सरकारको कार्यशैलीप्रति सत्तारुढ दलका नेता र सांसदहरू नै असन्तुष्ट
- श्रावण १, २०८३
निर्वाचन पनि एक वैचारिक वर्गसङ्घर्ष हो । यो राजनीतिक र सैद्धान्तिक सङ्घर्ष भएको हुँदा राजनीतिक दलका गलत विचार, गलत निर्णय र गलत सिद्धान्तको विरोध गर्नुपर्ने हुन्छ । राजनीतिक दल कुनै न कुनै राजनीतिक दर्शनको आधारमा एउटा न एउटा वर्गको आधारमा एक आदर्श समाज स्थापनाको निम्ति कानुनी या गैरकानुनी सङ्घर्ष गर्न लागिपरेको हुन्छ । कानुनी सङ्घर्षले सरकार ठाउँमा आउँदैन या समस्या समाधान गर्न अघि सर्दैन भने गैरकानुनी सङ्घर्ष गर्नुपर्ने हुन्छ । देश र जनताको निम्ति समर्पित राजनीतिक दलभित्र गुण्डा, कालाबजारी, अपराधी, तस्कर, ठेकेदार, जालीफटाहा, भ्रष्टाचारीहरूलाई स्थान हुँदैन । तर, सत्तासीन तथा ठुला दलमा तिनै कालाबजारी, भ्रष्टाचारी, ठेकेदार, जालीफटाहा तथा सिद्धान्त र विचार छोडेर दलगत र व्यक्तिगत स्वार्थमा लाग्ने व्यक्तिहरू पसिरहेका छन्† सत्तासीन दलभित्र रहेर काम गरिरहेका छन् । दल ठुलो बनाउने नाउँमा जो कोही व्यक्तिलाई भित्याएर त्यो दलले कसरी जनताको निम्ति सेवा गर्छ ? सेवा हुने ऐन कानुन बनाउँछ ? श्रमजीवी जनतालाई त ठुला दलका नेताहरूले सत्तामा पुग्ने भ¥याङ बनाइरहेका छन्† उनीहरूकै मत र काँधमा चढेर उनीहरूको श्रम शोषण गरिरहेका छन् । यो ठुला र सत्तासीन दलका नेताहरूको कुकर्म हो† जनतामाथिको विश्वासघात हो ।
स्थानीय तह प्रजातन्त्रको जग हो । यसलाई जीवन पद्धतिको रूपमा विकास गर्नुपर्छ । जीवन पद्धतिको रूपमा विकास गर्न सन्तुलित विकास गर्नुपर्ने हुन्छ । सन्तुलित विकास गर्न सरकारले गाउँपालिका र नगरपालिकामा तद्नुसार बजेट छुट्याउनुपर्छ । बजेटअनुसार काम भयो भने विकास हुन्छ; काम पनि पाउँछ । गाउँ र नगरहरूको विकास नभइकन देश कसरी विकास हुन्छ ? जनताले कसरी काम पाउँछन् ? काम नपाएपछि देशमा युवा युवतीहरू बिदेसिनु स्वाभाविक हो । यो प्रतिनिधिसभाको निर्वाचनमा इमानदारीपूर्वक काम गर्ने, देश र जनताको सेवामा समर्पित दलका उम्मेदवारहरूलाई मतदान गरेर निर्वाचित गर्नुपर्छ । विकासको रकम दुरुपयोग गर्ने, विकासको नाउँमा व्यक्तिगत स्वार्थ पूरा गर्ने उम्मेदवारहरूलाई जनताले मतदान गर्नु हुँदैन । पदमा पुगेर कमाउनकै निम्ति राजनीति गर्ने दल र दलका उम्मेदवारलाई मतदाताले चिन्नैपर्छ । गलत र सही व्यक्तिहरूलाई चिन्ने समय निर्वाचन पनि हो । गलत व्यक्तिलाई फाल्ने र सही या असल व्यक्तिलाई जनताले नछानेसम्म समाजमा भ्रष्टाचार, अनियमितता भई नै रहनेछ । यसमा तमाम मतदाता सचेत हुनुपर्छ ।
