क्युवा : अमेरिकी विमान खसालिनुको रहस्य
- जेष्ठ १६, २०८३
कल्पना गरौँ ! सोभियत युनियनका जनताले साम्यवादका बारेमा सुनेकै थिएनन् । त्यस्तै, हाल हाम्रो जीवनलाई कज्याउने सिद्धान्तबारे हामीमध्ये धेरैलाई जानकारी छैन । कुनै बातचितको क्रम त्यस सिद्धान्तको उल्लेख गर्नुहोस् त ¤ जवाफमा कुम हल्लाएर अनभिज्ञता जाहेर गरिन्छ । तपाईँका कुरा सुनिरहेका स्रोताहरूले उक्त शब्दावली सुनेकै भए पनि त्यसलाई परिभाषित गर्न तिनीहरूलाई आच्छु आच्छु पर्छ । के तपाईँलाई थाहा छ ? नवउदारवाद भनेको के हो ।
यस सिद्धान्तको अनभिज्ञता नै यसको लक्षण र शक्ति दुवै हुन् । यसले विभिन्न कोटीका सङ्कटहरू पैदा गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ : सन् २००७–८ को आर्थिक मन्दी, शक्ति र सम्पत्तिको स्थानान्तरण जसका बारे पनामा पेपर्सले हामीलाई एक सानो झझल्को मात्र देखाएको छ, जनस्वास्थ्य र शिक्षाको सुस्त विध्वंस, बाल गरिबीको पुनरोदय, एक्लोपनको महामारी, इकोसिष्टमको नाश, डोनाल्ड ट्रम्पको उदय आदि । तर, यी सङ्कटहरूलाई एकअर्कालाई मद्दत पु¥याउने वा चर्काउने एउटै सुसङ्गत दर्शनको ‘नाम’ छ वा थियो भन्ने याद गर्दैनौँ र यिनीहरूलाई बेग्लाबेग्लै सम्बोधन गर्छौँ । नाम नै याद नगरिनु तर सञ्चालित भइरहनु योभन्दा अर्को शक्ति कुनै हुन्छ र ?
असमानतालाई सदाचारमा परिवर्तित गरिएको छ । बजारले नै जो जति पाउन योग्य छन् त्यति नै पाउछन् भन्ने सुनिश्चित गर्दछ ।
नवउदारवाद यति कुटिल भएको छ कि त्यसलाई एक सिद्धान्त हो भनेर हामी विरलै स्वीकार गर्ने गर्छौँ । यस्तो लाग्छ, हामी यस सिद्धान्तलाई डार्बिनको विकासको सिद्धान्तजस्तै एकप्रकारको जैविक नियमजस्तै एउटा तटस्थ शक्तिको व्याख्या गर्ने काल्पनिक, सहश्राब्दिक विश्वासका रूपमा स्वीकारिरहेछौँ । तर, यो दर्शन मानव जीवनलाई पुनः आकार दिन र शक्तिको केन्द्र स्थानान्तरण गर्ने सचेत प्रयासका रूपमा प्रतिपादन गरिएको हो ।
नवउदारवादले प्रतिस्पर्धालाई मानव सम्बन्धहरूलाई परिभाषित गर्ने एक विशेषता हो भन्ने ठान्छ । यसले नागरिकहरूलाई उपभोक्ताका रूपमा पुनर्परिभाषित गर्छ, ती उपभोक्ताहरूका लोकतान्त्रिक अधिकारहरू वस्तु किन्न र बेच्नमा सर्वोत्कृष्ट रूपमा प्रयोग गर्न सकिन्छन् । यसको प्रक्रियाले काबिलियतलाई पुरस्कृत गर्छ र असक्षमतालाई दण्डित गर्छ र यसले योजना लागू गरेर कहिल्यै प्राप्त नहुने फाइदा ‘बजार’ बाट प्राप्त गर्न सक्छ भन्ने ठान्छ ।
यस सिद्धान्तअनुसार प्रतिस्पर्धालाई सीमित गर्ने प्रयासलाई स्वतन्त्रताको बैरी ठानिन्छ । कर र नियमनहरू कम गरिनुपर्छ, सार्वजनिक सेवाहरू नीजिकरण गरिनुपर्छ । मजदुर सङ्गठनहरू र ट्रेड युनियनका सामुहिक सौदाबाजीलाई बजार विकृतिकरणको रूपमा प्रस्तुत गरिन्छ, जुन विकृतिले विजेता र पराजितहरूको प्राकृतिक पदसोपान निर्धारण गर्न अवरोध खडा गर्छ । असमानतालाई सदाचारजस्तै पुनः प्रयोग गर्न सकिन्छ, अर्थात् जसलाई उपयोग र सम्पत्तिको सिर्जना गरेवापत दिइने एक पुरस्कार ठानिन्छ : जुन निम्न वर्ग कहाँ थोपा थोपा गर्दै पुग्छ । यसले समाजलाई बढी समानतामूलक निर्माण गर्ने प्रयासहरू प्रतिउत्पादक र नैतिकरूपमा नै विनाशकारी दुवै हुन् भन्ने ठान्छ । बजारले नै जो जति पाउनयोग्य छन् त्यति मात्र पाउने सुनिश्चित गर्छ भन्ने ठान्छ ।
हामी नवउदारवादका मतहरूलाई आत्मसात् र पुनः उत्पादन गरिरहेका छौँ । धनिहरू आफूले जोडेको सम्पत्तिमा शिक्षा, पैतृक अंश र वर्गको योगदानलाई नजरअन्दाज गर्दै त्यो सम्पत्ति आफ्नै योग्यताबाट प्राप्त गरेको ठान्दछन् । अनि गरिबहरू आफ्ना असफलताहरूको दोष आफैँलाई दिन्छन्, जबकि आफूले आफ्नो हालत परिवर्तन गर्न केही मात्रामा योगदान गर्नसक्ने अवस्थामा पनि यस्तो ठान्छन् ।
नवउदारवादका परिणामहरूबारे पौल भरहेगले आफ्नो पुस्तक ‘ह्वाट एबाउट मी ?’ मा उल्लेख गरेका छन्, ती मध्ये स्व–हानि, अब्यवस्थित खानपान, डिप्रेसन (मानसिक विरक्ति), एकाङ्गीपन, कार्यसम्पादन चिन्ता र सामाजिक भयजस्ता माहामारी हुन् । निसन्देह नवउदारवादको सबैभन्दा घनिभूत प्रयोग भएको बेलायत नै युरोपको एकाङ्गीपनको राजधानी हो भन्दा उदेक मान्नुपर्ने छैन । अब त हामी सबै नवउदारवादी हौँ ।
नवउदारवाद भन्ने शब्द सन् १९३८ मा पेरिसमा सम्पन्न एउटा बैठकमा निर्माण भयो । उपस्थित प्रतिनिधिहरूमध्ये लुडविक भन मिसेस र फ्रेडरिक हायेक दुईजनाले यो सिद्धान्तको परिभाषित गरेका थिए । ती दुवै अष्ट्रियाबाट निष्कासित भएका थिए र उनीहरूले रुजवेल्टको न्यु डिल र बेलायतको कल्याणकारी राज्यको क्रमिक विकासबाट प्रस्तुत भएको सामाजिक जनवादभित्र नाजीवाद र साम्यवादले जतिकै व्यापकता ओगट्ने सामूहिकताको झलक देखे ।
सन् १९४४ मा प्रकाशित हायेकको ‘दि रोड टु सर्फडम’ (दासत्वको मार्ग) नामक पुस्तकमा, उनले व्यक्तिवादलाई ध्वस्त पारेर अपनाइने सरकारी योजनाले निर्ममताका साथ निरङ्कुशतातर्फ नै डो¥याउनेछ भनी तर्क गरे । यो पुस्तक पनि मिसेसको पुस्तक ब्युरोक्रयासी जस्तै ब्यापक रूपमा पढियो । यसले केही धनाढ्यहरूको ध्यान खिच्यो, जसले यो दर्शनभित्र उनीहरूले आफूहरूलाई कर र नियमनबाट मुक्ति दिने एक अवसर देखे । जब सन् १९४७ मा, हायेकले नवउदारवादको सिद्धान्त फैलाउन ‘मोण्ट पेरेलिन सोसाइटी’ स्थापना गरे, त्यसलाई कैयौँ करोडपतिहरू र तिनका फाउन्डेसनहरूले आर्थिकरूपले भरथेग गरे ।
ती धनाढ्यहरूको सहयोगमा, हायेकले डानियल स्टेडमेनले मास्टर्स अफ दी युनिभर्समा व्याख्या गरे जस्तै, “आन्ध्र महासागर वरपरका ब्यापारी, पत्रकार, विद्वतवर्ग र सक्रियकर्मीहरू रहेको – एक नवउदारवादी अन्तर्राष्ट्रिय मञ्च” स्थापना गर्न खोजे । यस अभियानका धनी समर्थकहरूले नवउदारवादको सिद्धान्तलाई परिस्कृत बनाउन र त्यसको प्रबर्धन गर्न श्रृङ्खलाबद्ध थिङ्क ट्याङ्कहरूलाई कोष उपलब्ध गराए । तीमध्ये केही अमेरिकन इन्टरप्राइज इन्स्टिट्युट, दि हेरिटेज फाउण्डेसन, दि काटो इन्स्टिट्युट, दि इन्स्टिट्युट अफ इकोनोमिक अफेयर्स, दि सेन्टर फर पलिसी स्टडीज र अडाम स्मिथ इन्स्टिट्युट थिए । ती धनाढ्यहरूले विश्वविद्यालयहरूका प्राज्ञिक पदहरू तथा विभागहरूलाई, विशेषगरी शिकागो र भर्जिनियामा पनि लगानी गरे ।
