जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ३६
- असार १२, २०८३
तेल र खनिज प्रशस्त भएको दक्षिण अमेरिकी देश भेनेजुयला हो । त्यहाँका राष्ट्रपति ह्युगो चोभजले उद्योग र खनिजलाई राष्ट्रियकरण गरे । चाभेजका उत्तराधिकारी राष्ट्रपति निकोलस मादुरोले पनि उद्योग र खनिज राष्ट्रियकरणलाई चालु राखे । भनिन्छ, भेनेजुयलामा अरब देशमा भएको बराबर तेल खानी (विश्वको २० प्रतिशत) रहेको छ । भेनेजुयला विश्वको दोस्रो ठुलो सुन भण्डार भएको देश पनि हो ।
संरा अमेरिकी सरकारहरू र पश्चिमा साम्राज्यवादी देशहरू भेनेजुयलाको तेल र खनिज निजीकरण गराएर कब्जा गर्न चाहन्छन् । भेनेजुयलाका नेताहरूले आफ्ना तेल र खनिज निजीकरणका नाउँमा साम्राज्यवादीहरूको कब्जामा दिन नचाहेपछि अमेरिकी सरकारहरूले भेनेजुयलाविरुद्ध आर्थिक नाकाबन्दी गरे । अन्ततः अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुयलामा सेना पठाएर राष्ट्रपति मादुरोलाई अपहरण गराई न्युयोर्कको ब्रुकलिनमा राखेको सार्वजनिक भयो ।
ट्रम्प प्रशासनको ‘जङ्गली’ रूप
अमेरिकी राष्ट्रपति ट्रम्पले शुक्रबार राति १० बजे भेनेजुयलामा आक्रमणको स्वीकृति दिए । त्यसपछि पश्चिमी गोलाद्र्धका अमेरिकी सैन्य आधारमा रहेका १५० बढी सैन्य लडाकु विमान, ड्रोन, बमवर्षक विमान भेनेजुयलातर्फ उडे । राति २ बजे भेनेजुयलाको राजधानी काराकासमा ठूलो विस्फोटको आवाज सुनियो । ट्रम्पको आदेशअनुसार अमेरिकी जल र स्थल सेनाले काराकासमा ‘एब्सोलुट डिजल्भ’ आक्रमण सुरु ग¥यो । ट्रम्पले वाशिङ्गटनबाट होइन फ्लोरिडाबाट आफ्ना सुरक्षा अधिकारीहरूसहित आक्रमणको निगरानी गरे । अमेरिकी लडाकु विमानबाट भेनेजुयलाको २० ओटा ठाउँमा सघन हमला भयो भने काराकसमा धुवाँको मुस्लो उडेको थियो ।
अमेरिकी सेनाले भेनेजुयलामा आक्रमण गर्नुअघि बिजुली काटिएको थियो तर कसले बिजुली काटेको सार्वजनिक भएको छैन । अमेरिकी सेनाले साइवर प्रणालीमा आक्रमण गरेको सार्वजनिक भयो । यसले अमेरिकी सेनालाई भेनेजयुला प्रवेश गर्न सहज भयो । ट्रम्पले अमेरिकी सेनाको डेल्टा फोर्सलाई अँध्यारोमा परिचालन गरेको थियो । अमेरिकी सेना मादुरोको निवासमा पसे । डेल्टा फोर्सले मादुरोलाई अपहरण गरी सुरुमा क्यारेवियाली सागरको अज्ञात स्थानमा लग्यो† त्यसपछि क्युवाको ग्वान्टानामोस्थित अमेरिकी सेनाको आधार क्षेत्रमा पु¥यायो र त्यहाँबाट जेट विमानमा राखी अमेरिकाको न्युयोर्क पु¥यायो ।
अमेरिकी सेनाले मादुरोको सुरक्षित कोठासम्म पुग्ने धातुका ढोका काट्ने ब्लोटर्च पनि बोकेको सार्वजनिक भयो । ट्रम्पले मादुरो पक्राउमा परेको खबर शनिबार बिहान ४ः०० बजेमात्र विश्वलाई दिएका थिए ।
भेनेजुयाली सैनिक प्रतिरोधमा एउटा अमेरिकी विमानमा क्षति पुगेको तर फिर्ता गएको र केही अमेरिकी सैनिक पनि घाइते भएको बताइन्छ । अमेरिकी सैन्य आक्रमणमा ४० जना भेनेजुयालीको मृत्यु भएको सार्वजनिक भयो ।
ट्रम्प प्रशासनले एउटा सार्वभौम र स्वतन्त्र देश भेनेजुयलामाथि सैन्य आक्रमण गरेको र त्यहाँका राष्ट्रपति मादुरोलाई अपहरण गरी ‘जङ्गलीराज’ चलाएकोमा संसारका न्यायप्रेमी जनता र सरकारहरूबाट विरोध एवम् भत्र्सना भइरहेको छ ।
संसारका न्यायप्रेमी जनताबाट आक्रमणको विरोध