प्रतिनिधिसभाको निर्वाचन फागुन २१ गते हुँदै छ । निर्वाचनमा ठुला र सत्तासीन दलका नेता र उम्मेदवारहरू सिद्धान्त र विचारको प्रचार गर्दैनन्; पुँजीवाद र समाजवादको भेदबारे जनतालाई बुझाउँदैनन् । पुँजीवाद किन गलत र समाजवाद किन ठीक भन्नेबारे जनतालाई बुझाउने, बताउने उनीहरूलाई फूर्सद हुँदैन । उनीहरू साना दलहरूले केही गर्न सक्दैनन्; सरकारमा नजाने दलले के काम गर्छ भनी घाँटी सुक्ने गरी चिच्याउने छन् । ती शासकहरूले भ्रष्टाचारीमाथि कारबाही गर्ने, अनियमितता नगर्ने फुक्दैनन् । ठुला दलका नेताहरू सत्ताको लागि मरिहत्ते गर्छन्; सत्तामा पुग्न सिद्धान्त र विचारको ख्याल गर्दैनन्; जनताको मत लिन पैसाको खोलो बगाउँछन्; लोभलालच देखाउँछन्; झूटको खेती गर्छन् । के यो शासक दलहरूको देश र जनताप्रतिको जिम्मेवारीहीनता होइन ?
यो पुँजीवादी व्यवस्था हो । पुँजीवादी व्यवस्थामा सरकारले पुँजीपतिवर्गको हित हेर्छ । पुँजीवादी निर्वाचनबाट समाजवाद सम्भव छैन । सत्तामा रहेका कम्युनिस्ट भनिने नेता, मन्त्री, सांसद, लेखक, बुद्धिजीवीहरू अब आन्दोलनको आवश्यकता छैन, पुँजीवादी सत्तामा रहेरै सबथोक गर्न सक्ने दाबी गर्छन् । समाज परिवर्तनको निम्ति सङ्घर्ष गर्न नपर्ने उनीहरू दाबी गर्छन् । पुँजीवादी व्यवस्थाका पक्षपोषकहरू श्रमजीवी जनताको हित चाहँदैनन्; सेवा गर्न चाहँदैनन् । जो जति सरकारमा पुगेर सरकारको नेतृत्व गरे उनीहरूले त्यस्तो काम गरेका छैनन् । बरू, उनीहरूले श्रमजीवी जनताको अहितमा काम गरे, अहितमा ऐन कानुन बनाए । कम्युनिस्ट भनिने सत्तामुखी पुँजीवादी दलले शोषितपीडित जनताको पक्षमा काम नगरेको हो ।
यो निर्वाचनमा जनताले कुन दल पुँजीपतिवर्गको पक्षमा र कुन दल शोषितपीडित जनताको पक्षमा छ, त्यो बुझ्नुपर्छ; त्यो बुझेर मतदान गर्नुपर्छ । नत्र हामीलाई धोका हुनेछ । जनता कसैको लहैलहैमा होइन, दल कुन ठुलो र सानो भनेर होइन दलको सिद्धान्त र विचार बुझेर मतदान गर्नुपर्छ । मतदाता कुनै दल या दलका उम्मेदवारको मिठो आश्वासन र पैसामा भुल्नुहुँदैन । हरेक मतदाताको मत पैसा र आश्वासनमा बिक्नु हुँदैन । बहुमत जनताको सेवा गर्ने र सेवा गरिरहेका दलका उम्मेदवारलाई हामीले छान्नुपर्छ । जनताले बेलैमा बुद्धि पु¥याएर गलत राजनीति गर्ने, आश्वासन बाँडेर काम नगर्ने, देशघाती र जनविरोधी सन्धि सम्झौता गर्ने दलका उम्मेदवारहरूलाई एक एक छानी हराउनुपर्छ । अनिमात्रै आफूले मत राख्दाको सार पाउँछ या आफ्नो अमूल्य मत खेर जानेछैन ।
Leave a Reply