विकसित हुँदै जाँदा, नवउदारवाद अत्यधिक उग्र बन्दै गयो । एकाधिकारहरू निर्माण हुनबाट रोक्न सरकारको नियमन आवश्यक छ भन्ने हायेकको परिकल्पनालाई मिच्दै एकाधिकारवादी शक्तिलाई दक्षताको पुरस्कार ठान्ने मिल्टन फ्रिडमेनजस्ता अमेरिकी उत्प्रेरकहरू देखा परे ।
यस्तो सङ्क्रमणको क्रममा कुनै अर्कै कुरा भयो : अभियानले आफ्नो नाम गुमायो । सन् १९५१ मा, फ्रिडमेन आफूलाई नवउदारवादी भनेर चिनाउन खुवै गर्व गर्थे । तर, त्यसको लगत्तै, यो शब्द एकाएक गायब हुन थाल्यो । अझ अचम्म त, सिद्धान्त खरो र अभियान सङ्गठित बनिरहेको अवस्थामा पनि अभियानकर्ताहरूले गायब नामको ठाउँमा कुनै साझा विकल्प प्रतिस्थापन गर्न सकेनन् ।
सुरूवाती अवस्थामा, प्रचुर लगानीका बाबजुद पनि नवउदारवाद किनारामै रह्यो । युद्ध पछिको सहमति लगभग सर्वमान्य थियो : जोन मेनार्ड किन्सका आर्थिक घोषणाहरू ब्यापक कार्यान्वयन गरिए, अमेरिका र पश्चिम युरोपका अधिकांश मुलुकहरूमा पूर्ण रोजगारी र गरिबीमा राहत साझा लक्ष्य बनेका थिए । त्यहाँ करको दर उच्च नै थिए र सरकारहरू नयाँ सार्वजनिक सेवाहरू तथा सेफ्टी नेट्सहरू विकास गर्दै विनासङ्कोच सामाजिक प्रतिफल खोजिएकै थिए ।
तर, सन् १९७० मा, जब किन्सका नीतिहरू असफल हुनुका साथसाथै आर्थिक मन्दीले आन्ध्र महासागरका दुवै किनारालाई गाँज्यो, नवउदारवादी विचारहरू मूलधारमा प्रवेश गर्न थाले । फ्राइडमेनका अनुसार “जब तपाईँले परिवर्तन हुनुपर्ने समय आइपुग्यो … त्यहाँ टिपीनका लागि तयार विकल्प उपलब्ध थियो ।” सहानुभूति राख्ने पत्रकारहरू र राजनीतिक सल्लाहकारहरूको सहयोगमा, अमेरिकामा जिम्मी कार्टरको प्रशासनले र बेलायतमा जिम कालाघानको सरकारले नवउदारवादका मूल तत्वहरू, विशेषतः मौद्रिक नीतिका सुझावहरू अँगीकार गरे ।
मारग्रेट थ्याचर र रोनाल्ड रेगन सत्तामा आएपछि, प्याकेजका अन्य तत्वहरू : धनिहरूका उच्च करमा व्यापक कटौती, ट्रेड युनियनहरूलाई तहसनहस, नियमनको खारेजी, निजीकरण र सार्वजनिक सेवाहरूमा प्रतिस्पर्धा र ठेक्कापट्टाबाट कामदार नियुक्ति गरिनेजस्ता कुराहरू एकपछि अर्को गर्दै आए । आईएमएफ, विश्व बैङ्क, मास्ट्रिच सन्धि र विश्व व्यापार सङ्घमार्फत कुनै प्रजातान्त्रिक सहमति बेगर नवउदारवादी नीतिहरू विश्वका धेरै भागमा थोपरिए । उल्लेखनीय कुरा त के छ भने एक समय वामपन्थी भनिएका पार्टीहरूले पनि यी नीतिहरू लागु गरे : उदाहरणका लागि लेबर र डेमोक्रयाटहरू (नेपालका कम्युनिस्टहरू समेत– अनु) । त्यसैले स्टेडम्यान जोन्स टिप्पणी गर्छन्, “पूर्णरूपले साकार भएको अर्को कुनै कल्पनाको संसारबारे सोच्न कठिन भएको छ ।”
