भर्खरै :

किसान

किसान

कहिले घाम कहिले छाया
कहिले वर्षा हावाहुरी
बेमौसमी बाढीहरूले
बिनाश गरे खेतबारी  ।

पौरखी ती हातगोडाहरू
झन् दरो भई लागिपरे
बाढी पहिरो नियन्त्रण गर्न
अविचलित भई किसान ।

अनुकूल समय पर्खँदै
खेतबारी जोतिरहे
वर्षात्को झरीसँगै
बाली लाउन थाले ।

जताततै हरियो खेतबारी हेर
समयको वर्षात्सँगै
लहलह अनाज फस्ताएको हेर
दङ्ग छन् किसान मनमनै ।

ऊर्जाशक्तिको स्रोत थियो
खेतबारीलाई पसिनाको
माटोसँगै लडीबुडी खेली
हुर्किएका किसानहरूको ।

मानव समाजको प्राण हो भूमि
संरक्षक थियो किसान
आत्मनिर्भरताको बल थियो
किसानको हो यो शान ।

बेमौसमी भदौको हुरी
अतिवृष्टिको भेल सुनामी
अगाडि झुक्न जानेनन् ती
स्वाभिमानी किसानी ।

संयम छ ऊ विनाशबाट पनि
पुनः उत्थानमा लाग्दै छन्
निराशा र भय पन्छाउँदै जाने
किसानको विचार महान् ।

इमानका मुहान हुन्
सङ्घर्षका पर्याय हुन्
देशभक्ति परिश्रमी योद्धा हुन्
देशका ती किसान ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *