भर्खरै :

प्रिय फूल

प्रिय फूल

मरुभूमि जस्तो
नाङ्गो बुर्बुराउँदो
रुखो जमिनलाई ।

वर्षौँको अथक मेहनती हातले
रगत पसिना चुहाई
कमलो उर्वरायुक्त बनाइयो ।

तिमी, जहाँ
आज ढक्कमक्क फुलेका छौ
हो त्यहीँ माटोमा ।

सौन्दर्य तिम्रै हो
सुवास तिम्रै हो
बास्ना तिम्रै हो ।

आज तिम्रो
मालिक सबथोक
तिमी आफै सर्वेसर्वा ।

यी,
यायावरहरूमा
विचरण गर्न पाउनु तिम्रो स्वतन्त्रता ।

तर,
तिमीले त
माली नै बदल्यौ ।

मन्दिरमा सजिने कि ?
लाशमा चढिने ?
समय अनि निर्णय
तिम्रै हातमा ।

यति मात्रै भन्न सकिन्छ ।
ती मेहनती हातको यादले
तिम्रो मुटु बिझ्नेछ ।

त्यतिबेला
धेरै ढीलो भइसक्नेछ ।
घामले डाँडो
काटिसक्ने छ ।
२०८२ फागुन २७

Leave a Reply

Your email address will not be published. Required fields are marked *