छनोटको व्यवस्था हुनेछ भनी वाचा गर्ने सिद्धान्तको प्रवर्धन गर्दा ‘यहाँ कुनै विकल्प हुनेछैन’ भन्ने नाराबाट गर्नुपथ्र्यो भन्दा अचम्म लाग्न सक्छ । तर, व्यापकरूपमा कार्यकम लागु भएका मुलुकहरू मध्येको एक पिनोचेको चिलीको भ्रमण–समयमा हायेकले भने, “मेरो झुकाव नवउदारवादबिनाको प्रजातान्त्रिक सरकार भन्दा उदार तानाशाही तर्फ हुनेछ ।” नवउदारवादले प्रदान गर्ने स्वतन्त्रता यति कपटपूर्ण छ की सरलभाषामा भन्नु पर्दा माछाहरूलाई हैन आफैलाई मार्ने भाला छान्नु हो । ट्रेड युनियन र सामूहिक सौदाबाजीबाट मुक्तिको अर्थ ज्याला घटाउने स्वतन्त्रता हुन्छ । नियमनबाट मुक्तिको अर्थ नदीहरूलाई बिषाक्त बनाउने, श्रमिकहरूलाई खतरामा पु¥याउने, अन्यायपूर्ण ब्याज लिने र अनौठा वित्तीय सन्धिसम्झौताहरू तयार पार्ने स्वतन्त्रता हुनजान्छ । कर मुक्तिको अर्थ सम्पत्तिको वितरण (जसबाट मानिसहरूलाई गरिबीबाट उन्मुक्ति दिन सकिन्थ्यो) हुननदिने स्वतन्त्रता हुन्छ ।
नाओमी क्लेइनले ‘द शक डक्ट्रिन’ मा उल्लेख गरे जस्तै, नवउदारवादी सिद्धान्तकारहरूले सङ्कटहरूको अवस्थामा मानिसहरू अल्मलिएको बेला अलोकप्रिय नीतिहरू लागु गरिनुपर्छ भनी वकालत गरे : उदाहरणका लागि पिनोचेको सैनिक कु, इराक युद्ध र क्याटरिना आँधी लगत्तै फ्रिडम्यानले न्यु अर्लिन्समा “शिक्षा व्यवस्थामा आमूल सुधार गर्ने अवसर” का रूपमा व्याख्या गरे ।
जहाँ नवउदारवादी नीतिहरू राष्ट्रिय रूपमा लाद्न सकिदैन, त्यहाँ “लगानीकर्ता र राज्य बिचका विवाद समाधान” सहितको ब्यापार सन्धि मार्फत अन्तरराष्ट्रिय रूपले लादिने गरिएका छन् ः मुलुकबाहिरका इजलासमा व्यापारिक निगमहरूले सामाजिक र वातावरण सुरक्षाका शर्तहरूविरुद्ध मुद्दा हाल्न सक्नेछन् । जब चुरोट बिक्री नियन्त्रण गर्ने, माइनिङ कम्पनीहरूबाट जल आपूर्ति जोगाउने, उर्जा विधेयक रोक्का गर्ने वा औषधि उत्पादकहरूलाई राज्य लुट्न नदिने पक्षमा व्यवस्थापिका संसद्हरूले मतदान गरेका छन् त्यस्तो अवस्थामा व्यापारिक निगमहरूले तीविरुद्ध मुद्दा हालेका छन् र प्रायः सफल पनि भएका छन् । लोकतन्त्र यसरी नाट्यमञ्चमा परिणत भएको छ ।
नवउदारवादको अर्को असङ्गति भनेको सर्वव्यापी प्रतिस्पर्धा आम परिमाण र तुलनामाथि भर पर्नु हो । जसको परिणामस्वरूप विजेताहरू पहिचान गर्न र हरूवाहरूलाई दण्डीत गर्न गरिने कानुनी प्रपञ्च, मूल्याङ्कन र अनुगमनसम्बन्धी घाँटी निमोठ्ने ब्यवस्थाहरूलाई प्रत्येक कामदार, कामको खोजीमा रहेकाहरू र हरेक किसिमका सार्वजनिक सेवाहरूले सामना गर्न बाध्य बन्छन् । हामीलाई केन्द्रीय योजनाको भयानक ऐँठनबाट मुक्त बनाउने उद्देश्य राखी भन मिसेसले प्रस्ताव गरेको सिद्धान्तले ठिक त्यस्तै अर्को ऐँठन गराएको छ ।
नवउदारवादलाई स्वपोषण गर्ने गिरोह बनाउने परिकल्पना गरिएको थिएन तर त्यो द्रुतगतिमा त्यही बन्न पुग्यो । नवउदारवादी युग सुरु हुनु एक दशकअघि (सन् १९८० देखि अमेरिका र बेलायतमा) आर्थिक वृद्धि उल्लेख्य रूपमा कम रह्यो, तर धेरै धनिहरू यस्तो मारमा परेनन् । ६० वर्षको गिरावटपछि, ट्रेड युनियनहरूको तहसनहस, कर कटौती, रेन्टमा वृद्धि, निजीकरण, नियमनको अन्त्यका कारणहरूले गर्दा त्यस दशकमा आय र सम्पत्ति दुवैको वितरणमा अत्यधिक असमानता बढ्यो ।
ऊर्जा, पानी, रेल, स्वास्थ्य, शिक्षा, सडकहरू र झ्यालखानहरूको निजीकरण वा बजारीकरणले आवश्यकीय सम्पत्ति र सेवाहरूको उपयोग गरेबापत नागरिकहरू वा सरकारबाट रेन्ट असुल्न कर्पोरेसनहरूलाई ती सेवाहरू दिने स्थानमा ढाट राख्न पाएका छन् । रेन्ट भनेको आर्जन नगरिएको आयको अर्को नाम हो । जब तपाईँ रेल टिकटको बढाइएको भाडा तिर्नुहुन्छ, तपाईँले तिरेको मूल्यको थोरै अंशले नै सञ्चालकहरूको इन्धन, ज्याला, खर्च हुने सामानहरू र अन्य खर्चहरू धान्छ । बाँकी अंशले तपाईँ उनीहरूबाट कति निचोरिनु भयो प्रस्ट गर्छ ।
बेलायतका निजीकृत वा अर्ध निजीकृत सेवाहरूका मालिकहरूले थोरै लगानी गरी चर्को सेवा शुल्क असुलेर अकूत सम्पति कमाउँछन् । रुस र भारतमा कुलिनहरूले, राज्यको सम्पत्तिलाई लिलामीबाट कौडीको मूल्यमा किनेका छन् । मेक्सीकोमा प्रायः सबै ल्यान्डलाइन र मोबाइल फोन सञ्चालन गर्न नै कार्लोस स्लिमलाई इजाजत दिइयो र उनी चाँडै नै विश्वका एक अति धनाढ्य बने ।
वित्तीयकरणका पनि लगभग त्यस्तै परिणामहरू निस्किएका छन् । यसबारे हवाई वी क्यान नट अफोर्ड द रिच नामक पुस्तकमा एन्ड्रयु सेयरले उल्लेख गरेका छन् । उनी भन्छन्, “रेन्ट जस्तै ब्याज पनि आर्जन नगरिएको आय हो, जुन कुनै प्रयत्न नगरिकनै बढिरहन्छ ।” गरिब झन् गरिब र धनी झन् धनी बन्दै जान्छन् भने धनीहरूले अर्को महत्वपूर्ण सम्पत्ति जुन पैसा हुनसक्छ माथि नियन्त्रण बढाउँदै लान्छन् । ब्याज भुक्तानी भनेको मूलतः गरिबबाट धनीमा पैसाको स्थानान्तरण हो । आकासिँदो सम्पत्तिको मूल्य र राज्यको लगानीका कारणले जब मानिसहरूमाथि ऋणको बोझ बढ्छ (विद्यार्थीलाई दिइने अनुदान विद्यार्थीलाई दिइने ऋणमा परिणत भएको सम्झनुहोस्) तब बैङ्कहरू र तिनका कार्यकारीहरूले नाफा कमाउँछन् ।
एन्ड्रयु सेयर तर्क गर्छन् – विगतका चार दशकको विशेषता भनेको सम्पत्ति गरिबहरूबाट धनीमा स्थानान्तरण मात्र नभएर धनीहरूकै विभिन्न तहहरूबिच पनि सम्पत्ति स्थानान्तरण हुनु हो । यस्तो स्थानान्तरण नयाँ वस्तु वा सेवा उत्पादन गरी पैसा कमाउनेहरूबाट विद्यमान सम्पत्तिमाथि नियन्त्रण राख्दै र रेन्ट, ब्याज तथा पुँजीगत लाभ उठाएर पैसा कमाउनेहरूमा भइरहेको छ । आर्जीत आयलाई आर्जन नगरिएको आयले विस्थापन गरेको छ ।
