्न खुला हुनेछैन,
दुई, पश्चिमी गोलाद्र्धको कुनै पनि भागमा युरोपेली शक्तिहरूले हस्तक्षेप गर्न पाउने छैनन्, त्यस्तो हस्तक्षेपलाई संरा अमेरिकाले ‘शान्ति र सुरक्षा’ मा खतराको रूपमा लिइनेछ,
तीन, संरा अमेरिकाले कुनै युरोपेली शक्तिको आन्तरिक मामलामा हस्तक्षेप गर्नेछैन ।
मुनरोको यही उद्देश्यलाई ‘मुनरो नीति’ भनिएको हो । यसको अर्थ हो – “ल्याटिन अमेरिकी देशहरू संरा अमेरिकाको करेसाबारी बनाउने हो ।”
बोलिभारले मुनरो नीतिको त्यसै बेला विरोध गरेका थिए । तर सन् १८३० मा उनी क्षयरोगको कारण ४७ वर्षको उमेरमा नै बिते । त्यसबेलादेखि ल्याटिन अमेरिकी जनताले बोलिभारलाई राष्ट्रिय वीर र विभूति मान्दै आएका हुन् । ‘बोलिभिया’ देशसमेत उनकै नामबाट स्थापना भएको हो र भेनेजुयलाका पछिल्ला राष्ट्रपतिहरू ह्युगो चाभेज र वर्तमान राष्ट्रपति निकोलस मादुरो पनि राष्ट्रिय वीर वा विभूति बोलिभारबाट प्रभावित छन् । त्यहाँका जनता पनि बोलिभारबाट अत्यन्त प्रभावित छन् ।
चाभेज र मादुरोको राजनैतिक दलको नाम हो – ‘भेनेजुयलाको संयुक्त समाजवादी दल ।’ चाभेज पहिलो चोटि सन् १९९८ मा राष्ट्रपति निर्वाचित भए । दोस्रो पटक सन् २००२ मा राष्ट्रपति भए । त्यस पार्टी र जनता पनि पेट्रोल र अन्य खनिजहरू व्यक्तिको नाममा नगरी देशकै नाममा राख्न चाहन्थे । संरा अमेरिका भेनेजुयाली पेट्रोल खानीलाई एक अमेरिकी कम्पनीको नाममा राख्न चाहन्थ्यो ।
सन् २०१३ मा चाभेजको मृत्यु भयो र त्यसको ठाउँमा वामपन्थी र समाजवादी नेता मादुरो राष्ट्रपति चुनिए । उनी पेसाले बस ड्रात्र र मजदुर युनियनका नेता हुन् । दोस्रो पटकको निर्वाचनमा पनि उनी ६ वर्षको निम्ति अर्थात् सन् २०१९– २०२५ सम्मको निम्ति राष्ट्रपति निर्वाचित भए । उनले पाएको मत हो – ५८ लाख २३ हजार ७२८ अर्थात् ६७.७ प्रतिशत हो ।
वर्तमान अमेरिकी राष्ट्रपति ट्रम्प एक उग्र दक्षिणपन्थी हुन् । उनी साह्रै विवादस्पद व्यक्ति हुन्, साथै क्यानाडा र युरोपेली देश ग्रीनल्यान्डलाई समेत सिधै अमेरिकामा मिलाउने हाकाहाकी हाँक दिन्छन् र नाटो देशका ३० वटा देशको रक्षा बजेटको २ देखि ५ प्रतिशतसम्म अमेरिकालाई तिर्न बताउँछन् – ती देशहरूलाई कम्युनिस्ट आतङ्कबाट बचाएकोमा । तर, व्यवहारमा संसारले ती सबै विचारलाई संरा अमेरिकाको आतङ्क भन्दै छ ।
Leave a Reply