शिक्षक र प्राध्यापकहरूको आदर–निकेतन
- फाल्गुन ११, २०८२
देशको निम्ति व्यक्तिको महत्व भएजस्तै जनताको पनि त्यत्तिकै महत्व हुन्छ । क्षेत्रफलले मात्र देश बन्दैन बस्ने जनता चाहिन्छ । जनताको सेवा गर्न ‘राज्य’ र ‘समाज’ हुन्छ र चाहिन्छ । अनि, ‘राज्य’लाई जोगाउन जनता अनिवार्य हुन्छ । देशको स्वतन्त्रता र सार्वभौमिकता बचाउने शक्ति जनता हो । जनता नै सेनामा हुन्छ र सेनारूपी जनताले मात्र देशको स्वतन्त्रता र सार्वभौमिकता जोगाउन सक्छ अनि मात्र राज्यको अस्तित्वलाई सरकारले प्रतिनिधित्व गर्छ ।
देशको राज्य व्यवस्थाको निम्ति सङ्घर्षशील सारा जनता राज्यको अङ्ग हो । अनि, राजनीतिक दलहरूले पनि देश र जनताकै सेवा गर्न आ–आफ्नै विश्वासअनुसार व्याख्या, विश्लेषण र राज्यलाई बाटो देखाउन खोज्छन् – जनताको स्वीकृतिअनुसार ¤ यस अर्थमा सबै राजनीतिक दलहरू र तिनीहरूको सिद्धान्त–दर्शन अनि आ–आफ्ना सदस्य सामूहिक रूपले समर्पित हुन्छन् – देश र जनताको निम्ति ¤ निर्वाचनमा कुनै दलले बहुमत प्राप्त गर्नुको अर्थ हो – बहुमत प्राप्त दलले ‘निर्वाचन घोषणापत्र’ को आधारमा सेवा गर्ने प्रतिज्ञा ¤ आफ्नो प्रतिज्ञा पूरा नगरेमा धेरै देशहरूमा प्रत्याह्वान (जनताका प्रतिनिधिहरूलाई फिर्ता बोलाइने) परम्परा पनि छ । त्यसबेला ती पार्टीका नेताहरूले पार्टीले होइन, प्रधानमन्त्रीले मात्र घोषणापत्रको अवज्ञा गरेको र वाचा तोडेको’ भन्ने होइन । बरु, पार्टीका अन्य नेताहरूको बहुमतले अविश्वासको प्रस्ताव पारित गरी नियमअनुसार ‘प्रधानमन्त्री’ लाई अपदस्थ गर्नसक्छ ।
‘निर्वाचन घोषणापत्र’को आधारमा प्रधानमन्त्रीले कुनै स्वदेशी वा विदेशी शक्तिको दबाबमा आएर वाचाको अवज्ञा ग¥यो भने ‘प्रधानमन्त्री’ले नैतिकताको आधारमा वा संसद्मा राजीनामा गर्नु आवश्यक हुन्छ ।
हिजो प्रधानमन्त्रीले जनताको माग पूरा नगर्दा वा अरू दलसँग मिलेर बारम्बार बहुमतको शक्ति देखाए, त्यो जबरजस्ती सम्झिनेछ र त्यसको परिणाम अर्को जबरजस्तीको आह्वान गर्नु हुनेछ । आफ्नै दल वा प्रतिपक्षले काम गर्न नदिँदा प्रधानमन्त्रीले अर्को निर्वाचनको घोषणा तर्कसङ्गत र पुनः जनतामा गएर औचित्य कुन पक्षमा छ भनी परीक्षण गर्नु अनुभवसिद्ध अग्निपरीक्षा हो ।
तर, केही सत्ता शासनमा रहिरहन खोज्ने र बरोबर चिट्ठा वा म्युजिकल चेयरको शैलीबाट अकङ्टक शासन गर्ने पूर्णरूपले प्रजातन्त्रविरोधी उपाय हो । साथै, सर्वोच्च अदालतमा आफूहरू सत्तामा रहँदा आ–आफ्ना न्यायाधीशहरू मनोनीत गरी लामो समय सत्तामा बस्ने उपाय पनि निर्वाचनमा गरेको प्रतिज्ञाको उल्लङ्घन सरह नै देखियो ।
कोही ‘पार्टी हेर्ने होइन व्यक्ति हेर्ने’ दृष्टिकोण राख्छन् । त्यो विचार देशमा पार्टीगत प्रजातन्त्रको विरोध गर्नु र निर्दलीय प्रजातन्त्रकै इच्छा राख्नु साबित हुनेछ । पार्टीमा समावेश भएकाहरू सबैले अनुशासनमा बस्नैपर्छ, त्यसो नगर्दा शासक दलहरूले अर्का दलका सांसदहरू अपहरण गरेको र दल बदल गराएको पनि देखियो । त्यसले नेपालको प्रजातन्त्र कमजोर हुँदै गएको सबैले अनुभव गरेकै विषय हो ।
केही व्यक्तिले आफूहरू प्रधानमन्त्री हुने चाहना राख्नु उसको इच्छा हो । तिनीहरूको इच्छा सबैले मान्नुपर्छ भनी अनेक दबाब पु¥याउनु प्रजातन्त्रविरोधी आग्रह हुनेछ । अमेरिकाको वर्तमान राष्ट्रपति ट्रम्प त्यस्तै व्यक्ति ठहरिए । कति अमेरिकीहरू ट्रम्पलाई ‘अस्थिर मन’ को व्यक्ति, ‘धम्की र घुर्की’ ले मित्र देशहरूलाई सधैँ आतङ्कित पार्ने व्यक्ति भनी बताउँछन् । त्यसको अर्थ – उनी प्रजातन्त्र र जनताप्रति समर्पित नभएको भन्ने हो । कतिले अमेरिकामा राजतन्त्र ल्याउन खोजेको वा ‘अमेरिकी गणतन्त्रको राजा’ सम्म भन्न भ्याए ।
यसकारण, नेपालमा ‘प्रधानमन्त्री’ बन्ने व्यक्तिगत लालसा राख्नु एउटा कुरा हो तर त्योे इच्छा विदेशी शक्तिको आडमा हुने देखियो भने देशको अहितको इच्छा हुन जानेछ । नयाँ पुस्तामा धेरै धेरैको मनमा त्यही लालसा जागेमा ‘व्यक्तिवादको चरम’ हावाहुरी चल्न सक्छ । त्यसले नेपालको प्रजातन्त्रलाई भलो गर्दैन भनी इतिहासले बारम्बार देखाइसकेको छ । यसकारण, प्रजातन्त्रमा दलको महत्व व्यक्तिको भन्दा प्रबल हुनु आवश्यक छ ।
Leave a Reply