हाल नवउदारवादी नीतिहरू जताततै बजारका असफलताहरूले घेरिका छन् । असफल बैङ्कहरूमात्र होइनन्, सार्वजनिक सेवा प्रदान गर्ने जिम्मा पाएका कर्पोरेसनहरू पनि त्यही पङ्क्तिमा लामबद्ध छन् । ‘इल फेर्यस् द ल्यान्ड’ मा टनी जुड्तले औँल्याएजस्तै हायेकले के बिर्से भने महत्वपूर्ण राष्ट्रिय सेवाहरूलाई विनाश हुने गरी छूट दिन सकिँदैन, जसको अर्थ प्रतिस्पर्धाले पूरा बेडा पार लाउन सक्दैन । नाफा जति व्यापारले लैजान्छ र जोखिम जति सरकारको थाप्लोमा रहन्छ ।
जति ठुलो असफलता हुन्छ, सिद्धान्त त्यति नै उग्र बन्दै जान्छ । सरकारहरूले नवउदारवादका सङ्कटहरूलाई बहाना र अवसर दुवै रूपमा लिन्छ, यसबेला कर कटौती, बाँकी रहेका सार्वजनिक सेवाहरूको निजीकरण, सामाजिक सुरक्षालाई कमजोर बनाउने, व्यापारिक निगमहरूलाई नियमन मुक्त बनाउने र नागरिकहरूलाई पुनः नियमन गर्ने कार्य गर्छ । यस्तोबेला स्वयंलाई घृणा गर्ने राज्यले सार्वजनिक क्षेत्रका प्रत्येक अङ्गमा आफ्ना दा¥हा धस्छ ।
वास्तवमा नवउदारवादको सबैभन्दा डरलाग्दो असर आर्थिक सङ्कट होइन बरु राजनीतिक सङ्कट हो । जब राज्यको प्रभाव क्षेत्र घट्दै जान्छ, तब मतदानबाट हाम्रो जीवन परिवर्तन गर्ने क्षमता पनि साँघुरिँदै जान्छ । यसका विपरित, नवउदारवादी सिद्धान्तले दावी गर्छ कि मानिसहरूले खर्च गरेर छनोटको अभ्यास गर्न सक्छन् । तर, केही मानिससँग खर्च गर्नका लागि अरु मानिसहरूभन्दा धेरै हुन्छः महान उपभोक्ता वा शेयरधनीको लोकतन्त्रमा मतहरू बराबर स्तरका हुँदैनन् । परिणाम गरिब र मध्यमवर्गको असशक्तिकरण हुन्छ । जब दक्षिणपन्थी पार्टी र वामपन्थी भनाउने पार्टीहरूले नै नवउदारवादी नीतिहरू अपनाउछन् तब असशक्तिकरण निर्वाचन बहिष्कारमा परिणत हुन्छ । बहुसङ्ख्यक मानिसहरू राजनीतिबाट बाहिरिन्छन् ।
क्रिस हेज भन्छन्, “फासीवादी आन्दोलन राजनीतिकरूपले सक्रियहरूबाट होइन राजनीतिक रूपले निष्क्रिय, ‘हरूवाहरू’ माझबाट उठेको थियो, जसले राजनीतिक संस्थापनमा सही रूपमा आफ्ना आवाज वा भूमिका नभएको ठान्दथे ।” जब राजनीतिक वादविवादले हामीसँग संवाद गर्दैन, तब मानिसहरू नारा, सङ्केत र सपनाप्रति आकर्षित हुन्छन् । उदाहरणका लागि ट्रम्पका प्रशंसकहरूकासामु तथ्य र तर्कहरू असान्दर्भिक हुन्छन् ।
जुडतले भनेका छन् – जब जनता र सरकारबिच हुने गञ्जागोलपूर्ण अन्तरक्रिया शासन र आज्ञापालनमा सीमित हुन पुग्छ, तब हामीलाई बाँधेर राख्ने एकमात्र शक्ति राज्य शक्ति हुनेछ । जब सार्वजनिक सेवा वितरणको कारणले प्राप्त हुने नैतिक प्रभुत्व सरकारहरूले गुमाउनेछन् तब हायेकले कल्पना गरेको तानाशाही जन्मनेछ र “आफ्ना आदेशहरू पालना गराउन जनतालाई फकाउने, धम्क्याउने र अन्त्यमा जोरजुलुम गर्न थाल्नेछन् ।”
साम्यवादजस्तै नवउदारवाद पनि असफल भगवान हो । तर, त्यो प्रेत–सिद्धान्त लड्खडाउँदै भएपनि अगाडि बढ्दैछ र त्यसको कारणहरूमध्ये नवउदारवादसम्बन्धी रहस्यात्मक नै हो, अझ भनौँ, यो रहस्य नै रहस्यहरूको जेलिएको गाँठो हो ।