निकारागुआले ट्रम्पको कायरतापूर्ण आक्रमणको निन्दा गर्दै मादुरोलाई सकुशल फिर्ता गर्नुपर्ने आवाज राख्यो भने इरानले अमेरिकी गुन्डागर्दीको भत्र्सना ग¥यो । कोलम्बियाले ट्रम्पको कदमबाट संरा सङ्घ बडापत्रको उल्लङ्घन भएको उल्लेख गर्दै संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्को बैठक बस्न माग ग¥यो भने भियतनामले अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्र सङ्घको बडापत्रको उल्लङ्घन बतायो । क्युवाले अमेरिकी राज्य आतङ्कविरुद्ध रगत दिन तयार भएको स्पष्ट ग¥यो भने क्युवाली जनता सहभागी हवानाको प्रदर्शनमा ‘भेनेजुयाली जनताको निम्ति रगत दिन तयार भएको’ सार्वजनिक भयो । अफ्रिकाली सङ्घले पनि सुरक्षा परिषद्को बैठक बस्न माग ग¥यो ।
रुस र स्पेनले पनि भेनेजुयलामा ट्रम्प प्रशासनको आक्रमण न्यायसम्मत नभएको उल्लेख गर्दै मध्यस्थता गर्न तयार रहेको बताए । अर्जेन्टिना, क्यानडा, संरा अमेरिकामा पनि भेनेजुयलामा ट्रम्प प्रशासनको बर्बर आक्रमणको विरोध प्रदर्शन भयो ।
भेनेजुयलमा मादुरोका समर्थकहरूले अमेरिकी राष्ट्रपति ट्रम्प ‘तेस्रो विश्व युद्धमा लागेको’ बताए भने मादुरोका विपक्षीहरू अर्थात् ट्रम्पको आक्रमणका समर्थकहरूले खुशी मनाए । भेनेजुयलावासी ट्रम्पलाई ‘आधुनिक समुद्री डाँकु’ बताउँदै छन् । संरा अमेरिकामा रहेका मादुरोविरोधी भेनेजुयालीहरूले पनि खुशी मनाए । मादुरोको गतिविधि जासुसी गर्न भेनेजुयलाको सरकारभित्रका केही मानिस पनि सामेल भएको सार्वजनिक भयो ।
चीनले ट्रम्प प्रशासनलाई ‘विश्वको प्रहरी’ नठान्न सचेत गरायो । चीन, रुस, प्रजग कोरिया, ब्राजिल, इरानले ट्रम्प प्रशासनलाई मादुरो दम्पती तत्काल फिर्ता गर्न आह्वान गर्दै अन्यथा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिए । चीनको अलग जोड छ– “मादुरो दम्पतीलाई तत्काल फिर्ता गर !”
भेनेजुयाली राष्ट्रपति मादुरोविरुद्ध संरा अमेरिकी अदालतमा मुद्दा चल्ने सार्वजनिक भयो । यसअघि अमेरिकी साम्राज्यवादले पानामाका राष्ट्रपतिलाई पनि अपहरण गरी अमेरिकामा बन्दी बनाएको थियो । उनको अवस्था के भयो सार्वजनिक गरिएन । अमेरिकी सरकारले लिवियाली र इराकी सरकारलाई अपदस्थ गर्न पनि सैनिक कारबाही चलाएको थियो ।
संयुक्त राष्ट्र सङ्घको बडापत्रको धारा २ (४) मा अन्य देशविरुद्ध सैन्य बल प्रयोग गर्न नहुने व्यवस्था छ । रुसका राष्ट्रपति पुटीनले ट्रम्पको दादागिरी अब विश्वमा सह्य नहुने बताए । ट्रम्प भने यतिखेर डेनमार्कको ग्रीनलैण्ड कब्जा गर्न लागिरहेको पनि सार्वजनिक भयो ।
ट्रम्प प्रशासनले धेरै अगाडिदेखि क्युवा, प्रजग कोरिया, सिरिया, इरान, रुसविरुद्ध आर्थिक नाकाबन्दी लगाउँदै आएको हो । अमेरिकी साम्राज्यवादले आफ्नो निर्देशन पालना नगर्ने ३६ ओटा अन्य देशलाई पनि आंशिक नाकाबन्दी गरेको सार्वजनिक भयो ।
ट्रम्पले युक्रेनलाई हतियार पठाएर रुसविरुद्ध युद्ध गराउँदै छ भने इजरायललाई हतियार पठाएर प्यालेस्टिनीको नरसंहार र भूमि कब्जा गराउँदै छ । चिनियाँ उत्पादनको विश्वव्यापी निर्यात बढेपछि ट्रम्पले चीनविरुद्ध व्यापारयुद्ध सुरु गरेको हो । अमेरिकाले चीन, रुस र युरोपेली देशलाई समेत रुससँग इन्धन खरिद नगर्न दबाब दियो र भन्सार कर बढायो ।
ट्रम्प अमेरिकालाई ‘महान’ बनाउने एकतर्फी दाबी गर्दै छन् । चीनले सबै देशको साझा विकासको उद्देश्य अघि बढाउँदै छ ।
भेनेजुयलाको अदालतले उपराष्ट्रपति डेल्सी रोड्रोगेजलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी दिएको छ । ट्रम्पले डेल्सीलाई अमेरिकी हितविपरीत काम गरे मादुरोको भन्दा खराब अवस्थामा पु¥याउने धम्की दिँदै छन् । यसरी ट्रम्प यथार्थमै ‘जङ्गली राज’ तिर अघि बढ्दै छन् । संसारका न्यायप्रेमी जनता एक भएर ट्रम्पको ‘जङ्गली राज’ को विरोध एवम् निन्दा गर्नु आवश्यक छ ।
Leave a Reply