के रास्वपाको सरकारले मुस्ताङको खानी संरा अमेरिका र अष्ट्रेलियालाई दिएको हो ?
- बैशाख ७, २०८३
संसदीय निर्वाचनको क्रममा विभिन्न जिल्ला, गाउँ र क्षेत्रमा गएका कार्यकर्ता र युवाहरूको अनुभवहरू सुन्दा नेपालीहरूलाई पत्याउन गा¥हो हुन्छ, कहिले नसुनेका र नभोगेका अनुभवहरू सुन्नमा आए ।
हेटौँडा र चितवनमा गएका साथीहरूको रिपोर्टअनुसार ठाउँ ठाउँमा मानिसहरू नेमकिपाको नाउँ सुन्नासाथ डराउँथे । पढेलेखेको वा जान्नेसुन्नेहरूसँग कुराकानी गर्दा उनीहरू ‘भक्तपुर र नेमकिपाको विषयमा हामीलाई राम्रो थाहा छ, रोहितजीको विषयमा पनि राम्रो थाहा छ, तर यहाँको परिस्थिति सा¥है डरलाग्दो छ, अहिले तपाईंहरूसँग कुरा गर्नु भनेको खतरा मोल्नु हो, त्यसो नगरौँ’ भन्थे र घरभित्र पसिहाल्थे ।
‘घण्टी’ को बारे कुरा गरेमा नडराउने, अरू पार्टीको विषय कुरा गरे पनि हुने, तर नेमकिपाको बारेमा कुरा गरेमा तर्सने ! के कुरा गरे थाहा दिएनन् ।
तपाईंहरू पहिले नै आउनुभएन† अब त मत खसाल्न र परिणाम मात्रै देख्ने र सुन्ने बेलामा आएर हामीले के गर्ने ?
गाउँ गाउँमा मात्रै होइन सहरमा समेत निर्वाचन र पार्टीहरूबारे स्थानीयहरू कुरा गर्न तयार छैनन् । त्यस्ता जानकारी सुन्दा केही वर्ष दक्षिण अमेरिका वा ल्याटिन भाषा बोल्ने क्षेत्र – क्यारेबियाली देश हाइटीको निर्वाचनबारे शान्ति मिसनका नेपाली जवानहरूले घर–घरमा गएर निर्वाचनमा मतदान गर्न बोलाउन जाँदाको बयानको सम्झना आउँछ । त्यहाँ लोग्नेमानिस देखा पर्न डराउँछन् र महिलाहरू आएर ‘हामी मत दिन आउँदैनौँ’ भन्थे ।
कारण सोध्दा उनीहरू उत्तर दिन्थे, “हामीले मत दिएको मानिस कहिल्यै जित्दैनन्, दिए पनि तिनीहरू मारिन्छन्, जेल जान्छन् … ।”
नेपाली जवानहरूले मत दिनु त कर्तव्य हो भन्ने जस्ता कुरा गरेमा ती महिलाहरू खुलेर भन्थे, “अमेरिकी समर्थकहरूले नै जित्ने हो, त्यसैले अमेरिकीहरू नै आएर मत देऊन् ।”
जिल्ला जिल्लाका रिपोर्टहरू सुन्दा लाग्छ, ‘घण्टी’ लाई मत नदिने हो भने केही हुन्छ कि भन्ने जनतामा एउटा त्रास फैलाएको अनुमान हुन्छ । सन्त्रासको वातावरणमा निर्वाचन हुनु वास्तवमा साँचो ‘जनमत’ थाहा हुन्न । २०१५ सालदेखि निर्वाचन हेर्दै र मत दिँदै आएका ज्येष्ठहरूले यस्तो निर्वाचन पूर्वी नेपालमा सुनिएकै थिएन भन्थे ।
कसैले भन्थे, सम्भवतः २–४ दिन अगाडि नै सम्झाइबुझाइ वा पैसा र सामान दिई वा कबुल गराइसकेको हुनुपर्ने अनुमान गरे । सत्य त्यही हो भने यसलाई निष्पक्ष निर्वाचन भन्न मिल्दैन† यो सन्त्रास फैलाउने परिस्थितिलाई निर्वाचन भन्न मिल्दैन ।
xxx
सहर सहर र गाउँ गाउँमा मतदाताहरूको निर्वाचनबारे अभिव्यक्तिमा सा¥है अन्तर छ । सहरतिर ‘अहिले घण्टीको लहर छ हाम्रो ठाउँमा’ भनी जवाफ दिन्थे ।
गाउँमा कुन कुन पार्टीका मानिसहरू आएर मत माग्न आए भनी सोध्दा उनीहरू यस्तो कुरा नगर्नुस् तपार्इंहरूको कागज दिनुस् र जानुस् अरू आए झगडा हुन्छ, तपाईंहरू यहाँबाट जानु कल्याण छ – हामीलाई डर लाग्छ’ भन्थे ।
सहरका सुकिलो लुगा लगाउनेहरू भन्थे, “गुप्त मतदान भएको हुँदा ‘मुखले बोल्नु हुँदैन, ज–जसले प्रचार गर्नु छ – मोबाइलमा उमेरअनुसारको गुप्त नम्बर मिलाएर प्रचार गर्नुपर्छ, पहिलेजस्तो होइन ।”
xxx
उपत्यका फर्केपछि एक–दुई टोलीका सदस्यहरूले आश्चर्य मान्दै भने, “यसपालिको निर्वाचनमा चर्चका सदस्यहरूबाट कहिले नसोचेको र कहिले नसुनेको सुन्नुप¥यो । चर्चका पादरीहरू भन्थे, “हाम्रा सबै सदस्यहरू वा धर्म मान्नेहरूले निर्णय गरिसकेका छौँ ।”
कसैले भने, “विदेशबाट हाम्रो छोराछोरीहरूले ‘फलाना चिन्ह्मा’ छाप लगाउन भनी बारम्बार फोन गरे ।”
ती सबै कुरा सुन्दा भारतमा अङ्ग्रेजहरूसँग लड्दै गर्दा सुरूमा सबै राम्रा राम्रा कलात्मक मस्जिदहरू ढालेको सुनेको थिएँ । चीनको इतिहासमा सन् १८४४ को अफिम युद्धमा चीन हार्दा ‘रोमन क्याथोलिक धर्म प्रचार गर्न पाउने’ सन्धिमा लेखियो । दोस्रो अफिम युद्धमा चीन हार्दा धर्म प्रचार गर्न पाउने, चर्च बनाउने पाउने सन्धिमा सही गरायो । सन् १९०० को चीनको सङ्घाई र मेलमिलापको आन्दोलनमा जून महिनामा क्याथोलिक चर्चको भवनबाट ४ जना प्रदर्शनकारीहरू गोली हानेर मारिए ।
यी सबै विवरणले अब हुने निर्वाचनमा चर्चहरू राजनीतिक दलहरूजस्तै खुलेर प्रचारमा आउँदा के होला ? यसपालि विदेशबाट छोराछोरीहरूले आमा–बुबाहरूलाई निश्चित चिह्नमा मत हाल्न बाध्य पारे । शासक दलहरूले निर्वाचनको एक दिनअगाडि मात्रै गुप्त छलफल, लेनदेन भएको सुनियो र मत खसाल्ने दिन ती सबैको मुख उज्यालो भएको व्यापक चर्चा भयो । सिद्धान्त, नीति र उद्देश्य छोडी आतङ्क र पैसाबाट निर्वाचन गरियो । परिणाम सबैको अगाडि छ ।
Leave a Reply