अदृश्य हातको अदृश्य सिद्धान्तलाई अदृश्य समर्थकहरूले प्रवर्धन गरिरहेका छन् । बिस्तारै, अति नै बिस्तारै, हामीले तिनीहरूमध्ये केहीका रहस्य पत्ता लगाउन थालेका छौँ । हामीले पत्ता लगायौँ कि सूर्ति उद्योगलाई थप नियमन गर्ने कुराको जोडतोडका साथ मिडियामा विरोध गर्ने दि इन्स्टिट्युट अफ इकोनोमिक अफेयर्सलाई सन् १९६३ देखि नै ब्रिटिस अमेरिकन टोबाकोले गोप्यरूपमा लगानी (आर्थिक भरथेग) गरिरहेको रहेछ । हामीले चाल पायौँ कि विश्वकै धनिहरूमध्ये दुई जना, चाल्र्स र डेभिड कोचले टि पार्टी आन्दोलन चलाउने इन्स्टिट्युटको स्थापना गरेका रहेछन् । हामीले थाहा पायौँ– आफ्ना थिङ्क ट्याङ्कहरूमध्ये एक स्थापना गर्दा चाल्र्स कोचले भनेका थिए, “अनिच्छित आलोचनाहरूबाट बच्न सङ्गठन कसरी नियन्त्रण र निर्देशित गर्नुपर्छ भन्ने कुरा ब्यापक रूपमा प्रचार गरिनुहुँदैन ।”
कुनै समयमा पैत्रिक अंशवापत पैसा प्राप्त गर्नेहरूबाट नवधनाढ्यहरू हियाइन्थे । आज त्यो सम्बन्ध उल्टिएको छ ।
नवउदारवादीहरूले प्रयोग गर्ने शब्दहरूले प्रायः स्पष्ट पार्नेभन्दा बढी अलमल्याउने गर्छन् । ‘बजार’ भन्ने शब्द सुन्दा गुरुत्वाकर्षण वा वायुमण्डल जस्तै हामी सबैले समानरूपमा बेहोर्नुपर्ने प्राकृतिक ब्यवस्था जस्तो लाग्छ । तर, त्यो शब्द शक्ति–सम्बन्धहरूले लादिएको हुन्छ । ‘बजार के चाहन्छ’ भन्नाले व्यापारिक निगमहरू र त्यसका मालिकहरूले के चाहन्छन् भन्ने अर्थ लाग्छ । एण्ड्रयू सेयर भन्छन् – ‘लगानी’ शब्दका दुईवटा अर्थ हुन्छन् । पहिलो उत्पादनशील र सामाजिक रूपले उपयोगी क्रियाकलापमा लगानी गर्नु र अर्को रेन्ट, ब्याज, लाभांश र पुँजीगत लाभ दोहन गर्न विद्यमान सम्पत्ति खरिद गर्नु । भिन्दाभिन्दै क्रियाकलापका लागि एउटै शब्द प्रयोग गर्नाले ‘सम्पत्तिको स्रोतलाई लुकाउँछ’ र सम्पत्ति–दोहनलाई नै सम्पत्ति सिर्जना हो भनी हामीलाई झुक्याउँछ ।
एक शताब्दी अगाडि पैत्रिक अंशवापत पैसा प्राप्त गर्नेहरूबाट नवधनाढ्यहरू हियाइन्थे । उद्यमीहरू आफ्नो परिचय रेन्टरको रूपमा दिएर सामाजिक हैसियत खोज्दथे । आज त्यो सम्बन्ध उल्टिएको छ ः रेन्टर र पैत्रिक अंशियारहरू आफूलाई उद्यमीको रूपमा चित्रित गर्छन् । उनीहरू पौरखबिनाको सम्पत्तिलाई नै आफूले आर्जन गरेको भनेर दावी गर्छन् ।
यस्ता रहस्यहरू र जालझेलहरू आधुनिक पुँजीवादसँगै गाउँ–ठाउँ पहिचान गर्न नसकिनेगरी गोलमाल हुन्छन् : पुँजीवादको अधिकार–सम्पन्न मोडलले मजदुरहरूलाई हामी कसका लागि काम गरिरहेका छौँ भनेर थाहा नहुने ब्यवस्था सुनिश्चित गर्छ† कम्पनीहरू मुलुकबाहिर अति जटिल सञ्जालको गोप्य व्यवस्थाबाट दर्ता गरिएको हुन्छ ताकि लाभ प्राप्त गर्ने मालिकहरू को हुन् भनेर प्रहरीले पनि पत्ता लगाउन सक्दैन (जस्तो रेनल्ड होल्डिङ्ग्स कम्पनी जसले मलेशियाको एक्जिएटालाई एनसेलको शेयर बेचेको थियो, त्यसको लाभकर उठाउन नै समस्या परेको छ –अनु); सरकारलाई नै जिल्लाराम बनाउन सक्ने करको बन्दोबस्त; कसैले बुझ्न नसक्ने वित्तीय उत्पादनहरू आदि ।
