शान्ति स्थापना गर्न ‘ग्रेटर इजरायल’ लाई रोक !
- असार ११, २०८३
मध्यपुर, ६ फागुन । नेपाल मजदुर किसान पार्टी निर्वाचन परिचालन समिति भक्तपुर क्षेत्र नं. २ को आयोजनामा समितिका संयोजक वीरकृष्ण प्रजातिको सभापतित्वमा प्रतिनिधिसभा निर्वाचन २०८२ को चुनावी जनसभा बुधबार मध्यपुर थिमिस्थित दुई पोखरीमा भयो ।
नेमकिपाका तर्फबाट भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार रमेश वैद्यलाई अत्यधिक बहुमतले निर्वाचित गराउन आयोजित उक्त सभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिले जनताले आफ्नो मतमार्फत सत्य असत्य, न्याय अन्याय, सही गलत छुट्याई दण्डित र पुरस्कृत गर्ने बेला आएको बताउनुभयो ।
नेपालमै कृषि मल कारखाना खोल्न, एमसीसीको विरोध गर्न, जनमुखी कानुन निर्माण गर्न सदनमा नेमकिपाका उम्मेदवारहरू आवश्यक भएको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य अनुराधा थापामगरले भदौ २३ र २४ को युवा–विद्यार्थीहरूको आन्दोलनको मागबमोजिम भ्रष्टाचारीहरूलाई फाँसीको सजाय दिलाउन नेमकिपाका उम्मेदवारलाई मतदान आग्रह गर्नुभयो ।
भक्तपुर क्षेत्र नं. २ का प्रत्यक्ष उम्मेदवार रमेश वैद्यले हाम्रो मत नेपाली जनताको सेवकलाई दिने वा विदेशी दलाल र भ्रष्टाचारीलाई दिने भन्ने विषयमा प्रस्ट पार्दै ख्वप विश्वविद्यालय विधेयक पारित गराउन, भ्रष्टाचारीलाई फाँसीको सजाय हुने कानुनी व्यवस्था गर्न, स्वदेशमै रोजगारी सिर्जना गर्न नेमकिपालाई मतदान गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला समिति सदस्य सूर्य राम था, नेमकिपा भक्तपुर क्षेत्र नं. २ का समानुपातिक उम्मेदवार दीक्षा बाडेलगायतले बोल्नुभएको थियो ।
Leave a Reply