नवउदारवादको रहस्यमयलाई सतर्कताका साथ सुरक्षा दिइने गरिएको पाइन्छ । हायेक, मिसेस र फ्रिडमेनबाट प्रभावित विद्वान्हरूले केही मात्रामा न्यायका साथ अचेल यो निन्दात्मकरूपमा मात्र प्रयोग हुन्छ भन्दै उक्त नवउदारवाद शब्दलाई अस्वीकार गर्दछन् । तर, उनीहरू त्यसको बदलामा अर्को शब्द दिँदैनन् । केहीले आफूहरूलाई शास्त्रीय उदारवादी वा लिवर्टियन (स्वतन्त्रताका अनुयायीहरू) का रूपमा चिनाउँछन् तर यस्ता परिचयहरू भ्रामक र स्वयं लज्जित बनाउने दुबै खालका छन्, किनभने ‘द रोड टु सर्फडम’, ‘ब्युरोक्रेसी’ वा फ्रिडमेनको शास्त्रीय कृति ‘क्यापिटलिज्म एण्ड फ्रिडम’ मा त्यस्ता केही विलक्षणताहरू छैनन् ।
यी सबै कुरा हुँदा पनि, नवउदारवादी परियोजना केही हदमा प्रशंसायोग्य पनि छ, कम्तिमा पनि सुरुवाती चरणहरूमा । यो चिन्तक र सक्रियकर्मीहरूको एकरूपको सञ्जालद्वारा प्रबर्धन गरिको र स्पष्ट कार्ययोजना बोकेको एउटा विशिष्ट र नविन दर्शन थियो । यो धैर्यशाली र दृढ थियो । दी रोड टु सर्फडम (दासत्वको मार्ग) शक्तिको मार्ग बन्न पुग्यो ।
नवउदारवादको विजयले बामपन्थको असफलतालाई पनि देखाउँछ । सन् १९२९ मा जब लेसेज–फेयर अर्थव्यवस्थाले बिल्लिबाठ निम्त्यायो तब किन्सले त्यसलाई विस्थापन गर्ने एउटा ‘विस्तृत आर्थिक सिद्धान्त’ प्रतिपादन गरे । जब सन् ७० को दशकमा किन्सको माग व्यवस्थापन भड्खालोमा प¥यो, त्यसको विकल्प तयार थियो । तर, जब सन् २००८ मा नवउदारवाद असफल भयो, त्यसबेला विकल्पमा केही थिएन । त्यसैले, त्यो प्रेतात्मा अझै हिँडिरहेको छ । वामपन्थ र मध्यमपन्थ दुवैले विगत ८० वर्षदेखि कुनै आर्थिक विचारधाराको कुनै आम ढाँचा तयार गरेका छैनन् ।
लर्ड किन्सलाई गरिने हरेक मङ्गलाचरण असफलताका स्वीकारोक्तीहरू मात्र हुन् । २१ औँ शताब्दीका सङ्कटहरूका लागि किन्सका समाधानहरू अघि सार्नु भनेको थाहापाइएका तीन वटा समस्याहरूलाई बेवास्ता गर्नु हो । पुराना सोचहरूबाट जनतालाई परिचालन गर्न कठिन हुन्छ† सन् ७० को दशकमा देखिएका कमजोरीहरू अहिले पनि हटेका छैनन्; सबैभन्दा महत्वपूर्ण, हामीले सामना गरिरहेको सबैभन्दा डरलाग्दो खतरा अर्थात् वातावरणीय सङ्कटबारे किन्सका समाधानहरूले केही बोल्दैनन् । किन्सवादले आर्थिक वृद्धिका लागि उपभोक्ताको मागलाई उत्प्रेरण गर्छ । उपभोक्ताको माग र आर्थिक वृद्धि वातावरण विनासका चालक हुन् ।
किन्सवाद र नवउदारवाद दुवैका इतिहासले भत्किएको व्यवस्थाको विरोध गर्नुमात्र पर्याप्त हुँदैन भनेर देखाउँछन् । एउटा सुसङ्गत विकल्प प्रस्तावित हुनै पर्छ । लेबर, डेमोक्र्याट र सिर्जनशील वामपन्थको केन्द्रीय काम एउटा अति नै सुन्दर आर्थिक कार्यक्रम निर्माण गर्नु हो, जुन काम २१ औँ शताब्दीको माग सम्बोधन गर्न एउटा नयाँ व्यवस्था तयार गर्ने सचेतप्रयास हुनेछ ।
Leave a Reply